Wednesday, March 18, 2020

हलो जोतेर आमाले सुरु गरेको क्रान्ति


हलो जोतेर आमाले सुरु गरेको क्रान्ति
समाज
जन्मिएको कालखण्ड, परिस्थिति, पारिवारिक चेतनास्तरमा लैंगिक विभेद भरपर्दो रहेछ जस्तोः कि युद्धको प्रत्यक्ष मारमा परिरहेको मगर समुदायमा जन्मिएँ त्यतिवेला नै रोल्पाका महिला कोही बन्दुक बोकेर युद्धमा थिए कोही काँधमा हलो बोकेर लेकबेसीमा मलाई समयले त्यो समाजमा पुर्‍याइदियो, जहाँ लैंगिक भेदभाव हराइसकेको थियो त्यहाँ महिनावारी हुँदा कसैले छाउगोठमा बस्नु परेन छुनु नछुनुको अर्थ थाहा भएन 
जनयुद्धको वेला रोल्पाको जेल्वाङ गाउँमा, अशक्त केटाकेटी र महिला मात्रै घरमा बस्ने अवस्था आयो युद्धको त्रास जीवनको मोहले गाउँ ०५० देखि ६० को दशकसम्म सुनसान नै रह्यो सायद यो समस्या देशकै थियो तर, मैले देखेको ठाउँ मेरै गाउँ मात्रै त थियो– जसलाई मैले नजिकबाट भोगेको थिएँ अन्य जातिको तुलनामा जनजातिमा महिलाको स्तरमाथि भए पनि महिला–पुरुषको काम कर्तव्य छुट्याइएको हुन्थ्यो त्यसलाई भत्काउने काम जनयुद्धले गर्‍यो सायद तत्कालीन समयमा जनयुद्ध नभएको भए आज पनि त्यहाँका महिलामा लंैगिक समानताको चेत आउने थिएन बल्ल आएर उनीहरू समानताका लागि आवाज उठाउनुपर्ने हुन्थ्यो या कहिल्यै लैंगिक समानताबारे जानकारी नै नपाउने पो थिए कि! या थाहा पाइसकेर पनि व्यवहारमा लागू गर्न वर्षौं कुर्नु पो पथ्र्यो कि!
त्यो समयमा बा, दाजु, काकाहरू र युवती कोही गाउँमा हुँदैनथे त्यो परिस्थितिमा आबै (आमा)हरूले दोहोरो जिम्मेवारी निभाए, बाहरूले गर्ने काम आमाहरूले नै गरे घरको मेलापातदेखि पूजापाठसम्म आमाहरू नै लागेको देखेँ बन्चरो लिएर पिठ्युँमा सलले बच्चा बोकेर आबैहरू दाउरा चिर्थे ग्वाला जाँदा दिउँसोभरि धागो (अल्लोरपुवा) काट्थे साँझ फर्किँदा निगालो बोकेर ल्याउँथे कसैले आफैँ डोको बुन्थे, कसैले हिँडडुल गर्न नसक्ने बूढापाकालाई अधियाँ दिन्थे आबै काँधमा सानो भाइ र हामीलाई डोहो¥याउँदै बारी जोत्थिन्
आबै मात्रै होइन, त्यो समय गाउँका सबै महिला त्यसरी नै बारी जोत्थे र अन्न उब्जाउँथे सिजनअनुसार लेकमा आलु गाउँका गैरा बारीमा मकै, गहुँ र जौको उब्जनी हुन्थ्यो हिउँदमा छानामा परेको प्वालबाट जुन चिहाउँथ्यो, वर्षातमा पानी खस्थ्यो आबैहरू घरको धुरी चढेर आफैँ छानो टाल्थे पित्तृपूजा पाठ गर्थे बारीमा, वनपाखामा जाँदा सजिलोका लागि बा’हरूले लगाउने पोसाक लगाएर जान्थे आबैले नाना मलाई पनि उहाँले गरेजस्तै काम गर्न सिकाउनुहुन्थ्यो कहिलेकाहीँ बारीमा पुग्दा आबै थकान लिइरहेका वेला नारिएका हल गोरु धपाउँदै जोत्न तम्सन्थ्यौँ
यो सब रमाइलो लाग्थ्यो सामान्य लाग्थ्यो, आमाहरूले जे गरे हामी पनि त्यही अनुसरण गथ्र्यौं तर, रोल्पाली आबैहरूले गरेको त्यो सबै काम असामान्य रहेछ यो कुरा ०६० को सुरुआती दशकमा दाङ झरेपछि मात्रै थाहा पाएँ समाजमा महिलालाई धुरी चढ्न जोत्न बन्देज पो रहेछ नेपाली समाजमा एउटा मान्यता कायम रहेछ, ‘महिलाले हलो छुनु हुँदैन घरको धुरी चढ्नु हुँदैन केटाको लुगा लगाउनु हुँदैन।’ देशमा अर्कै क्रान्ति चलिरहेको थियो तर, बाध्यताले नै किन नहोस्, त्यही समयमा रोल्पाली महिलाले भने लैंगिक क्रान्ति सुरु गरिसकेका थिए
गाउँमा काम गर्न सक्ने युवा जनशक्ति र पुरुष कोही छापामार थिए, कोही कालापत्थर र कोही खाडीमुलुक सधैँ ‘पुरुषले मात्रै’ गर्दै आएको काममा ‘हात नपरे’पछि त्यो बिस्तारै जीर्ण हुँदै गएको थियो छानोमा बिछ्याइएका काठका फलेक वेलावेला पल्टाउनुपथ्र्यो ताकि पानीले नकुहियोस् तर, महिला घरको छानो चढ्नु हुँदैन भन्ने मान्यताकै कारण कोही महिला त्यतिन्जेलसम्म धुरी चढेका थिएनन् हलो जोत्नु हुँदैन भन्ने मान्यताका कारण गाउँमा भोकमरी फैलिँदै थियो घरका छानोबाट घामपानी छिर्न लागेको थियो आखिर कति दिन बस्न सकिन्थ्यो, पुरुष–महिलाको काम छुट्याएर? भोक र दबाबका अघि सबै गौण हुँदा रहेछन् परम्परा मान्यता अन्धविश्वास डर हुँदो रहेछ रोल्पाली आबैहरूलाई त्यही दबाब, त्यही बाध्यताले क्रान्तिकारी हुन सिकायो जेसुकै गर्न परोस्, आममान्छे सधैँ जीवन बाँच्न चाहन्छ
महिलाले हलो छुनु हुँदैन । घरको धुरी चढ्नु हुँदैन’ भन्ने मान्यता थियो, तर रोल्पाली महिलाले हलो जोतेर लैंगिक क्रान्ति सुरु गरिसकेका थिए ।
आममान्छेको सोच बदल्न पनि गाह्रो हुन्छ उनीहरूको मनोविज्ञान सामाजिक व्यवस्थाले अन्धो बनाइसकेको हुन्छ वर्षौंदेखिको सामाजिक, धार्मिक मूल्य र मान्यता भत्काउन कहाँ सजिलो हुन्छ र? तर, जब ऐँठन पर्छ ती सबै भत्किन समय नलाग्दो रहेछ तत्कालीन १० वर्षे जनयुद्धले रोल्पाली महिलालाई बाध्यताको तक्मा भिराएर ऐँठन पारेको थियो।आबैहरूले करिब दुई दशकअघि गरेको त्यो लैंगिक क्रान्ति चेतनाले गर्नुभएको थिएन, जरुरतले गर्नुभएको थियो हरेक क्रान्ति आन्दोलन कहाँ रहरले गर्न सकिन्छ ? जहाँ दबाब पर्छ त्यहीँ त विष्फोट हुने हो
लैंगिक विभेद जनजाति समुदायमा कम छ हाम्रो मगर समुदायमा पनि लैंगिक समानता मात्रै होइन, महिलाको स्तर माथिल्लो हुन्छ महिला नै घरको मूली हुने चलन समानताको मुख्य कडी भनेको महिलालाई निर्णायक आर्थिक रूपमा सबल बनाए मात्रै पनि हुँदो रहेछ  आदिमकालदेखि नै जब लुगाको चलन थिएन, जब औद्योगिक लत्ताकपडामा आममानवको पहुँच थिएन, रोल्पाली महिला अल्लो धागो बुनेर लत्ताकपडाको रूपमा प्रयोग गर्दै आएका छन् त्यसैबाट महिलाले पेवा (कुनै महिलाले आफैँ कमाएर जोडेको निजी सम्पत्ति) पनि बनाउँछन् यसले उनीहरूलाई आर्थिक रूपमा सबल मात्रै बनाएको छैन, सामाजिक र शिल्पमा पनि अब्बल बनाउँदै आएको छ
सायद यिनै कारणले पनि होला, मेरो मानसिकतामा महिला भएर जन्मिनु गल्ती हो भन्ने कहिल्यै लागेन महिला–पुरुषबीच फरक हुन्छ भन्ने पनि धेरैपछि मात्रै थाहा पाएँ महिला–पुरुषको विभेदको खाल्डो पनि सहर पसेपछि मात्रै देखेकी हुँ धनाढ्य शिक्षितको जीवन नजिकबाट बुझेपछि झन् बढी थाहा पाएँ किनकि यो समस्या उनीहरूमा झन् हुँदो रहेछ, भलै उनीहरूले बाहिर आदर्शका कुरा छाँटून्
पुगेका प्रायः ठाउँका निरक्षर, निम्न, उच्च वर्गदेखि शिक्षित वर्गसम्म भेट्छु  जुनसुकै वर्गमा पनि विभेदको जाल रहेछ अचम्म लाग्नेचाहिँ आफूमाथिको विभेद महिलाले जानीजानी ्विकारेका पनि रहेछन् तर, जुन घरमा महिला आर्थिक रूपमा सबल हुन्छन्, त्यस घरमा भने केही खुकुलो अवस्था हुँदो रहेछ आजभोलि बल्ल यतातिर (दाङमा) कतै थारू महिलाले आकलझुकल हलो जोतेको देख्छु अझै पनि गैर–जनजाति महिलाले हलो छोएको देखेकी छैन डरलाग्दो गरी महिला िभेद पनि गैरजनजाति समाजमा नै बढी देखेकी छु चाहे त्यो पूर्व होस् या पश्चिम
देशमा युद्ध समाप्तिपछि युद्धमा लागेका युवा फर्किए र बिदेसिए गाउँबाट परिवार सन्तान उच्च शिक्षा सुविधाको नाममा बजारतिर लागे किनभने देशमा गणतन्त्र ल्याएका गाउँलेले आफ्नै गाउँमा राम्रो स्कुल र उच्च शिक्षा ल्याउन सकेनन् सँगै बजारिया भयो आदिवासी मगर महिला अस्तित्व पनि पुँजीवाद सहरमा गाउँबाट झरेका आदिवासी महिलाको अस्तित्व पनि आधुनिकीकरण भइसकेको बजार झरेका अधिकांश महिला अब छोराछोरीलाई महँगो निजी स्कुल पठाएर सिउँदोभरि सिन्दुर लगाएर सहरको साँघुरो कोठामा बसेर लोग्नेसँग भिडियो च्याट गरेर समय कटाउँछन् लोग्नेको नाममा तिज व्रत बस्ने गर्छन् हिजो आफ्नै पनि आर्थिक सबलतामा घर चलाउन सक्षम आदिवासी महिला आज रेमिट्यान्सको प्रतीक्षा गरिबस्छन्
सामाजिक स्वतन्त्रता हुँदाहुँदै पनि आदिवासी जनजाति महिला उल्लेखनीय रूपमा राज्यका सहभागीमूलक नेतृत्वदायी पहुँचमा पुग्न सकेका छैनन् जनजाति महिलामा शिक्षाको ग्राफ उक्लिँदै गर्दा चेतनाको ग्राफ सोही अनुपातमा वृद्धि हुन सकेको छैन समानताको स्वर चर्को हुँदै गर्दा आदिवासी नारी अस्तित्व भने खतरामा पर्दै गइराखेको छ


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...