Thursday, March 26, 2020

म गंगा, पृथ्वीको धमनी


म गंगा, पृथ्वीको धमनी

हाम्रो जन्म केही करोड वर्षअघि भएको हो । हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक छ । अहिले हामी बग्ने धरातल गोन्डावाना र युरेसियन नामका भूतख्ताहरुबीच रहेको टेथाइस समुद्रमुनि थियो । 

चैत्र ८, २०७६अजय दीक्षित

दक्षिण एसियामा किन हो कुन्नि म गंगा नदी सभ्यता, मोक्ष, पुण्य र स्वच्छताको पर्याय बनेकी छु मात्र होइन, सखी सिन्धु छन्, उता हिमालपारि उद्गम भएर बह्मपुत्र बग्छ, हाम्रा अनगिन्ती भाइबहिनीहरू छन् हामी सबै सभ्यताका आधार हौँ, बहुउपयोगी छौं, र पवित्र पनि ! सर्वदा अविरल र स्वच्छ बग्दै रहने विश्वास थियो हामी सबैको 

हिजोआज हाम्रो यो विश्वास डगमगाउन थालेको छ यसरी नै तपार्इंर् ंमान्छेहरूले हाम्रा जलाधार हामीमाथि हस्तक्षेप गरिरहने हो भने हाम्रो अस्तित्व छिट्टै संकटमा पर्नेछ जलवायु परिवर्तनले वर्षाको चरित्रलाई पारेको प्रभाव हामी नदीहरूमाथि झन् थपिएको हामीहरू, सिमसार एवं समस्त जलको दुरुपयोगलाई रोक्नुहोस्, हामीलाई नास हुन नदिनु होस् हामी बिन्ती गर्छौं, संरक्षणको यात्रा सुरु गर्नुहोस्, अन्यथा, तपार्इंर्हरूकै जीवनमाथि सबभन्दा ठूलो बज्रपात आइपर्नेछ

भूतख्ताका घर्षण, अवतरण र यात्रा

 

हाम्रो जन्म केही करोड वर्षअघि भएको हो हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक अहिले हामी बग्ने धरातल गोन्डावाना युरेसियन नामका भूतख्ताहरूबीच रहेको टेथाइस समुद्रमुनि थियो गोन्डावानाबाट छुट्टिएको भारतीय भूतख्तायुरेसियन भूतख्तासित ठोक्किन आएपछि टेथाइस समुद्र खुम्चियो

 

चेपुवामा परेको जमिनमाथि उठ्न थाले, हिमाल, महाभारत, (शिबालिक) चुरे शृंखला र मैदान बने सूर्यको तापले बंगाल अरब समुद्रको पानी बाफ (बादल) बनेपछि मनसुनी हावा र पश्चिमी वायु, वर्षा र हिमपातका सिलसिला सुरु भए वायुले बाफलाई आकाशमा पुर्‍याए, जलचक्र स्थापित भयो

 

हामीहरू हिमाल, महाभारत, चुरे, बिन्ध्या पर्वतमाला एवं मैदानी भू–भाग हुँदै, बग्दै बंगाल र अरब समुद्रमा पुग्यौं हामी नदी मात्र नभएर सम्यता पनि हौं हाम्रा किनाराहरूमा सभ्यता विकास भए, अझै छन्, भविष्यमा पनि रहिरहनुपर्नेछ

भागीरथी, मन्दाकिनी, अलकनन्दा, यमुना, महाकाली, कर्णाली, सरयू, गोमती, मोहना, राप्ती, गण्डकी, वाग्मती, कमला, कोसी अनि कन्काई (महानन्दा) मेरा बहिनीहरू हुन् नेपालबाटबग्ने महाकाली, कर्णाली र बबई भारतमा पुग्दा

नाम बदलिएर क्रमशः शारदा, घाघरा रसरयू बोलाइन्छन्

 

हामी त नदी थियौं लिंग, जात केही थिएन तर, तपाईंहरूले हामीमध्ये कसैलाई केटा त कसैलाई केटी बनाइदिनुभएको छ यति मात्रै होइन, एउटै नदीलाई कतै केटा त कतै केटीको नाम दिनुभएको छ कैलाश पर्वतको पश्चिमी मोहडामा उद्गम भई पाकिस्तानमा बग्ने सखी सिन्धुलाई उपल्लो भेगतिर शेर दर्या (सिंह नदी), आब्बासिन (नदीहरूका पिता) को नामले पनि बोलाइन्छ (अलबिना, ए., २००५, द इम्पायर्स अफ द इन्डस्, द स्टोरी अफ अ रिभर)

 

भाइहरू रबी, ब्यास, सतलज, झेलम र चेनाव भारत र पाकिस्तानबाट आएर सखी सिन्धुमा मिल्छन् सिन्धु अरब सागरमा विलय हुन्छिन् कैलाश पर्वतबाट निस्केको यार्लुंगसाङ्पो आसाममा बह्मपुत्र हुन्छ भने बंगलादेशमा पुगेपछि जमुना, कतै भाइ त कतै बहिनी नारायणी भारतमा गण्डक हुन्छिन्

 

भूगोलले पनि हामी बग्ने स्वरूपलाई निर्धारण गरिदिएको छ झारखण्डको राजमहल काटेपछि गंगा स्वयं दुई धारमा बाँडिएकी छु– पद्मा हुग्ली भन्छन् मलाई दामोदर रूपनारायण हुग्लीका भाइहरू हुन् पूर्वी बंगालतर्फ (बंगलादेश) लागेपछि पद्मालाई पद्दाको नामले पनि बोलाइन्छ

 

मेघालय र बंगलादेशबाट आएकी बहिनी मेघना पद्मामा समाहित हुन्छिन् मेघना बह्मपुत्रलाई बोक्दै पद्मा बंगालको खाडीतर्फ लाग्छिन् बहिनी पद्मा हुग्ली अनगिन्ती धारहरूमा विभाजित भई सुन्दर–वन हुँदै बंगालको खाडीमा विलय हुन्छिन्

 

, मेरी सखी र भाइबहिनीहरूको फैलावट क्षेत्र हाल विश्व जनसंख्याको करिब १५ प्रतिशत मान्छेको बासस्थान हो मौसमअनुसार, हाम्रो व्यबहार पनि बदलिने गर्छ वर्षायाममा हामी अलि आक्रामक हुन्छौं भल–बाढीका साथमा प्रशस्त ढुंगा, बालुवा र माटो ओसार्छौं, मैदानी भेगमा लगेर थुपार्छौं

 

पहाडहरू कोतरेर हामीले धरातलमा माटो ल्याउने गरेका हौं वर्षायाममा माटो के, उस्तै परे सानासाना पहाडै गर्‍यामगुरुम सोहोरेर ल्याउनु हाम्रो जन्मजात चरित्र हो हामीले माटो नथुपारे खेत मलिलो रहन सक्दैन अझ मिहिन माटो बगाएर समुद्रमा पुर्‍याउँछौं

 

जलविज्ञान, साहित्य र त्रिवेणी

 

विज्ञानका अनुसार, हाइड्रोजनका दुई र अक्सिजनको एक परमाणु मिलेर हाम्रा आधार पानीको अणु बनेको हो अमेरिकी विज्ञान प्रविधि काउन्सिलका अनुसार, ‘जलविज्ञानले पृथ्वीका पानीहरू, तिनका उपलब्धता र वितरण, तिनका रासायनिक र भौतिक गुण, तिनको पर्यावरणलगायत समस्त प्राणी जगत्सितको सम्बन्ध व्याख्या गर्छ।’

 

पौराणिक ग्रन्थले जलविज्ञानको मर्मलाई समेटेको छ एउटा व्याख्या भन्छ, सूर्यको तातोले आकाशमा पुगेको पानी, बादल बनी वर्षामा परिणत हुन्छ, नदी, पोखरी र समुद्रमा सञ्चित हुन्छ हामीबारेका बुझाइ खालखालका भए पनि व्याख्यामा निर्मल जलचक्रको मान्यताले मेल खान्छ

 

एकथरी मानिस मलाई असाध्यै माया गर्छन् दक्षिण एसियाका धेरै बसिन्दाले मलाई माता (आमा, माई) भन्दै पूजा गर्छन्, उनीहरूले १०७ नाम दिएका छन् (शिव, २००२, वाटर वार्स), श्रद्धाले गंगाजी भन्छन् अंग्रेजी भाषीहरूले मलाई ‘ग्यान्गेज’ भनी बोलाउँछन्, सायद गंगाजीको अपभ्रंस हो इडन बगैंचाका चारमध्ये एक ‘पिसन’ नदीसँग मलाई जोडिएको (सिंह आर, १९९२, द गंगाज)

 

म मेरा बहिनी, भाइहरूले कवि र गायक परिकल्पनामा महत्त्वपूर्ण स्थान पाएका छौं पूर्वी बंगाल (बंगलादेश) मा पद्मा र बहिनी धारहरूमा डुंगा–यात्रा गर्दै रवीन्द्रनाथ टेगोरले गीताञ्जली सिर्जना गर्ने प्रेरणा पाए कवि शिरोमणि लेखनाथ पौड्यालले रचेका छन् : ‘गंगामा भुक्ति मुक्ति दुई दिदीबहिनी नित्य खेल्छन् कपर्दी।’

 

भुपेन हजारीकाले गाएका छन् :

हे, गंगा तु वहेती हे क्यों?’

हिन्दु धर्मावलम्बीहरूले स्नान गर्दा वाचन गर्ने श्लोकमा सिन्धु, यमुना, सरस्वती, विन्ध्या शृंखलापारिका गोदावरी, नर्मदा, काबेरी र मसहित हामी सात दिदीबहिनी समेटिएका छौं

गंगे च यमुने चैव गोदावरी सरस्वती

नर्मदे सिन्धु कावेरी जलेद्रस्मिन् सन्निधिं कुरु।।

अर्थात्

हे पवित्र नदीहरू, मैले स्नान गर्ने पानीमा उपस्थित हुनुहोस्

 

तर, मलाई एउटा कुराले सधैं अचम्मित पार्छ— श्लोकमा अरू भाइबहिनीहरू किन छैनन् ब्रह्मपुत्र पनि छैन मेघदूतका रचयिता महाकवि कालीदासले ‘पृथ्वीको नाडी’ मानेका हिमालय पर्वतमालालाई (सिंह , १९९२, द गंगाज) कैलाश पर्वतदेखि पूर्व, उत्तर र दक्षिण तीन तीरबाट घेरेका छौं जलको आदर गर्ने श्लोकलाई त्यसबेलाको ‘नदी–गान’ भन्दा

कसो होला?

 

हामी भाइबहिनीको मेलले तीर्थस्थल जन्माउँछ, जहाँ मान्छेले त्रिवेणीको परिकल्पना गर्छन् मान्छेको कल्पनामा मात्र जीवित बहिनी सरस्वती इलाहावादमा म (गंगा) र यमुनासित भूमिगत बाटो हुादै मिल्न आउँछिन् सखी सिन्धु बहिनी यमुनाको बीचबाट बगेर अरब सागरमा पुग्ने घग्गर नदी नै सरस्वती हुन् भनेर मान्नेहरू पनि छन् (सन्याल एस २०१५, द इन्क्रिेडिब हिस्ट्री अफ इन्डियाज जियोग्राफी) हिनी सरस्वती सुकेकी छन्, बग्दिनन्

 

हरेक १२ वर्षमा इलाहावाद त्रिवेणीमा लाग्ने कुम्भमेलामा आस्थाका करोडौं पुजारीहरूसहित अनगिन्ती मानिस भेला हुन्छन् उता नेपालको धनकुटाको तल्लो फाँट बहिनी सुनकोसी, भाई तमोर र अरुणको त्रिवेणी हो भाइ अरुण तिब्बतबाट हिमाली शृंखला छिचोल्दै नेपालभित्र बग्छ त्रिवेणीबाट पहाड काटेर कोसी चतरा आइपुग्छिन्, नेपाल हुँदै, विहारको कुरुसेलामा आएरमसित मिल्छिन्

 

यस क्षेत्रका बसिन्दाहरूको भविष्य हाम्रा जलाधारहरूका सन्तुलन र स्वच्छतामा टिकेको हुँदा तिनको रेखदेख गर्नु धेरै बुद्धिमानी बाटो हो संरक्षणका गोरेटा खन्न तपार्इंर् मान्छेहरूले नयाँ कल्पनासहित प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्या मिलाएर पूर्ण ज्ञान सिर्जना गर्न सके सबैको भलो हुने थियो

 

वेलगाम दोहन, प्रदूषण र ह्रास

तपाईंहरुले आफ्ना सीमितता र प्रकृतिको भूमिका तथा देनलाई लेखाजोखा गर्न बिर्सनुभएको छ प्रकृतिमा अन्तरनिहित भएर समाज हामी जीवित छौं भन्ने वास्तविकता बिर्सेर, प्रकृति भर्सेस विकासको तर्क तपाईंहरुले स्वीकार गर्नुभयो प्रकृति जैविक विविधताको व्यापक विनाशले आज तपाईंहरुलाईनै तर्साइरहेछ

 

तपाईंहरुकै भाषामा भन्ने गरेको राज्यलगायत बजारले सोचेअनुरूप उपयोग नभएका हामी नदीहरू खेर गएका हुन भन्ने तर्क थाल्नुभयो सन् १९०० पछि संयुक्त राज्य अमेरिकामा अझ सुरिएर हामी नदीको सबै पानीको गन्तब्य सिँचाइ, बिजुली उत्पादन र उद्योग मात्रै हो भन्ने नीति लागू गरे

 

यो नीतिले उनीहरूलाई केही फाइदा त दियो तर तल्लो भेग, त्यहाँ बस्ने मानव समुदाय, हामी दिदीबहिनी र भाइहरूको बग्ने अधिकार, हामीमा आश्रित तर बोल्न नसक्ने प्राणीहरू एवं जलचर (माछा, डल्फिन, गोहीका प्रजाति) का आवश्यकता र चासोलाई बेवास्ता गर्न थाले यही दृष्टिकोणले यस क्षेत्रको जलयात्रा पनि डोरिन थाल्यो

 

हाम्रा पिँध र किनाराबाट तपाईंहरुजथाभावी ढुंगा र बालुवा निकाल्ने गर्नुहुन्छ तपाईंहरुको घर पूर्वाधार निर्माणका लागि सिमेन्ट जडान गर्न यी आवश्यक छन् तर तपाईंहरुतातै खाऊ लि मरौं जसरी असन्तुलित उत्खनन गर्न लाग्नुभएको छ अरू छाडौं घर निर्माण गर्ने वैकल्पिक सामग्रीको खोजीसम्म पनि सुरु गर्नु नै भएको छैन

 

बेलाबेला जथाभावी उत्खनन गर्नुहुन्न भन्नु त हुन्छ तर राज्यको नियमन संयन्त्रलाई भताभुंग पार्नुभएको छ आफ्ना गुटका सदस्य मात्रले फाइदा लिने, राज्यको स्रोतमा कब्जा जमाउने नियत अवलम्बन गर्नुभएको छ अनियन्त्रित दोहनका गतिविधि दिनदहाडै भइरहेका छन् (निटी फाउन्डेसन, २०१९, नेपालल्स क्लेप्टोक्राटिक नेटवर्क)

 

आवश्यक परेरै होला तपार्इंर्हरूले थुप्रै संरचना निर्माण गर्नुभएको छ, तपाईंहरुका संगठन र विज्ञहरूसित यसो गर्ने क्षमता छ प्रविधि खरिद गर्न पाइन्छ, राज्यशक्ति पनि सहयोगी छ तर, जलको उचित संरक्षण गर्न सक्नुभएको छैन न त गुणस्तरीय खाने पानी आपूर्तिको उचित प्रबन्ध विपन्न परिवार एवं महिलाहरूले खानेपानी सरसफाइको अभावमा भोग्ने ीडालाई तात्त्विक रूपले कम गर्नुभएको छैन जल प्रदूषण निरन्तर जसले हाम्रो रूप गति नै हेरिनसक्नु भइसक्यो

 

हामीले नदीहरूको मात्रै होइन, भू–जलको बेलगाम दोहन गर्नु हुन्छ? ठूलाठूला पम्प प्रयोग गरेर, वर्षाले भर्न नसक्ने गहिरा भू–जलाशयबाट पानी तान्नु हुन्छ, व्यापारिक खेती र सहरी क्षेत्रमा विलासिताका लागि प्रयोगमा लगाउनु हुन्छ?

हामीले हाम्रा किनारमा सामाजिक र सांस्कृतिक जग निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यौं कसैलाई विभेद नगरी जलचक्रका धागासरह हामी निरन्तर बगिरह्यौं, भविष्यमा पनि बिनाविभेद निरन्तर रहन चाहन्छौं साँच्चै भन्दा तपार्इंर्हरूको जस्तो हाम्रो भाषामा विभेद भन्ने मान्यता शब्दै छैन

 

तर तपार्इंर्हंरूले राजनीतिक तथा सामाजिक सिमाना र बन्देज निर्माण गर्दै हाम्रो लय बिथोल्नुभयो पानीको प्रयोगमा विभेद सीमान्तीकरण सुरु गर्नुभयो समाजमा ठूलो बोलवाला भएकाहरूले सरकारी नीतिलाई आफ्नो हितमा सजिलै बंग्याउन सक्ने परिपाटी बसाल्नुभयो यो विभेद समाजमा झनझन जकडिन थालेको

नदी, ताल तलैया, भू–जल र वर्षाको खण्डित लेखाजोखा गर्दै प्रशासनिक हैकमको जलविकास बाटो स्थापित गर्नुभएको छ तपार्इंर्हंरूका सिँचाइ, जलविद्युत्, खानेपानी, व्यवस्थापन गर्ने राज्यका संगठनहरू एकअर्कासित समन्बय नगरी आ–आफ्नो ढंगले काम गर्छन्

 

तपाईंहरुमध्ये कोही राज्यले सकेन, भन्दै एकांकी बजारको शरणमा पुगी नदी र जलनिधिको पूर्ण निजीकरणको वकालत गर्नुहुन्छ केही जलसेवा आपूर्तिमा बजार संलग्न , तर बजारको नियमन गर्नुहुन्न हामी नदी तपाईंहरुको सिर्जना होइनौं हावा, पानी र माटो निर्माण गर्ने क्षमता तपाईंहरुमा छैन भन्ने हेक्का अझै पलाएको छैन

 

पोखरी, कुण्ड, तालतलैया र सिमसारमा बुल्डोजर दगुराउनुहुन्छ, मास्नुहुन्छ चौरहरू देख्यो कि कंक्रिटले ढाकी हाल्नुहुन्छ भू–जल भरिन पाउँदैन, जलचक्र खण्डित हुन्छ हामी नदीहरू ह्रास हुन्छौं भन्ने सोच्नुहुन्न, न त विपन्नहरू अन्यायमा पर्छन् भन्ने वास्तविकता

 

प्रकृतिसँग प्रेमसहित बातचित गर्ने सच्चा मानव आत्माहरूले सुरु गरेका जल संरक्षणसम्बन्धी केही स्थानीय सत्प्रयास पनि छन् तर यतिले हाम्रो खस्कँदो यात्रा रोकिएको छैन हामी बग्ने बाटाहरूलाई जानीजानी हडपेर साँघुरो पार्नुभएको तपाईंहरुका सहरहरू अव्यवस्थित, कुरूप र प्रदूषित छन्, ढकमक्क हरियालीबिनाका छन्, बासिन्दामैत्री छैनन्

जल आपूर्ति संकटमा परेको सहरमै केही समयपछि विकराल बाढीका घटना निरन्तर हुन थालेका छन्

 

हाँडीघोप्टे पानी परेपछि जब हामी गडगडाउँदै बग्छौं, तपाईंहरुसंकट भोग्नुहुन्छ, हामीलाई सराप्नुहुन्छ,– ऐया र आत्था गर्दै तर केही दिनपछि सबै बिर्सनुहुन्छ जल–सुशासन स्थापित गर्न तपाईंहरुचुक्नुभएको धेरै के भनौं र, हामीमाथि गरिने अन्याय अन्तिममा गएर मानव जातिको हितमा छैन है

 

जल–विवेक, निर्मलता र स्वच्छता

 

वर्तमान जलसंकटका एउटा कारण हो, खण्डित जलचक्र अपनाइएको (स्विकारिएको) दृष्टिकोण र विधि समुद्र बादलको बीचमा रहेर हामी जमिन, जंगल, समुदाय, प्रयोगहरू, आस्था र सभ्यतालाई जीवन्त राख्छौं

हामी नदीहरू पृथ्वीका धमनी हौं, खेर गएका होइन, र जाँदैनौँ पनि, बग्नु हाम्रो धर्म हो हामी अनवरत स्वच्छ रहनुपर्छ कुम्भमेलामा आउने बहुसंख्यक मान्छे पवित्र जल नदीका मान्यताले प्रेरित भएका हुन्, अन्यथा होइन दुर्भाग्य, यो मान्यता तपाईंहरुका क्रियाकलापमा देखिँदैन

 

अत्याचारको पनि एउटा सीमा हुन्छ तपाईंहरुत आफ्ना मलमूत्र सोझै हाम्रा शरीरमा मिल्काउनुहुन्छ, बगाइहाल्छन् भन्ने अल्पदृष्टि राख्नुहुन्छ प्राकृतिक पानी घर–घरमा ल्याउनुहुन्छ, बाथरुममा विष्टासित फ्लस गर्नुहुन्छ सफा पानीमा बिष्टा मिसाउने संस्कारको विडम्बनाले खै तपाईंहरुलाई कहाँ पुर्‍याउँछ कुन्नि?

 

पानीले ढल बगाउने संस्कार तपाईंहरुले तत्काल बदल्न सक्ने आशा त हामीले गरेका छैनौं तैपनि, ढलचक्र र जलचक्र भिन्दाभिन्दै रहने विधि त सुरु गरे हुन्थ्यो नि प्रशोधन नगरेको ढल जलचक्रमा नमिसाउन सामूहिक वाचा गरेर अघि बढेदिए कम्तीमा पनि चित्त बुझाउने ठाउँ रहने थियो

 

अब हामी तपाईंहरुमान्छेलाई केही आह्वान गर्छौं जल नदी संरक्षणलाई नयाँ यज्ञको रूपमा अगाडि लैजानुहोस् के, कसरी र कस्ता विधि छान्ने भन्ने प्रश्नका जवाफ खोज्ने दायित्व तपाईंहरुको हो प्राकृतिक विज्ञानले तपाईंहरुलाई के, कति भन्ने प्रश्नको जवाफ दिन्छ, न्याय र शासन पद्धतिका लागि सामाजिक विज्ञान आबश्यक छ, लोकविद्याले स्थानविशेष समुदायका मान्यतालाई अपनत्व दिन्छ

 

एक्ला हिसाबले तिनका प्रयोग अपुरा छन् प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्याको सम्मिलन गर्नुहोस् संयोजित विधिलाई पवित्र जलको मान्यताको जलप लगाउनुहोस् विवेकको आधार ज्ञान, ज्ञानको सूचना र सूचनाको आधार तथ्यांक हो हिजोआज तथ्यांकको बाढी आएसरह , त्यसलाई विवेक बनाउन तपार्इंर्हंरूको अथक मिहिनेतजरुरी छ

 

जल–विवेकबाट निर्देशित भई यस्तो शासन पद्धति सुरु गर्नुहोस् जसले तपार्इंर्हंरूको आवश्यकता परिपूर्तिका साथै हामी नदी पनि निरन्तर स्वच्छ बग्न सक्ने पारोस्, हाम्रा डगमगाएको विश्वास उकास्ने काम गरोस् ! हामी सबै स्वच्छ र अविरल रहने संस्कृति जल संकट समाधानको सहयोगी छ

 

त्यस्तो संस्कृतिका लागि हामीहरूले नयाँ नदी–गान बनाउने निधो गर्‍यौँ जसका लागि हामीले भेला बोलायौं मैले अगुवाइ गरेको एउटा छलफलमा जल अध्येता अजय दीक्षितलाई बोलाएर भन्यौं, ‘हामी सबै नदीको संरक्षित र साझा भविष्यबारे एउटा ‘नयाँ बृहत् कल्पना’ तयार गर।’ तिनले तत्काल एउटा खेस्रा तयार पारेर सुनाए, तर त्यति छन्द

मिलेको थिएन

 

उनले शिक्षक टीकाराम शर्माको सहयोग लिएछन् त्यसपछि सुनाएको नदी–गानले हामी दंग पर्‍यौं गानले हालको नेपाल, भारत, तिब्बत (चीन), बंगलादेश, दक्षिण–भारत, पाकिस्तान, हिमाल, महाभारत, चुरे र विन्ध्या शृंखलातिरका प्रतिनिधि चौधवटा नदीलाई समेटेको छ हामीले सहर्ष मञ्जुरी दियौं त्यो नयाा नदी–गान सुन्नुहोस् है तः

 

गंगा, मेघना र भाई ब्रह्मपुत्रहरू,

महाकाली र कर्णाली, नारायणी, कौशिकीहरू

अविरल बहेका छन् वाग्मती, कमलासरी,

बेतवा, रोहिणी, सिन्धु, नर्मदा जलसुन्दरी

गोदावरी नदीजस्ता स्वच्छ यी जलसम्पदा,

प्रेम र आदरले हामी, सम्झन्छौं गर्वले सदा।’’

 

हामी आशा गर्छौ, तपाईंहरुमानिसहरूले नदी, पोखरी, कुण्ड, ताल, सिमसार र भूजलको सन्तुलित प्रयोग गर्नुहुनेछ त्यसो भयो भने हाम्रो विश्वास तपाईंहरुसन्तान–दरसन्तानले जल संकट भोग्नुपर्ने छैन, कञ्चन बग्दै गरेका मेरा दिदीबहिनी र भाइहरूलाई हेर्न, अनुभव गर्न र आनन्द लिन पाउनेछन् तपार्इंर्हंरूको शरीरभित्र पनि दुई तिहाइ पानी नै नि सत्य यही हो–पानीबिना जीवन सम्भव छैन

आगे तपाईंहरुकै विचार !प्रकाशित : कान्तिपुर, चैत्र ८, २०७६ १३:२१

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...