Thursday, March 12, 2020

राणाकालीन लोक कोइलीहरू


राणाकालीन लोक कोइलीहरू
संगीत, नयाँ पत्रिका, २०७६ मङ्सिर २८ शनिबार ०८:५८:००
एक शताब्दीभन्दा लामो राणा शासन राजनीतिक चेतना र सामाजिक जागरणका दृष्टिले भयानक कालरात्रि थियो मकै पर्व, लाइब्रेरी पर्व आदि केही यस्ता भयानक दृष्टान्त हुन् जसले जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिएको कहानी सुनाउँछन्
अरूको त के कुरा, त्यो समयमा वनको कोइली पनि चुप बस्नुपर्ने थियो यति हुँदाहुँदै पनि समाजमा केही लोककोइलीहरू थिए, जसले घुमाउरो किसिमले राजनीतिक तथा सामाजिक अव्यवस्थाबारे आवाज उठाएका थिए अहिले विस्मृत बनिसकेका ती आँटिला लोककोइलीहरूका इतिहास कम गौरवपूर्ण छैनन् ती लोककोइलीहरूको गौरवगाथा गाउनुअघि एकैछिन राणा शासनभन्दा अगाडिको समयतिर जाऔँ 
कास्की हेम्जाकी हीरादेवी गाइनेनीले माथरसिंह थापाको कर्खा (गाथा) गाएको प्रसंग लोकसांस्कृतिक वृत्तमा चर्चित छ उनले वि.सं. १८९५ माथरसिंह थापाको कर्खा गाएको प्रसंग रामशरण र्नालले आफ्नो कृति ‘संगीत सौरभ’ (२०५८, पृ.१०७) मा कोट्याएका छन् 
कमलमणि दीक्षितद्वारा सम्पादित ‘बुइँगल’ हीरादेवी गाइनेनीले गाएको कर्खा छ हीरादेवी गाइनेनीको प्रसंग रोचक अहिले पनि पुरुष गन्र्धवहरूले मात्र कर्खा गाएको देखिन्छ त्यो समयमा एउटा महिलाले त्यस्तो उच्च व्यक्तित्वको कर्खा कसरी गाउन पुगिन्? यो सांस्कृतिक घटनाले लोकसंस्कृतिका अध्येताहरूलाई अचम्मित तुल्याएको छ उनले तत्कालीन मुख्तियार माथवरसिंह थापाको गुनगानै गाएको भए पनि उनको नाम लोककोइलीहरूको सूचीमा गौरवपूर्ण स्थान पाएको  
अर्का साहसी लोककोइली हुन्, धादिङकी साइली सर्किनी अहिले दुनियाँको नजरमा विस्मृत भए पनि उनी बिर्सिन नहुने सांगीतिक व्यक्तित्व हुन् उनले गीति सवाल–जवाफमा बेपत्ता ख्याति कमाएकी थिइन् उनी धादिङ चिसापानी गाउँमा वि.सं. १९७० जन्मिएकी थिइन् 
साइली सर्किनीको एकपटक जुद्धशमशेरसँग जम्काभेट भएको चर्चा सुनिन्छ यो जम्काभेट कहाँ, कहिले र कुन सन्दर्भमा भएको थियो भन्ने खुलेको छैन सुनिएअनुसार जुद्धशमशेरसँग जम्काभेट हुँदाको समयमा खडरी परेको थियो जुद्धशमशेरले उनलाई प्रश्न गरेका थिए, ‘वर्षा किन हुन छाड्यो?’ साइली सर्किनीले तत्कालै जवाफ फर्काइहालिन्, ‘राजाले छोड्यो राजपाठ गर्न, बाहुनले छोड्यो वेद, अड्डाले छोड्यो नियाँ–निसाफ बर्सन छोड्यो मेघ।’ 
उनको जवाफ सुनेर जुद्धशमशेर अक्क न बक्क भएका थिए राजनीतिक दृष्टिले अभिव्यक्ति स्वतन्त्रतामा भोटेताल्चा लागेको त्यो समयमा एउटा निरक्षर महिलाले देशको शासन–प्रशासन र सामाजिक प्रणालीप्रति नै प्रश्न उठ्ने किसिमको अभिव्यक्ति दिनु चानचुने कुरा थिएन 
साइली सर्किनीको विलक्षण प्रतिभा र आँट देखेर जुद्धशमशेरले उनलाई त्यसवेलै पाँच सय रुपैयाँ बक्सिस दिएका थिए राजाराम फुँयालले आफ्नो कृति ‘नेपाली संगीतमा नारी’ (०७३, पृ.३५) मा साइली सर्किनीमा निहित बेजोड प्रतिभाबारे चर्चा गरेका छन्
अर्का राणाकालीन कोइली हुन्, मेलवादेवी गुरुङ ओखलढुंगाको रुम्जाटारमा जन्मेकी मेलवादेवी नेपालको सांगीतिक वृत्तमा धेरै चर्चा बटुल्ने गायिका हुन् राणाकालीन गायिकाहरूमा उनले त्तिको चर्चा अरूले पाएको देखिन्न देशको बागडोर सम्हाल्ने राणा–दरबारमा पुगेर सांगीतिक वृत्तमा उदाएका प्रतिभाशाली गायिका हुनु, सांगीतिक करिअरमा चन्द्रशमशेरको व्यापक साथ पाउनु र जीवनयात्रामा उतारचढावपूर्ण अवस्थाबाट गुज्रनु नै उनले असीमित चर्चा पाउनुका आधार हुन्
संगीतका अध्येताका अनुसार उनी आफैँ गीत रचना गर्ने, त्यसमा आफैँले संगीत भर्ने र आफैँ  गाउने गर्थिन् उनलाई धेरै चिनाउने गीतमध्ये हो, ‘सवारी मेरो रेलैमा...’ उनले यो गीत वि.सं. १९८५ सालतिर कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’ मा बोलको गीत रेकर्ड गराएकी थिइन् हंसरानी राई अर्की प्रतिभाशाली लोककोइली हुन् उनको जन्मस्थान, जन्ममिति तथा मृत्युबारे कुनै जानकारी उपलब्ध छैन धेरै अध्येताहरूले उनले ब्रिटिस भारतको गोर्खा छाउनीमा गीत गाएको चर्चा गरेका छन् यस दृष्टिले उनी कुनै गोर्खा सैनिककी श्रीमती वा छोरी एको अनुमान गर्न सकिन्छ
राणा शासनको उत्तराद्र्ध अर्थात् २००० सालको सेरोफेरोमा हंसरानी राई गोर्खा छाउनीको सांगीतिक माहोलमा छाइसकेकी थिइन् त्यसवेला उनको माधुर्यपूर्ण स्वर हाउभाउपूर्ण नृत्यबाट मुग्ध नहुने कुनै सैनिक नभएको कृष्णप्रसाद पराजुलीको पुस्तक ‘नेपाली लोकगीतको आलोक’ (०५७, पृ.११४) मा उल्लिखित छ
धेरैको मन जित्ने प्रतिभाशाली गायिका भएर पनि उनको इतिहास राम्रोसँग उघ्रेको छैन उनी को थिइन्? उनको थलोकिलो कहाँ थियो? यी प्रश्न अझै अनुत्तरित छन् उनको सांगीतिक जीवन व्यक्तिगत जीवनका धेरै पाटा उद्घाटन हुन बाँकी छ 
गण्डकी भेकमा प्रचलित लोकप्रिय शैली (जान्र) हो, ठाडो भाका त्यसले राणाकालीन समयमा पनि थुप्रै गायिका जन्माएको देखिन्छ त्यस भेगका चर्चित गायकद्वय देउबहादुर दुरा पञ्च सुब्बा गुरुङसँग असंख्य प्रतिभाशाली लोककोइलीहरूले गीतमा सवाल–जवाफ गरेका ौखिक इतिहास गाउँघरतिर अभैm पनि भेटिन्छन् राणाकालको उत्तराद्र्धको एक माघेसंक्रान्ति स्थानः मस्र्याङ्दी खुदीको संगमस्थल बिनी ठाडो भाकाका चर्चित गायक देउबहादुर दुरा त्यहाँ पुगेछन् देउबहादुरको ख्यातिसँग परिचित स्थानीय गन्यमान्य व्यक्ति गर्भे सुब्बाले देउबहादुरको उपस्थितिलाई सार्थक बनाउने उपाय रचेछन्
 उनले नामुद गायिका आफली घर्तिनी र देउबहादुर दुराबीच ठाडो भाकाको खाल जुटाइदिएछन् यी दुईबीच रातभरि घम्साघम्सीपूर्ण सवाल–जवाफ चलेछ गीतबाट स्थानीयले भरपुर मनोरञ्जन लिएछन् उनीहरूले चुरोटको खोलमा पैसा राखेर गायक–गायिका भएको ठाउँतिर हानेछन् यो प्रसंग धर्मराज थापाकृत् कृति ‘लोक–संस्कृतिको घेरामा लमजुङ’ (०४१, पृ.४३१) मा उल्लिखित छ 
यसका अतिरिक्त लमजुङकी मैह्रानी दुरा, लक्षिमा दुरा, मनकुमारी मगरनी, पेचेरे दुरालगायत बेहिसाब गायिकाले ठाडो भाकाको खाल रन्काएको अलिखित इतिहास बूढापाकाका कण्ठमा बसेको छ उनीहरूका गीतमा जीवन–भोगाइ, जीवन र जगतले जन्माएका तमाम हाँसो–रोदनसँग गाँसिएका मननयोग्य विचार भेटिन्थे भन्नेहरू अझैँ पनि भेटिन्छन् 
यहाँ नाम लिइएका राणाकालीन लोककोइली समुद्रको एक थोपा पानीजस्तै हो अर्को शब्दमा भन्दा यी नाम बिस्कुन पोखिएका ठाउँबाट टिपिएको एक–दुई दाना अन्नजस्तै हुन् सिंगो बिस्कुन उठाउनै बाँकी ।कुनै समयमा लोकप्रिय बनेको ‘हात काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले’ गीतकी गायिका उजेली मैयाँ, ‘झलक्क हेर्दा चिनेझैँ लाग्छ, घर कहाँ तिम्रो भनन बटुवा’ गीतकी गायिका धर्मादेवी आज हाम्रो स्मृतिमा छैनन् (राप्रउ पोखरेल अन्नपूर्ण पोष्ट, फुर्सद, असोज १५, २०७३)
गायिका भनेर नचिनिएका असंख्य प्रतिभाहरू लोकस्मृतिमा छैनन् बचेकुचेका लोककोइलीका अलिखित इतिहास धमिलो उनीहरूको इतिहास दिनदिनै मर्दै छ धेरैको इतिहास हराइसकेको मौखिक ज्ञानको भण्डार हराउँदा समाजले अप्रत्यक्ष रूपमा क्षति भोग्दै हाम्रा लोकभाका लोक अभिव्यक्तिलाई हुर्काउन–बढाउन लोककोइलीहरूको योगदान अपरिमित तर, राजा–महाराजा र शासकको मात्र इतिहास लेखिने समाजमा यस्ता प्रतिभाहरूको इतिहास लेखिएनन् हामीले जनस्तरमा वैकल्पिक इतिहास नै लेख्न सक्यौँ
राणाकालमा गायिका भनेर नचिनिएका असंख्य प्रतिभा लोकस्मृतिमा छैनन् । उनीहरूको इतिहास दिनदिनै मर्दै छ । 
लोकगीतमा सामूहिक चेतना हुन्छ, जसमा लोकस्मृति र लोकइतिहास लुकेका हुन्छन् लोकस्मृति र मौखिक इतिहासको संरक्षणमा महिलाको निर्णायक भूमिकालाई विश्वभर कदर गरिन्छ यस आधारमा लोकस्मृति मौखिक इतिहासका अमूल्य स्रोतका रूपमा रहेका राणाकालीन लोककोइलीहरूलाई हामीले मनैबाट सम्मान गर्नुपर्ने हो दुर्भाग्यवश, त्यसो हुन सकेको छैन उनीहरू लोकजीवनका ढुकढुकी हुन्
उनीहरूको गीत अध्ययन गर्दा राणकालीन कालरात्रिको लोकजीवनको प्रतिविम्ब र इतिहासको झलक भेट्न सकिन्छ विडम्बना! सामूहिक चेतना, लोकस्मृति र लोक इतिहासका यस्ता उपयोगी स्रोत हामीबाट गायब हुँदै गइरहेका छन्।मौखिक परम्परामा बाँचेको नेपाली समाजमा यी लोककोइलीहरू ‘शक्तिविहीन शक्ति’ हुन्, जो लोकस्मृति र लोक इतिहासका भण्डार हुन् हेर्दा निरीहजस्तो देखिए पनि उनीहरूको जीवनगाथामा ज्ञानको अथाह भण्डार त्यो अथाह भण्डारले हामीमा ज्ञानको भोग जागेको हेर्न चाहेको


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...