Thursday, March 12, 2020

पुराना नाच



 
पुराना नाच खोज्न प्रतिस्पर्धा
आधुनिकतासँगै जातजातिका पुराना नाचहरु चलनबाट हराउने संघारमा छन् 
जेष्ठ ३२२०७६हरि गौतम
रुकुम पूर्व — परम्परागत संस्कृति जोगाउन भन्दै भुमेमा बृहत् साँस्कृतिक प्रतियोगिता हुने भएको छ भुमे गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न संस्कृतिको संरक्षणका प्रतियोगिता गर्न लागेको हो 
मगर समुदायको ठूलो पर्व भूम्या अर्थात् बल पूजाका अवसरमा भुमे गाउँपालिका–२ खाबाङ बगरमा प्रतियोगिता गराउने तयारी सुरु भएको छ असार  देखि चार दिनसम्म विभिन्न विधाका नाचमा प्रतिस्पर्धा गराइने संस्कृति तथा पर्यटन विकास केन्द्रले जनाएको 

भूमे गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत केन्द्रको आयोजनामौलिक कला संरक्षण मञ्च र खाम मल्टी सोसल अर्गनाइजेशनको सहयोगमा प्रतियोगिता हुन लागेको हो भूम्यानचारुमयुरपैसेरीफाँक र झोरेल्नी नाचको प्रतिस्पर्धा गराइने छ भुमेका  वटै वडामा नाचिने नाचलाई आधार मानेर  वटा नाचको प्रतिस्पर्धा गराइने केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए

कुनै वडामा भूम्याकुनै वडामा नचारुकुनै वडामा मयुरकुनै वडामा फाँक र कुनै वडामा झोरेल्नी नाचिन्छ,’ उनले भने, ‘सबैलाई समेट्ने उद्देश्यसहित मुख्य ६ वटा नाचमा प्रतिस्पर्धा गराउने भयौं।’ विशेष गरी परम्परागत रुपमा नाँचिँदै आइएका नाचको संरक्षण गर्ने उद्देश्य प्रतियोगिताबाट राखिएको छ

भूम्या नाँचमा प्रथम आउनेले नगद एक लाख पुरस्कार पाउने छ दोस्रोले ७५ हजारतेस्रोले ५० हजार र सान्त्वना समूहले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् नचारु नाचको प्रथमले ७५दोस्रोले ५०तेस्रोले ३० र सान्त्वनाले १५ हजार नगद प्राप्त गर्ने छ
मयुरमा प्रथम आउनेले ५०दोस्रोले ३०तेस्रोले २० र सान्त्वना हुने समूहले १० हजार नगद पाउने छ

यसैगरी पैंसेरुफाँक र झोरेल्नी नाचमा प्रथम आउनेले ३०दोस्रोले २०तेस्रोले १५ तथा सान्त्वना हुने समूहले ५ हजार नगद पुरस्कार पाउनेछन् ‘परम्परागत संस्कृति लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि सरकार आफै लागेको ,’ गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले भने, ‘परम्परा र संस्कृति संरक्षणका लागि वार्षिक कार्यक्रम बनाएरै काम गरिरहेका छौं।’

प्रतियोगिता मौलिक र मौलिक भेषभूषामा हुने उनले बताए हरेक वर्ष प्रतियोगिता गर्दा तयारी गर्नेले पनि राम्रो गर्ने  संरक्षणमा टेवा पुग्ने भनाई उनको  ‘हरेक वर्षको प्रतियोगिताले लोप हुन लागेको संस्कृतिलाई संरक्षण गर्ने भयोप्रतियोगिता जित्नेलाई दिइने पुरस्कारले जति सक्यो धेरै परम्परामा आधारित नाचिने भएकाले हामीले हरेक वर्ष प्रतियोगिता गर्ने र आकर्षक पुरस्कार दिने नीति बनाएका हौं,’ अध्यक्ष बुढाले भने

पर्यटन विकासमा परम्परागत कलासंस्कृतिको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसको संरक्षण र प्रवर्द्धन स्थानीय सरकारको प्राथमिकतामा परेको भनाई उनको छप्रकाशित : जेष्ठ ३२२०७६ ०९:२९

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...