Thursday, March 12, 2020

सैनडाँडामा धामी नाच


सैनडाँडामा धामी नाच
देउडाको घमासान प्रतियोगितामा हारजितले वैवाहिक सम्बन्ध कायम गराउने मेला पछिल्ला केही वर्षयता संस्कृति संरक्षणमा केन्द्रित
भाद्र २९, २०७६वसन्तप्रताप सिंह
बझाङ — साउनको अन्तिम सातादेखि बझाङ मेलामय छ सुर्माको विरिजात, लेकगाउँको विर्सतीलगत्तै खप्तड छान्ना गाउँपालिकामा लाग्ने सैनडाँडाको जात (जात्रा) सुरु भएको छ असोज शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने यो मेला तीन दिनसम्म चल्छ मेलाको मुख्य आकर्षण धामी नाच
खप्तड दहमा रहेको मन्दिरबाट डोली ल्याएर पाटादेवलमा रहेको खापरमाडौं मन्दिरमा चढाएपछि यो मेलाको विधिवत् सुरुवात हुन्छ मेला भर्नका लागि बझाङलगायत अछाम, बाजुरा र डोटीबाट दर्शनार्थीहरू आउने गर्छन् छान्ना क्षेत्रमा रहेका विभिन्न मठमन्दिरका धामीहरूको सामूहिक धामी नाच यो मेलाको मुख्य आकर्षण हो

सैनडाँडा मेला देउडाका लागि पनि सुदूरपश्चिम प्रदेशमै चर्चित छ छिमेकी जिल्लाहरूबाट आएका महिला पुरुषबीच घमासान देउडा खेलहरू चल्छन् केही वर्ष अघिसम्म यही मेलामा देउडा दोहोरी खेलेर जितहार भएपछि उसैसँग विवाह गर्ने चलन पनि थियो मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्याक्रमको समेत आयोजना गरिएको मेलास्थल रहेको वडा का अध्यक्ष तिलक खड्काले बताए

महाभारत कालमा पाण्डवका पुरोहित धौम्य ऋषिले कुरु क्षेत्रमा भएको गोत्र हत्याको पापमोचन गर्नका लागि खप्तडमा गएर शिव दर्शन गर्न सुझाएको किंवदन्ती छ पापमोचनका लागि खप्तड आएका बेला पाण्डवले खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा रहेको खापरमाडौं आई खापर देवताको पूजा गरेको किंवदन्ती पाण्डवहरूले यहाँ यज्ञमा प्रयोग भएका सामानहरू खप्तडमा रहेको त्रिवेणीमा सेलाएको पाण्डवहरूले ै यो मेलाको सुरुवात गरेको स्थानीयको विश्वास छ

अर्को किंवदन्तीअनुसार पाटादेवलमा रहेको खापरदेवको स्थापना भएपछि १२८० मा जुम्ली महाराज नागराजको छोरा महाराज क्रश्चल र तिनका छोरा अशोक चल्लले राज्य विस्तार गर्न कुमाउ गढवालतिर आक्रमण गर्ने सिलसिलामा खापर देवताको ढुकुटीसमेत लुटेर लगेका रहेछन्

पछि खापर देवताले आफ्नो ढुकुटी लुटेको भन्दै जुम्ली राजाका परिवारलाई दुःख दिन थालेपछि सिजापति राजाले पछुतो गर्दै माफी मागेर लुटेको धनको दोब्बर सम्पत्ति बुझाएको भन्ने कथा पनि यो मेलासँग जोडिएको छ त्यसपछि सिजापति राजा कालीगढसहितको फौजमा खापरमाडौं आएर स्थानीय बासिन्दा भेला गराई लुटेको दोब्बर सम्पत्ति फिर्ता गराएपछि उत्सवमय माहोलमा पूजा गरेका थिए

त्यही बेलादेखि मेलाको सुरुवात भएको भन्ने भनाइ रहेको पाटादेवलका सूर्य थापाले बताए त्यसबेला सिजापति महाराज जितारी मल्लका भाइले खापरमाडौंमा राखेका शिलालेख, ढुंगामा कुँदिएका मूर्तिहरू हालसम्म पनि यथावत् छन्

सैनडाँडा मेला बान्नी चैलती, लेकगाउँको विर्सती र चैनपुरको सिलदेवीपछिको चौथो ठूलो मेलाका रूपमा लिइन्छ पछिल्लो समय यो मेलाले देउडा संस्कृतिको जगेर्ना गर्नका लागि भूमिका खेलेको बझाङको इतिहास तथा संस्कृतिका अध्येता विष्णुभक्त शास्त्री बताउँछन्
प्रकाशित : भाद्र २९, २०७६ १०:४२


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...