Thursday, March 26, 2020

सामाजिक विकृति तथा दुर्व्यसन



र्इश्वर पोखरेल

परिचय ः मानव समुदायका पुराना विकृत मूल्य, मान्यता, परम्परा र अन्ध विश्वास, मानव बेचबिखन वा बन्धकझैँ राखी कामकाज गराउने व्यवहारलाई आधुनिक मानव समाजमा विकृत व्यवहार वा सामाजिक समस्याका रुपमा लिइन्छ । त्यस्तै नेपाली समाजमा आजपनि दाइजो, घुम्टो, छाउपडी, देउकी र झुमा जस्ता प्रथाहरू विद्यमान छन् । तिनलाई अहिलेसम्म पूर्ण रुपमा निमिट्यान्न पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट धेरै प्रयास भएपनि सकारात्मक परिणाम प्राप्त गर्न नसक्दा सामाजिक समस्याका रूपमा रहीरहेका छन् । पछिल्लो समयमा चेलीबेटी, बालबालिकाका ओसारपसारका साथै मानव अङ्ग बेचबिखनको समस्या बिकराल बन्दै गएको छ । छुवाछुत जस्तो अमानवीय चलन र सामाजिक दुव्र्यवहारलाई अन्त गर्न कानुनी र चेतनामूलक प्रयास भइरहेतापनि देशका सबै भूभागमा यो अभियानले सफलता पाउन सकिरहेको छैन र विभेदले जरा गाडेकै छ ।
लैङ्गिक र अपाङ्गताका आधारमा विभेद हुने, बालश्रमको फल खाने, जातीय विभेदलाई महत्व दिने कार्य सामाजिक अपराध र मानवीय भ्रष्टता हुन् भन्ने कानुनी मान्यता भएतापनि सामाजिक चेतनाको अभावमा अन्धविश्वास, रुढिवादी परम्परा, बाल विवाह र महिला हिंसा जस्ता पक्षमा देशभित्रका कतिपय भूगोल क्षेत्रका शिक्षित र समाजका नेतृत्व पंक्तिलाईसमेत विश्वस्त पार्न र जिम्मेवार बनाउन नसकिएको अवस्था छ । यस्ता समस्या उदाहरणका रुपमा प्रशस्त समाजमा पाइन्छन् । समस्याहरू समय र स्थान, भूगोल र जातजातिगत मान्यता अनुसार फरक फरक प्रकृतिका हुने भएपनि अन्यायको मात्रा र पिडा सबै भुक्तभोगीका लागि समान नै हुने गरेको छ । यसर्थ यी समस्या राष्द्रका साझा सवाल हुन् र शैक्षिक क्षेत्रका माध्यमबाट समाधानका रणनीति अपनाउनु जरुरी छ । यो पाठ यसै विषयमा केन्द्रित हुनेछ ।
सामाजिक अपराधका केही उदाहरण ः
ड्ड कुनै पनि उद्देश्यले मानिसको किनबेच वा दवावमा प्रयोग हुने तथा कानुनी प्रावधान विपरीत मानिसको अङ्ग झिक्ने कार्य गर्ने, ड्ड काम अनुसारको पारिश्रमिक नदिएर श्रम शोषण (लैङ्गिक, पेसा, जातजाति वा स्थान विशेष वा अन्य भेदभाव) गर्ने, ड्ड इच्छा विपरितको काम तथा सामाजिक मर्यादाको ख्याल नगरी मानव मूल्यको बेवास्तासाथ वेश्यावृत्तिमा लगाउने, रोजगारी र नयाँ ठाउँ घुमफिर तथा आर्थिक प्रलोभनमा पारी समाजका सोझा तथा आर्थिक समस्यामा परेका जनताहरूलाई ठग्ने, ड्ड श्रम शोषण, यौन शोषण, बँधुवा मजदुर, बाल मजदुर र धर्म सन्तानका रुपमा प्रयोग गर्ने वा बेचविखनमा लैजाने, जस्ता धेरै अपराधिक कार्यहरु भइरहेका छन् ।
मानव बेचविखन तथा अङ्गको चोरी वैदेशिक रोजगारीमा जाने मानिसहरू पनि पछिल्लो समयमा मानव बेचविखन, मानव अङ्ग चोरीका शिकारी हुने गरेका छन् । बाल विवाह, बहु विवाह, बलात्कार आदिबाट पीडित व्यक्तिहरू मानव बेचबिखनका मुख्य सिकार हुने गरेका छन् । न्यून पारिश्रमिक दिई घरेलु कामदार बनाउने, सर्कसमा कार्य गराउने, यौन गतिविधिमा लगाउने, माग्ने कार्यमा महिला तथा बाल बालिकाको प्रयोग गर्ने जस्ता सामाजिक विकृति बढ्दै गएका छन् ।
मानव तस्करहरू तथा  दलालमार्फत रोजगारीको व्यवस्था गर्ने, जागीर लगाइदिने, सहर घुमाउने, वैदेशिक रोजगारीमा पठाउने, मिठो खाने, राम्रो वस्त्र लगाउने जस्ता विभिन्न प्रलोभन देखाई चेलीबेटीलाई फसाउँन क्रियाशील छन्् । तिनीहरुको लक्षित वर्ग विकट क्षेत्रका चेतनाको कमी भएका, अभिभावक विहीनता, पारिवारिक हिंसा र अतिगरिबीका कारण अपहेलित जीवन बाँच्न बाध्य भएका महिलाहरू हुन् । उनलाई प्रेम वा नातको जालमा फसाउँछन् र भारत तथा विश्वबजारका चीन, कोरिया, खाडी मुलुक तथा दक्षिण पूर्वी एसियाली मुलुकहरूमा निर्यात गर्दछन् भन्ने देखिएको छ । यसरी अफ्रिका, युरोप र अमेरिकामासमेत नेपाली महिलाहरू बेचिएका पाइन्छन् । चेलीबेटी बेचबिखन कार्य  गैर कानुनी हुनाले रोकथाम, अपराधिक व्यक्तिलाई कानुनी कारबाही गर्न सरकारी प्रयासको साथै विभिन्न सामुदायिक तथा गैर सरकारी संघसंस्थाहरूको समन्वय र सहकार्य महत्त्वपूर्ण रही आएको छ, तापनि यो अपराध नियन्त्रणमा आएको र निमिट्यान्न भएको छैन । विभिन्न स्वार्थ पूर्ति गर्न परिवारको सहमति वा विमतिमा बालबालिका बिव्रmीवितरण अपराधजन्य कार्य हो भन्ने हुँदा पनि बालबालिकालाई परिवारबाट टाढा पु¥याई जोखिम युक्त, घरेलु, निकृष्ट तथा सर्कसमा काम गर्न लगाउने, अङ्ग झिक्ने, माग्न लगाउने जस्ता कार्यमा लगाउने गरेका पिडादायी समाचार आइरहन्छन् । बालबालिकाको सुरक्षार्थ समुदाय, अभिभावक, परिवार र बालबालिका स्वयम् पनि चनाखो नहुनाले गरिबी, अभिभावकको बेवास्ता, तस्करका गतिविधि, घरको तनाव, महत्वाकाङ्क्षी स्वभावका बाल बालिकाहरू बहकिने  हराउने वा अपहरणमा पर्ने समस्या छ ।
मानव अङ्ग बेचबिखनमा वातावरणीय र खानपान शैलीले हाल विश्वभरमा मिर्गौला फेल हुने समस्या तीव्र गतिमा बढिरहेकोले उक्त घटना घटाउन सहयोग पुगेको पाइन्छ । नेपाल र भारतमा मिर्गौला प्रत्यारोपण गर्ने कार्य अत्याधिक मात्रामा हुने तथा कलेजो, आँखाको कर्निया, फोक्सो जस्ता मानव अङ्गको बेचबिखनले तीव्रता पाउन थालेको अवस्था छ । यही अवस्थामा धनको लोभमा मानवता बिर्सिएर जोखिममा परेका वा पारिएका जनताहरु छन् । यसर्थ अपराधबाट देशका सबै नागरिकलाई जोगाउनु राज्यको दायित्व हो र यस्तो कुकर्मलाई जरैदेखि उखेल्न सहभागी हुनु सबै देशवासीको कर्तव्य र धर्म पनि हो भन्ने देखिन्छ । घरेलु हिंसा र छुवाछुत घरेलु हिंसाको अर्थ सामान्यतया आनीबानी, बोलीवचन, मान मर्यादा, हक अधिकार र आर्थिक पहुँच लगायतका विषयमा घरपरिवारभित्र उठ्ने विवाद र परिवारका कुनै सदस्यमाथि हुने नकारात्मक व्यवहार, दबाब, कुटपिट हो । दाइजो, चल अचल सम्पत्ति लेनदेन,अवैध सम्बन्ध, दुव्र्यसन,गरिबी र अशिक्षा जस्ता कारणले घरेलु हिंसा निम्त्याउँछ ।

घरेल हिंसाका असरहरू
१. व्यक्ति तनाव, मानसिक विचलन, डर र निराश तथा कामप्रतिको उत्साह, जोश र जाँगर नहुने,
२. पारिवारिक बेमल हुने तथा पारिवारिक सम्बन्ध टुट्ने र लागु पदार्थ सेवन, आत्महत्या जस्ता गलत निर्णय लिने,
३. सामाजिक कलह सिर्जना हुने, समाजमा मान, मर्यादा र इज्जतमा कमी आउने,
४. परिवारका जेष्ठ नागरिक तथा बाल बालिकामा नकारात्मक असर पर्ने ।
घरेलु हिंसा नियन्त्रणका उपायहरू
५. चेतना जागरण, सचेतना अभिवृद्धि तथा सबैमा समान व्यवहार गर्ने,
६. सम्पत्तिमा समान स्वामित्व स्थापित तथा पारिवारिक कार्यमा सामूहिक निर्णयलाई महत्व दिने,
७. परिवारका हरेक व्यक्तिका विचारहरूलाई सम्मान गर्ने,
८. सभ्य शिष्ट र अनुशासित भई सामाजिक मर्यादामा बस्ने र कठोर दण्डसजायको पालना गर्ने,
९. कुनै हिंसा भएमा नसह्ने र तुरुन्तै प्रहरी चौकी वा सम्बन्धित निकायमा खबर गरी हिंसा विरुद्ध उत्रिने ।
त्यसरी नै परम्परागत सोचमा आधारित छुवाछुत जस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना जरुरी छ ः
छुवाछुतका असरहरू ः
१०. व्यक्तिमा हिनता बोध र आत्मग्लानि हुँदा सामाजिक सम्मान न्यून हुने,
११. सुविधा र अवसरमा विभेद हुने र सामाजिक विभेद र विग्रहको स्थिति रहने,
१२. सामाजिक द्वन्द्व बढ्ने र आपसी सहयोग र सद्भावको पक्ष कमजोर रहने ।
छुवाछुत समाधानका उपायहरू
१३. चेतना जागरण, शिक्षाको प्रचार प्रसार तथा कडा कानुनी प्रबन्ध र कार्यान्वयन,
१४. सामाजिक सहकार्य, सहयोग र सद्भाव वृद्धिका कार्यव्रmम सञ्चालन,
१५. सामाजिक समावेशिता कायम गरी सकारात्मक विभेदको व्यवस्था गर्न क्षतिपूर्तिसमेत दिने ।

समाजका प्रचलित केही गलत प्रथाहरू
घुम्टो प्रथा विवाहित महिलाहरूले मान्यजन र घरकै पुरुष वा अपरिचित पुरुषका अगाडि जाँदा वा पर्दा आफूलाई सधैँ घुम्टाले अनुहार छोप्नुपर्ने प्रचलन नै घुम्टो प्रथा हो । यो प्रथा नेपालको पूर्वी र मध्य तराईमा बढी प्रचलनमा देखिन्छ । यस्तो अन्धविश्वासी रुढिवादी प्रथाका कारण घुम्टोभित्र लुक्ने महिलाहरूमा व्यक्तित्व विकास र आन्तरिक सक्षमतामा बाधा गर्दछ । घुम्टोका कारण अपवादलाई छाडी भन्नुपर्दा विवाहपश्चात् प्रायः सबै महिलाहरू अगाडि बढ्नै पाउँदैनन् । शिक्षा, सामाजिक जागरण, राजनीतिक र सामाजिक दबाबमार्फत यस्ता कार्यहरूमा सुधार ल्याउन र अनावश्यक घुम्टो प्रथा हटाउनु आवश्यक छ ।
देउकी र झुमा प्रथा  कुनै महारोग लागेमा, छोरा नभएमा वा आफ्नो मनोआकाङ्क्षा पुरा गर्न आफ्नै वा गरिब परिवारका छोरी किनेर मन्दिरमा चढाउने र ती कन्याहरूले मन्दिरमा चढाइएको दानभेटीबाट गुजारा चलाउने सुदूर पश्चिम क्षेत्रमा चलिआएको प्रचलनलाई देउकी प्रथा भनिन्छ ।
नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा समुदायका माइली छोरी तथा माइला छोरालाई झुमा तथा ढावा (लामा) का रुपमा बौद्ध गुम्बाहरूमा सेवा गर्न चढाउने प्रचलनलाई झुमा प्रथा भनिन्छ ।
छाउपडी महिलाहरूले महिनावारी हुँदा घरभन्दा टाढा एकान्त स्थानको छाउ (गोठ) मा बसी कष्टपूर्ण रूपले समय बिताउनुपर्ने सुदूर र मध्य पश्चिमाञ्चल क्षेत्रका केही ग्रामीण क्षेत्रमा प्रचलित सामाजिक नियम छाउपडी प्रथा हो । यो प्रथाबाट ग्रसित महिलाहरू शारीरिक पीडा, सर्पको डसाइ, अपराधीको सिकार र जङ्गली जीवजन्तुको आव्रmमणबाट समेत मृत्यु मुखमा परिरहेका छन् ।
दाइजो विवाहको व्रmममा दुलही पक्षले दुलाहा पक्षलाई राजीखुसी, सहमति, दबाब वा अनुरोधमा प्रदान गर्ने नगद, जिन्सी धन सम्पत्ति र सामग्रीलाई नेपाली समाजमा दाइजो भनिन्छ । दाइजो लिनेदिने चलन प्रत्यक्ष अप्रत्यक्ष कुनै न कुनै रूपमा विगतदेखि नै देशव्यापी चलिआएपनि तोकेर मोलमोलाइ गरेर विवाह गर्ने चलन चाहिँ थिएन । तर हिजोआज यो व्यवहार इज्जत वा प्रतिष्ठासँग जोडी प्रतिस्पर्धा गर्ने सामाजिक समस्याका रुपमा स्थापित हुँदै बिकराल बन्दै छ । यसले सामाजिक सन्तुलन र सद्भावमा बाधा गरेको छ । फलस्वरूप दाइजोको विषयलाई आधार बनाई महिला हिंसा, घरेलु हिंसा, पारिवारिक विखण्डन, आत्महत्या जस्ता घटनाहरू बढिरहेका छन् । दाइजो लिनेदिने चलनले तराई र सहरी क्षेत्रहरू बढी प्रभावित पाइन्छन् । दाइजो दिन नसक्ने परिवारमा छोरीको विवाह हुन कठिन हुने तथा दाइजो नल्याउने बुहारीमाथि पारिवारिक हिंसा बढ्दो स्थितिमा भेटिन्छ । समाज तथा घर परिवारमा हिंसा, बेमेल र अस्थिरता बढाउने दाइजोले गर्दा व्यक्ति, परिवार र समाजको भविष्य अन्योलमा पर्दै गएको छ । यसर्थ हरेक नागरिकले सुसभ्य समाजका लागि सङ्गठित रुपमा दाइजो लिनौँ र दिनौँ भन्ने अठोट गर्नु पर्छ ।

नेपालमा प्रचलित सामाजिक विकृतिहरुका क्षेत्रहरु
विशेष गरी महिला सम्बद्ध ः देहव्यापार, वेश्यावृत्ति, बालविवाह, दाइजो, छाउपडी, घुम्टो,झुमा, बोक्सी, बेलीबेटी तथा बालबालिका ओसारपसार तथा बेचविखन, घरेलु हिँसा, लैङ्गिक दुव्र्यवहार, यौन शोषण, आर्थिक असमानता र विभेद, सम्बन्ध विच्छेद, आदि ।
लैङ्गिक क्षेत्रका साझा विकृतिहरु ः छुवाछुत, अन्धविश्वास, बालश्रम र बालशोषण, धामी झाँक्री ,बोक्सी, मानवबेच बिखन, शोषण, रोजीरोटीको समस्या तथा आर्थिक तथा पदीय दुराचार र भ्रष्टाचार आदि ।
सामाजिक क्षेत्रमा भोग्नुपरेका विकृतिहरु ः
१. बौद्धिक पलायन, विदेश मोह तथा मातृभूमिप्रतिको उदासिनता,
२. देशका लागि मैले के गरेँ भन्नेभन्दा मैले के पाएँ, के पाउँछु र स्वार्थ कसरी पुरा हुन्छ भन्ने मानसिकतामा वृद्धि,
३. देशको गौरवपूर्ण इतिहास, राष्द्रिय स्वाभीमानप्रति उदासिनता र पेट, व्यक्तिगत भौतिक जीवनप्रति एकोहोरिँदो नयाँ पुस्ता,
४. रोजीरोटी मुख्य र देशको बदनामी हुने जेजस्ता सम्झौता पनि स्वीकार्न तयार हुने प्रवृत्तिले गुम्दो स्वाभीमान, भ्रष्टाचार, घुसखोरी, लेनदेन र बिचौलियाप्रवृत्तिलाई सामाजिक मान्यता,
५. भष्टाचार, दुराचार जे गरेर भएपनि धनसम्पत्ति संग्रह गर्नै पर्छ भन्ने संस्कारको वृद्धि,
६. सेवासुविधा प्रदान क्षेत्रमा सार्वजनिक वा निजी जतासुकै आलोपालो प्रवृत्ति हावी,
७. पेसागत आचरण तथा आचारसंहितामा ह्रास,लेनदेन सौदावाजी संस्कृति मौलाउँदो,
८. आर्थिक विभेद, असमानता र छिटो धनी हुने लालसामा सामाजिक विकृतिको फैलावट,
९. चोरी डकैती र अरुलाई दवाउने, हेप्ने र ठुलदाजु बन्न खोज्ने डन संस्कृतिको विकास,
१०. विकास निर्माण र संघसंस्थाहरुको आलोपालो प्रवृत्ति,
११. प्राविधिक क्षेत्रको पेसागत इमान्दारिता र प्रतिवद्धता अभाव र उच्च दुरुपयोगको स्थिति,
१२. सडक यात्रु तथा सवारी चालकहरुबाट गाडी लाइनको पालना नगर्ने, जनताबाट द्राफिक नियम र जेब्राक्रसिङ नियम पालनाको अभाव,
१३. मान्यजन, वृद्धवृद्धा, अपाङ्गता भएका तथा गर्भवती र बच्चासहितका महिलालाई सम्मान नगर्ने तथा यातायात साधनमा सिट नछाड्ने युवायुवतीहरुको बढोत्तरी,
१४. शहर बजार वा एक्लो अवस्थामा जन्मिएका आफ्ना सन्तानलाई ठूलो घर परिवारका सदस्यसित सम्पर्क नगराउँदा असामाजिक प्रवृतिको शिकार हुँदै बालबालिकाहरु,
१५. सार्वजनिक सम्पत्ति, संघ, संस्थाप्रति उपेक्षा गर्ने, सामूहिकताभन्दा व्यक्तिगत लाभ हानिमा खुशी हुन् र घर सफा तर सार्वजनिक बाटो र वातावरण फोहोर गर्ने बानी विकास,
१६. शिक्षा पद्धतिको धनी र गरिबको खाडलले घरपरिवारलाई नदीका दुई तीर बनाउँदा सामाजिक द्धन्द्ध र वैमनस्यता र पारिवारिक सुरक्षामा समेत अविश्वास,
१७. राज्यका कानुनी, मौलिक, सांस्कृतिक तथा धार्मिक श्रद्धावान् मूल्य मान्यतामा ह्रास, आफ्ना बाबु आमासमेत उपेक्षित हुने र वैयक्तिक जीवनका आवश्यकताले  प्रश्रय पाउँदा पारिवारिक संकट गहिरिँदो र वैमनस्यतामा वृद्धि, ड्ड दानशीलता, परानुभूति, सहानुभूति र परोपकारभाव टुट्दो, लुटमार, भ्रष्टाचार र पेटपूजाप्रतिको मोह बढ्दो, यस्ता तमाम विकृतिहरु घरपरिवारमा जतासुकै देख्न पाइने र समाज, देश नै कमजोर हुने अवस्थाले भावी गन्तव्य सुखद वा दुखद भनी चियो चर्चा गर्ने र चिन्ता लिने गरिएको अवस्था छ ।

विकृति नियन्त्रणमा राज्यका प्रयासहरु
राज्यमा केन्द्र, प्रदेश र स्थानीय तीन तहका सरकार छन्, मन्त्रालयहरु छन्, राज्यका ऐनकानुन छन्, सामाजिक सुव्यवस्थापन गर्न प्रशासन छ, प्रहरी छ, संवैधानिक तथा विभिन्न आयोगहरु छन् । समय समयमा विभिन्न आयोग तथा समितिहरु गठन गर्ने र रायसुझाव लिने तथा त्यससम्बद्ध अध्ययन, अनुसन्धान गरी गराई राज्यलाई सुशासनमा हिडाउन तथा जनजीवनलाई व्यवस्थित गर्न राज्यका आन्तरिक र बाह्य विदेशी दातृ निकायका साधनस्रोतहरुसमेत परिचालित हुँदै आएका छन् । नेपाल सरकारलाई सहयोग गर्न अन्तर्राष्द्रिय तहका सामाजिक संघसंस्थाहरु दर्जनौ तथा आन्तरिक रुपमा हजारौँ संख्याका गैरसरकारी संघसंस्थाहरु समाज सुधार र विकासका लागि क्रियाशील पाइन्छन् ।
केही उदाहरण
रेडक्रस, स्काउट, एसओएस, एसियाली विकास बैङ्क, विश्व बैङ्क, युरोपियन युनियन, विश्व खाद्य कार्यव्रm, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यव्रm, डेनिडा, फिनिडा, जेसिज, लियो र लायन्स क्लब जस्ता संस्थाहरूको    क्रियाशीलताले  धेरै सकारात्मक भूमिका खेलेको देखिन्छ । नेपालमा कार्यरत विभिन्न मुलुकका सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरू इन्टरनेसनल नेपाल फेलोसिप जस्ता संस्थाले लागु पदार्थका दुव्र्यसनी युवाहरूलाई दुव्र्यसनबाट मुक्त गराई सहज र सम्मानका साथ नैतिकवान् भई जीवन जिउन सहयोग गर्ने विभिन्न चेतनामूलक कार्यव्रmमहरू सञ्चालन गरिरहेको छ । प्लान नेपाल गरिबीले ग्रस्त नेपाली बाल बालिकाहरूको सुनौलो भविष्य बनाउने ध्येयले बाल बालिकाहरूको चेतना, अधिकार र शिक्षाको प्रवर्धनमा बालबालिकाहरूबिच सहकार्य र सम्पर्क विकास गरी अवसरमा पहुँच विकास गराउन व्रिmयाशील छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत निकायले सबैखाले बालश्रमको उन्मूलन, श्रम कानुन र श्रमनीतिको निर्माण एवम् कार्यान्वयनका साथै श्रमिक हकहितको गतिविधिमा कार्यरत रही नेपालबाट बालश्रमको अन्त्य गर्नका लागि विभिन्न कार्यव्रmमहरू सञ्चालन गर्दछ । रोटरी इन्टरनेसनल अशक्त र विपन्नहरूको सेवामा विभिन्न मुलुकका वरिष्ठ पेसाकर्मीहरूको संलग्नता र सहयोगमा कार्यरत रही सामाजिक विकासका लागि विभिन्न क्षेत्र र संस्थाहरूसँग सहकार्य गदै भौतिक पूर्वाधार विकास तथा नेतृत्व विकासका तालिम सञ्चालन गर्छ । अन्तर्राष्ट्रिय विकासका लागि नर्वेजियन संस्था नेपालका महिलाहरूको हक अधिकारका क्षेत्रमा सव्रिmय छ । मुख्य रूपमा नेपाली विपन्न महिलाहरूका लागि आवश्यक कानुनी सेवा र उपचारमा निःशुल्क कानुनी सेवा उपलब्ध गराउँछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ स्विट्जरल्यान्डको जेनेभाले नेपाल र नेपालीमा व्याप्त गरिबी र अशिक्षाका कारण प्राकृतिक वातावरणमाथि परेको विनाशको दबाब र बढ्दो अवैध कारोबारलाई रोक्न तथा जैविक विविधताको संरक्षण र संर्वधन  केन्द्रित कार्यव्रmम गर्दछ । वन्यजन्तु र वनस्पतिको प्रजाति संरक्षणमा आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँछ । डेनिस अन्तर्राष्ट्रिय विकास नियोग डेनमार्क सरकारको आर्थिक र प्राविधिक लगानीमा नेपालका अपाङ्गहरूको क्षमता विकास र आत्म निर्भरताका लागि सहयोग पु¥याउँछ । तापनि विकृति हटाउन र सामाजिक रुपान्तरण गर्न अझ धेरै काम गर्न बाँकी नै छ भन्ने देखिन्छ ।

यसर्थ शिक्षा, चेतना जागरण कार्यक्रमलाई सङ्गठित सोचमा सञ्चालन, कडा कानुनी प्रबन्ध जस्ता कार्यबाट यस विरुद्धको अभियानलाई सशक्त बनाउन जरुरी छ । मानव अधिकारका विरुद्धका सामाजिक प्रथाहरू देश र समाजका लागि कलङ्क हुन् र जरैदेखि हटाउनुपर्छ । नागरिक चेतना वृद्धि, कडा कानुनी प्रबन्ध र कार्यान्वयन, शिक्षाको पहुँच र अवसरको वृद्धि आदिमार्फत अनुचित सामाजिक व्यवहारलाई निरुत्साहित गर्न सकिन्छ । सामाजिक सचेतना वृद्धि, समान सामाजिक व्यवहार र लैङ्गिक समता कायम गर्न सकेमा विकृत प्रथामा सुधार ल्याउन सकिन्छ । समाजमा रहेका हरेक प्रकारका अन्धविश्वास, सामाजिक विभेद, जानेर होस् वा नजानेर होस् देशलाई सभ्य, शिष्ट र समृद्ध हुन नदिने धमिरा लागेझैँ तमाम विकृतिहरुको अन्त्य गर्न शिक्षाकै माध्यम प्रभावकारी हुन्छ र प्रधानाध्यापकहरु आ– आफ्नो समाजलाई सबल, सकारात्मक पक्षको उदाहरण बनाउन लाग्ने विश्वास गर्न सकिन्छ ।

दुर्व्यसन नियन्त्रण
परिचय ः
कुनै पनि खराब कार्यमा लत बस्नु दुव्र्यसन हो । जुँवा तास, वेश्यावृत्ति, भ्रष्टाचार, अर्कालाई पिडा पुराएर आफू रमाउने वा खुशी हुने जस्ता खराब आचरणलाई पनि दुव्र्यसन अन्तर्गत नै राखिन्छ । तापनि यहाँ दुव्र्यसनको अर्थ  लागू पदार्थ वा लठ्याउने साधन मादक पदार्थ, ध्रुमपान, मद्यपानमा अभ्यस्त वा प्रयोग गरी घरपरिवार र समाज, देशलाईसमेत तहसनहस तुल्याउन जानेर नजानेर उक्त गलत बाटोमा हिडेकाहरु केन्द्रित हुने छ । नसालु वा विकृत अभ्यासबाहेकका अन्य पक्षलाई दुव्र्यसनभन्दा सामाजिक विकृतिमा जोड गरिने छ । तसर्थ यस पाठमा लागू पदार्थहरु आधारभूत रुपमा विष हुन्, यिनको कारोवार, बेचविखन, प्रयोग र समुदाय वा नागरिक समाजमा प्रचलन हुनु हरेक दृष्टिकोणले अस्वीकार्य हुनु पर्छ र अपराधलाई बढावा गर्नु हुन्न भन्नेमा केन्द्रित छ । हो, लागु पदार्थ थोरै सेवन गरिए उत्तेजित तथा आनन्दको भ्रममा पार्ने, धेरै प्रयोग गर्दा शिथिल हुने र कुनै प्रतिक्रिया नजनाउने, मात्रा बढीले बेहोस र अत्यधिक सेवनले सिधैँ ज्यान लिन्छ, यसर्थ यो ज्यानमारा विष नै हो भन्ने गरिन्छ । त्यहीकारण सबै लठ्याउने बस्तुहरु मान्छेका लागि घातक हुन् तर यिनै लागू पदार्थमा निर्भर हुने अवस्था चाहिँ दुव्र्यसनको शिकार हुनु हो । रक्सी, गाँजा, ब्राउन सुगर, चरेस तथा अफिम वा विभिन्न लठ्याउने सुई आदिबाट लिने औषध लागू पदार्थ हुन् र यी आफैँमा कुनै मुख्य र सानोठूलो भन्ने हुँदैन । यस पाठमा समाज दुव्र्यसनको धरापमा छ र मुक्त हुन, गर्न घर, परिवार, विद्यालय, समुदाय र राज्यका भूमिका, दायित्व र जवाफदेहिताबारे प्रकाश पारिने छ ।

दुव्र्यसनका कारण, लक्षण र धरापमा किशोरकिशोरीहरु ः
किशोरकिशोरीहरु बढी विचलित वा अस्थीर भएमा धेरै सोच्ने र उक्त सोचबाट निस्कन बाटो खोजिरहेका हुन्छन् । प्रायशः कक्षा ७ देखि १२ सम्म पढ्ने १२ देखि १९ वर्षभित्रका बालबालिकाहरु घर, परिवार, आफन्तजन, मान्यजन वा शिक्षक वा विद्यालयको नियम र अनुशासनमा बस्दा दिक्क मान्ने र मनमा उब्जेका सबै कुराहरु खुलस्त राख्न सक्ने वातावरण वा मौका पाउँदैनन् वा राख्न सक्दैनन् । यसले उनीहरुको मनभित्र धेरै हुण्डरी चलिरहेको हुन्छ र चिन्ता र छटपटीबाट निस्कन पेन किलर, लठ्याउने वस्तुको सहारा लिन्छन् । फलत ः दिक्कबाट उम्किन गाँजा, पीर तनावबाट मुक्त हुन रक्सीको सेवन गर्दै मात्रा र लागू पदार्थका साधनहरु फेरबदल वा जे पायो,त्यही प्रयोगबाट मानिसको सोच्ने प्रक्रिया र शारीरिक क्रियाकलापमा परिवर्तन आउने गर्दछ, जसलाई दुव्र्यसनको लक्षण भनिन्छ ।
नेपालमा पनि गाउँठाउँ जहाँ सुकै गाँजाका बोटहरु भेटिन्छन् तिनैको दुरुपयोगबाट समाजका होनहार बालबालिकाहरु दुव्र्यसनको फन्दामा पर्दा छन् । सामाजिक प्रचलन भनी कतिपय जातजातिहरुका सदस्यले घर परिवारमा खुलेर घरेलु रक्सी उत्पादन र प्रयोग गर्ने, बच्चाहरुलाईसमेत खान दिने तथा सहरियाहरुले भोजपार्टीका नाममा स–साना बालबालिकाहरुको वास्ता नगरी जथाभावी विभिन्न नामका रक्सीहरु खुला रुपमा राखेर खुवाइरहेका हुन्छन् र त्यसको प्रभाव बच्चाहरुमा परिरहेको हुन्छ । मौका पाउनुसाथ उनीहरु लुकेर खान र आनन्दको भ्रममा रमाउन थाल्छन् । अझ कतिपय सभ्य, शिष्ट र उत्कृष्ट भनिएका धनाढ्यहरुले घरका दराजमा देश विदेशका महङ्गा रक्सीहरु सजाएर राख्ने र प्रयोग गर्ने गर्दा यसको प्रभाव के होला ? भन्नेसम्म विचार गर्दैनन् र अन्तमा घरभित्र लागू पदार्थ भित्रिएको तथा दुव्र्यसनी आफैँ घरमा भित्राएको चालै पाउँदैनन् ।

लागू पदार्थ र अभिभावक शिक्षा ः
अभिभावकहरुमा रक्सी वा लागू पदार्थ के हो ? यसले कसरी मानिसलाई नष्ट गर्छ ? लागू पदार्थ वा दुव्र्यसनबाट आफ्ना सन्तानलाई कसरी सुरक्षा गर्ने ? भन्ने जस्ता सामान्य ज्ञान अभिभावकमा आवश्यक छ । यी निम्नतम वस्तुहरु समाज, प्रकृतिमा जतासुकै उपलब्ध हुनु तर प्रयोग सम्बन्धमा सामान्य वा आधारभूत ज्ञान अभिभावकमा नभएकाले यी वस्तु नै समस्या बन्दै समाजमा विकराल दुर्घटनाका कारण बनेका हुन् । यसर्थ सबै घर परिवार, समुदाय र देशलाई सुखी समृद्धि र शान्तिको बाटोमा हिडाउने दायित्व विद्यालयको हो । प्रधानाध्यापक विद्यालयका अगुवा नेता भएकाले लागू पदार्थ र दुव्र्यसनका दुष्परिणामसित राम्रो जानकार हुनु पर्दछ र आफ्नो विद्यालय, समुदाय, समाज र राष्द्रलाई नै बचाउन कटिवद्ध हुनु पर्दछ ।

लागू पदार्थ यही मात्र हो भन्ने अवस्था छैन, व्यक्तिलाई लठ्याउने र भ्रममा पार्दै अभ्यस्त बनाउने वस्तु नसालु र विषालु दुवै हुन् । यिनले मानिसलाई उत्तेजित्त बनाएर घर परिवार, समाजलाई आतंकित तुल्याउने गर्दछ । धनजन, मान सम्मान र सामाजिक मर्यादा लत्याउँदै जे पायो त्यही सेवन गरी जीवनलाई अस्तव्यस्त बनाएर सेवनकर्तालाई मृत्युमुखमा पु¥याउने गर्दछ । यसर्थ सेवनकर्तालाई मानवबाट दानव बनाएर तथा कठै भन्नेसम्म समाजमा कोही मित्र नहुने तुल्याउने विष नै लागू पदार्थ हुन् भन्न सकिन्छ ।

लागू पदार्थका स्रोतहरु ः  नेपालमा गाँजा र रक्सी अति सहज रुपमा पाइन्छ । त्यसरी नै डाक्टरको सिफारिसमा मात्र बिरामीले प्रयोग गर्ने तोकिएका लठ्याउने चिकित्सकीय लागू औषधिहरुको दुरुपयोगको सम्भावना रहन्छ । जस्तै ः  हेरोइन, कोकिन क्रयाक्स, सुघेर लठिने र लठ्याउने विविध मलम वा पालिस जस्ता वस्तु, एक्सटेसी, किड्नी कोकिन( स्टालिन), क्रिस्टलमेथ र मेथाफेटामाइन्स, एल एस डी, अक्सिकोडोन, जस्ता नाम गरेका दर्जनौँ लागू औषध बजारमा पाइन्छन् । यस्तै लठ्याउने, झम्म पार्ने वा उत्तेजित बनाउने विभिन्न रासायनिक वस्तुको प्रयोगबाट अपराधीहरुले किशोरकिशोरीहरुलाई धरापमा पार्ने गरेका छन् । ती नसालु पदार्थहरु कुनै उपायबाट किशोरकिशोरीहरुका बीचमा पु¥याउने, एक दुई पटक फकाएर, झुक्काएर खुवाउने गरेको अध्ययनले देखाउँछ । ती विषालु औषधीको मात्रा शरीरमा प्रवेश भएपछि घरपरिवार र समाजमा सज्जनताको नाम कमाएको बालकमासमेत दुर्जनता वा कुलक्षणता बढ्दै जान्छ र नसाको लतमा फस्दछ ।

लागू पदार्थ कारोवारीका लक्षित समूह ः  लागू पदार्थका कारोवारीहरु देश, समाज र हरेक घरपरिवारका लागि जघन्य अपराधी हुन् । उनीहरु प्रायः आफैँ दुव्र्यसनी हुन्छन् । उनीहरुको फन्दामा परिसकेपछि उम्किन जो कोहीलाई गाह्रो पर्दछ । प्रायः उनीहरु नयाँ ग्राहक खोज्दा आर्थिक मोटा, देश वा विदेशमा रही धेरै धन कमाउने अभिभावकहरुका सन्तान खोज्दछन् । एउटा छोरा वा छोरी भएका वा दुईसन्तान मात्रलाई पहिलो प्राथमिकता दिन्छन् । त्यसरी नै ठूलो प्रतिक्षा पछि सन्तान जन्माउन सफल वा छोरा पाएकाले धेरै लाडप्यारमा हुर्केका बचाहरु पनि अपराधीका दोस्रो रोजाइमा पर्दछन् । लागू औषध समूहका लागि नयाँ ग्राहक थप्न सक्ने आधार भएका समाजका वा विद्यालयका बालबालिकाहरुलाई खोजी खोजी र रोजी रोजी प्रयोग गर्ने र अन्तमा फसाउँने गर्दछन् । लागू औषध कारोवारी अपराधीहरुले आफ्नै लगानीमा लागू पदार्थका प्रारम्भिक कोर्समा किशोरकिशोरीहरुलाई निःशुल्क अभ्यस्त गराउँछन् र फसाउँछन् भन्ने कुरा अध्ययनले देखाएको छ । दुव्र्यसन तथा लागूऔषध पुनस्र्थापन केन्द्र नार्कोनन् नेपालका संस्थापक तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरको पुस्तकमा यो कुरा स्पष्ट छ । आफै प्रहरी रह्दाका अनुभव र किन मानिसहरु दुव्र्यसनमा फस्छन् भन्ने गहिरो अध्ययन गरी सयौँ लागू पदार्थ दुव्र्यसनीको जीवनलाई पुनः फर्काउन र घरपरिवार तथा समाजमा पुनस्र्थापना गर्न सफल संस्थाका अनुभवलाई मनन गर्दा सबै पक्ष अति सम्बेदनशील हुनुपर्ने देखिन्छ । 

लागू पदार्थको सेवनबाट  किशोरकिशोरी बर्बाद हुने र घरपरिवार ठगिने अवस्था ः दुव्र्यसनमा फसेको व्यक्तिबाट  लागू औषध नियन्त्रण आफैँ गर्ने नभई ऊ लागू औषधबाट नै  नियन्त्रित हुँदै जाने अवस्थामा पुग्छ । तसर्थ लागू औषधको निर्भरतामा पुग्नु दुव्र्यसनको परिचय हो । दुव्र्यसनीहरु घरपरिवारलाई सधैँ ठग्ने, झुट बोल्ने र प्रत्यक्ष नदेखेको कुरामा पनि झुट्टा आरोप लगाउने भनी कसम खाएर विश्वासमा पार्न र बाबु आमालाई झुक्याउन माहिर हुन्छन् । यसर्थ हरेक परिवारका सदस्य वा अभिभावकले लागू पदार्थको प्रयोग, दुरुपयोग वा निर्भरता थाहा पाउनु आवश्यक हुन्छ । तसर्थ घरकै सदस्य भएपनि शंकामा रहेका लागू औषध प्रयोगकर्ताको जीवन गति, पढाइ, कार्य व्यवहार, पारिवारिक जिम्मेवारी बहन, आचरण आदिलाई राम्ररी नियाल्नु पर्दछ । वास्तवमा साँचो कुरा हो, लागू पदार्थ सेवनमा फस्दै गएको व्यक्तिलाई उक्त वस्तु शुरु शुरुमा सहयोगी र फाइदाजनक लाग्ने गर्दछ । यस्तो वस्तुको प्रयोगले रमाइलो र आनन्द दिने लागेतापनि भ्रम हुन्छ, अन्ततः जीवन वर्वाद गर्ने विष रहेछ भन्ने सत्य थाह पाउँदा व्यक्ति पूर्णतः अम्मली भइसकेको हुन्छ । व्यक्ति लहै लहैमा वा उन्मादमा वा अर्कालाई दुख दिन वा त्यसका दुर्गणबारे नजानेर वा साथीभाइको करकापमा परेर वा झुक्याएर लागू औषध जालमा फस्छ, दुव्र्यसनमा फस्ने पनि निम्नलिखित १४ ओटा चरण भएको बसन्त कुँवरले आफ्नो पुस्तक लागू औषधको धरापमा यसरी उल्लेख गरेका छन्,
प्रथम चरण ः व्यक्ति कुनै कारणवश लागू औषध लिन पुग्छ, यो चाख्नु नै दुव्र्यसनको पहिलोचरणको दुनियाँमा प्रवेश गर्नु हो ।
दोस्रो चरण ः दुव्र्यसनमा प्रवेश गरेको व्यक्तिको शरीरको पोषकतत्व नष्ट हुन थाल्छ । लागू औषधको प्रवेशले मानिसको शरीरमा हुने झण्डै १४ प्रकारका पोषक तत्वहरु अर्थात भिटामिन र मिनरलहरु नष्ट हुन थाल्छन् । यसबाट मानिस विभिन्न मानसिक तथा शारीरिक समस्याले घेरिन्छ तर ऊ आनन्दमा भएको भ्रममा हुनु दुव्र्यसनको दोस्रो पाइलो हो ।
तेस्रो चरण ः दुव्र्यसनी शक्तिहीन बन्न पुग्छ र पिडाको समस्यामा पर्छ, लागू औषध शरीरमा रहेसम्म पिडा हुँदैन र पिडारहित हुन निरन्तर लागू औषध लिन बाध्य हुन्छ ।
चौथो चरणः दुव्र्यसनी निद्राको समस्यामा पर्दछ, लागू औषध धेरै लिएमा मात्र लठ्ठिएर निद्रामा पर्छ, निद्राका लागि लागू औषधी लिनेपर्ने बाध्यतामा पुग्नु चौथो चरण हो ।
पाँचौ चरण ः लागू औषधको तलतल लाग्ने समस्याले ग्रस्त हुने र मेटाउनका लागि जसरी पनि लागू औषध खानै पर्ने अवस्था पाँचौ चरण हो ।
छैँठौँ चरण ः दुव्र्यसनीलाई लागू औषध किन्न हरेक दिन पैसाको आवश्यकता पर्छ र पैसाले थप दुव्र्यसनी बन्न सहयोग गर्छ, जसरी पनि जुनसुकै उपायबाट पनि पैसा लिने र सबै लागू पदार्थमा खर्च गर्ने, लावारिस खालको जीवन शुरु हुनु छैँठौँ चरण हो ।
सातौँ चरण ः पैसाका लागि ऊ अनैतिक हुँदै जान्छ र दुव्र्यसनी हुन थप बल पुग्छ, पैसाका लागि गरिने अनैतिक कार्यहरुः
आफूँसंग भएको पैसा सिद्धाउने, माग्ने, ढाँट्ने, ठग्ने, चोर्ने,लुट्ने, बगली मार्ने पाकेट मार हुने, पैसा लिएर जस्तोसुकै अपराध गर्न तयार हुने, आफैँ लागू पदार्थको कारोवार गर्ने, घर परिवार, आफन्त कहाँ पुगेर भावानात्मक ब्ल्याकमेलिङ गर्ने ( जे पनि घटना घटाउने वा धम्काउने वा रुने कराउने, आत्महत्या गर्छू भनी धम्काउने वा बिलेड आदि हतियार लिएर शरीरका भाग काट्ने , दोष लगाएर आफू सही भएपनि, सुध्रिन खोजे पनि साथ नपाएकोले यस्तो भएको आदि आदि) र होस्त एकपटक भनी सबैले ऊबाट छुटकारा पाउन सहयोग गर्ने) आफूले भनेको नभए धनसम्पत्तिको क्षति गर्ने, आदि कार्य सातौँ चरणमा हुन सक्छन् ।
(
सबै खालको व्यवहार एउटै व्यक्तिबाट हुन्छ भन्ने होइन तर प्रायः सबै दुव्र्यसनीमा पाइने कुृनै न कुनै लक्षण चाहिँ यी हुन् भन्ने बुझ्नु पर्दछ ) ।
आठौँ चरण ः आत्मसम्मानमा गिरावट आई सामना गर्ने खुबीमा ह्रास आउँछ, आफूले गल्ती गरेकोमा भित्रभित्रै डर भएपनि दुव्र्यसन मुख्य भएकाले सबैसंग रिसाउने, पैसा नदिने र लागू पदार्थ हानिकारक भनी सम्झाउनेहरु शत्रु नै हुने, कसैसंँग आखा जुधाएर कुरा नगर्ने, संवाद गर्न नचाह्ने, एक्लै बस्न खोज्ने र मनलाग्दो गर्न नपाएमा वितण्डा मच्चाउने हुँदा आत्मबल गिरेको अवस्था आठौँ चरण हो ।
नवौँ चरण ः असफलता नै असफलताबाट घेरिई पिडा बिर्सन लागू पदार्थको शरणमा पर्नु, शरीर लठ्ठिएको, राम्ररी नहिड्ने, दुर्घटनामा पर्ने, घाउ चोटपटक लाग्ने, शरीर फोहोरी, अनाकर्षक, दुब्लो र रोगग्रस्त भएको अवस्था नवौँ चरण हो । लक्षणहरु लागू पदार्थको सेवनले घटना घट्दाका पिडा अनुभव गर्न नसक्नाले असफलता निम्तिन्छ । लठ्ठिएको चेतनाले कुनै कुराको अनुभूति गर्न सक्दैन र व्यक्ति झनै असफल हुन्छ । आफ्नो जिम्मेवारी पूरा गर्न वा निर्णय गर्न नसक्नाले असफलता हात लाग्छ र चिन्ताले झनै दुव्र्यसनी बनाउँछ । आफू निष्कर्षमा पुग्न नसक्नाले थप असफलता निम्त्याउँछ र थप चिन्ता वा आत्मगलानीले झनै दुव्र्यसनी बनाउँछ । जब शरीर पूर्ण रुपमा लठ्ठिन्छ तब सबै कुराको कुनै चेतना नै हुँदैन ।
दशौँ चरण ः खराब संगतले दुव्र्यसनी चाहेरपनि लागूपदार्थको धरापबाट बाहिर निस्कन असमर्थ हुँदाका समस्याहरु हुन् ।
एघारौँ चरण ः नैतिकताको कमीले हुने अविश्वासका कारण ऊ झन् दुव्र्यसनी बन्न पुग्छ । (कारण राज्यका कानुन र सामाजिक तथा पारिवारिक मूल्य मान्यताको पालना हुँदैन र सबैको हाँसोको पात्र बन्दछ) 
बाह्रौँ चरण ः व्यवस्थापन क्षमताको अभावका कारण जीवनस्तर खस्किन गई झन् दुव्र्यसनी बन्न पुग्छ । (कारण असफलताले आत्तिने र समाधान लागू औषध ठान्ने अवस्था बन्दछ) 
तेह्रौँ चरण ः दुव्र्यसनी कुनै पनि अवस्थामा खुशी हुनै सक्दैन । (फलतः अचेतन अवस्थामा रह्नका लागि लागू पदार्थ लिइराख्दछ र भ्रममा बाँचिरहन्छ ) ।
चौधौँ चरण ः सहाराविहीन हुन पुगी एकमात्र सहारा लागू औषधलाई मानी झनै दुव्र्यसनको कुचक्रमा पर्दछ । (त्यसलाई नछाडीकन जीवन त्याग गर्न तयार हुन्छ ) 
यसर्थ कुनै पनि व्यक्तिमा दुव्र्यसनको अवस्था एकै दिन र एकै पटकमा नआइ चरण चरणमा बिस्तारै बिस्तारै आउने गर्दछ । तसर्थ यो खतरनाक वस्तु भएकाले कुनै पनि लठ्याउने, झम्म पार्ने, उत्तेजित गराउने र शिथिल बनाएर  धराप पार्ने वस्तुबाट आफू, आफ्ना र समाजलाई बचाउने दायित्व सबै नागरिकमा हुनु पर्दछ । यस विषयमा विद्यालयका सबै शिक्षक तथा प्रधानाध्यापकहरु बढी सम्बेदनशील हुनु आवश्यक छ । हजारौँ विद्यार्थीहरुलाई सही दिशामा हिडाउँन लागू पदार्थका लक्षणसित परिचित हुनै पर्दछ ।
लागू पदार्थको धरापमा परेकोलाई कसरी चिन्ने त ? केही लक्षणहरु
शारीरिक लक्षण
शरीर दुखेको गुनासो गरिरह्ने, शरीर तथा बोली लरबरिने, हाच्छूय वा हाइ हाइ बढी गर्ने वा नाकबाट पानी झार्ने, दुब्लाउने, शरीरमा चमक नभएको, ओठ सुख्खा देखिने, आदि ।
व्यावहारिक लक्षण
पारिवारिक भेला वा संस्कारमा भाग नलिने, सकभर मान्छेको अगाडि पर्न नचाह्ने र एक्लै बस्न खोज्ने, बोली व्यवहारमा रुखोपन हुने वा अपशब्दको प्रयोग गर्ने, आँखा जुधाएर कुरा नगर्ने र निहुँरिएर हिड्ने, कुनै जिम्मेवारी नलिने वा तर्किएर हिड्ने र काम नपाएको गुनासो गरी आफूलाई सध्य हुँ भन्ने पार्न खोज्नेआफूले अरुबाट सहयोगको चाह्ना राख्ने तर आफूले कसैलाई वास्ता नगर्ने, ठूला ठूला कुरा गर्ने तर काम कुनै नगर्ने वा बीचमै छाड्ने, पैसा मागेपछि एकोहोरो जिद्दी गर्ने, पैसाका लागि झुटो बोल्ने, ठगी गर्ने, लुटपाट गर्ने, व्यावसायिक तथा पारिवारिक सम्बन्धी कहाँ पुगी झुट बोलेर पैसा लिने, ठग्ने हाकाहाकी चोर्ने तर सोच्दै नसोचेको कसम खाने, जोसंग पनि पैसा माग्न पछाडि नपर्ने, देश वा विदेशमा भएका आफन्तसंग बहाना बनाएर पैसा झिकाउने र दुरुपयोग गर्ने, मागेको वा भनेको वस्तु वा पैसा नपाएमा घर त्याग्ने, मर्ने वा यस्तै धम्काउने तथा लागू पदार्थको बारेमा घरपरिवारका कुनै सदस्यले थाह पाएको चाल पाएमा अन्तिमपटक हो, माफ गर्नुहोस्, कसैलाई नभननु होस्, अब म सुध्रिन्छु भनी कमस खाने, झुक्याउने गर्दछन् । साथीलाई पैसा तिर्न छ तिरिदिएमा अब कहिल्यै खान भनी छल्ने, विना पैसा कुनै काम गर्दिन, पैसा दिए वा मसंग भए पढ्छु, विद्यालय, कलेज जान्छु, आदि जस्ता व्यवहार गर्ने लागू औषध सेवनकर्ताका लक्षण हुन् । यो अवस्था देखिएमा तुरुन्त नियन्त्रण र व्यवस्थापनको उपायमा जानु पर्दछ ।

लागू पदार्थका दुष्परिणाम र सामाजिक दायित्व ः
यस्ता धेरै कारणबाट समाजका होनहार बालबालिकाहरु जीवन वर्वाद गरिरहेछन् भने तिनका आमा बाबु ज्यूँदै मरेसरहको जीवन बाँच्न बाध्य छन् । रोग लागेपछि देशमा दर्जनौँ संख्याका दुव्र्यसन, लागू औषध उपचार तथा पुनस्र्थापना केन्द्र छन् । यी तर सर्वसाधारणको पहुँचभन्दा धेरै बाहिर छन् । यसको उपचार धेरै मह्गौँ छ । राज्य तहबाटभन्दा व्यक्तिगत, निजी प्रयासमा पुनस्र्थापना कार्य, त्यसमा पनि आफै पूर्व दुव्र्यसनमा फसेका र पुनर्जीवन पाएकाहरुले सामाजिक दायित्वका दृष्टि र आफ्नो पनि जीवन स्थापना गर्न सहज भएकाले तिनै पिडामा रहेकाहरु सञ्चालक र प्रशिक्षक भई खोलिएका संस्थाहरु यस कार्यम बढी प्रभावकारी देखिन्छन् । यस विषयमा धेरै पक्ष सक्रिय हुनु र पेसा, व्यवसाय र कमाउधन्दा भन्दा राज्यप्रतिको दायित्व मुख्य हुनु आवश्यक छ । यसर्थ सबैले सामाजिक विकृतिभित्रको यो दुव्र्यसनको धरापबाट मुलुकलाई बचाउन विद्यालयहरु आफ्ना अभिभावकहरुलाई सचेत पार्न तयार हुनु आवश्यक छ भने रोजगारी, व्यस्त जीवन र अध्यात्मिकताको ज्ञान, योग अभ्यास तथा जीवनलाई बुझ्ने शिक्षा पद्धतिलाई विद्यालयहरुमा प्रवेश गराउनु अति जरुरी छ ।

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...