Thursday, March 12, 2020

सन्थाल बस्तीमा ‘सोरहाई पर्व’


सन्थाल बस्तीमा ‘सोरहाई पर्व’
पाँच दिनसम्म मनाइने यो पर्वमा मीठा–मीठा परिकार खाने, नाच–गान गर्ने, माछा मार्ने, सिकार खेल्ने परम्परा छ 
फाल्गुन ११, २०७६अर्जुन राजवंशी
(बिर्तामोड) — कचनकवल गाउँपालिका–१ घेराबारीकी माया हेमरम तीन छोराछोरीसहित मंगलबार दिदी–भिनाजुको घर बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा आएकी थिइन् बुबाआमा नभएकाले माइती गाउँमा रहेकी ठूली दिदीको घरमा ‘सोरहाई’ पर्व मनाउन माया भागुडुब्बा आएकी हुन्
पाँच दिनसम्म बसेर दिदी घरमा सोरहाई पर्व मनाईसकेपछि उनी शनिबार घर फर्किएकी छन् भागुडुब्बाका सन्थाल जातिले गत मंगलबारदेखि शनिबारसम्म मीठा–मीठा परिकार खाने, नाच–गान गर्ने, माछा मार्ने, सिकार खेल्न गएर महान चाड ‘सोरहाई’ पर्व मनाएका छन् सन्थाल जातिको सोरहाई पर्व नेपाली नारीहरूको महान चाड हरितालिका तीज जस्तै भएको भागुडुब्बा सन्थाल बस्तीका माझीहाडाम (गाउँका मुखिया) सुनिल किस्कुले बताए
यो पर्वमा छोरी चेलीलाई बोलाएर पाँच दिनसम्म मीठो–मसिनो खुवाउने तथा रमाइलो गर्ने चलन रहेको उनले बताए ‘तीजमा छोरी चेलीहरू माइत गएजस्तै हो, हाम्रो जातिको सोरहाई पर्व सबैले आआफ्ना छोरी चेलीलाई बोलाउछन् मीठा–मीठा खुवाउने, दुःखसुखको कुरा गर्ने, सबै संगै भएर नाचगान गर्ने चलन छ,’ उनले भने।जिल्लामा सन्थाल बस्तीहरू पातलिदै गएको सन्थाल जातिको जनसंख्या घटेसंगै सोरहाई पर्वको रमाइलो पनि घटेर गएको कनकाई नगरपालिकाका भगन टुडुले बताए ‘पहिला जस्तो रमझम कहाँ , अहिलेका पर्वहरूमा’ उनले भने परम्परागत पर्व भएकाले सबैले मान्ने गरेको उनी बताउछन् साँस्कृतिक महत्वको पर्व भएपनि संस्कार धान्न गाह्रो हुँदै गएको माझीहाडाम किस्कुले बताए

यो पर्वमा गाउँका पुरुष, महिला, युवायुवती सबै माछा मार्न जानुपर्ने चलन छ पर्वको एक दिन पानीमा भिजेर माछा मार्नैपर्छ, यो अनिवार्यजस्तै चलन हो’ उनले भने,‘तर, अहिले कुनै कुनै बस्तीमा मात्र सामूहिक माछा मर्ने चलन छ अन्यत्र यो संस्कार नै मासिएर गयो।’ पर्वको अन्तिम िन नजिकैको जंगलमा गएर सामूहिक सिकार गर्ने चलन पनि रहेको समय हेमरमले बताए

तर, सरकारले हतियारसहित जंगल प्रवेशमा निषेध गरेकाले सिकार खेल्ने आफूहरूको संस्कार संकटमा परेको उनको गुनासो छ ‘हाम्रो संस्कार नै सामूहिक माछा मार्न जानुपर्ने, जंगलमा सिकार खेल्न जानुपर्ने हो तर, सरकारले जंगलमा सिकार खेल्न रोक लगाएको छ’ उनले भने,‘कानूनी अड्चनका कारण संस्कार जोगाउन गाह्रो भइरहेको छ।’ जंगलमा सिकार खेल्न जाँदा सन्थाल जातिले तीर–धनुष प्रयोग गर्छन्

परम्परागत रुपमा पर्व मनाउन नपाउदा सोरहाई बारे नयाँ पुस्ता अनविज्ञ हुदै गएको प्रकास सोरेनले बताए ‘यो पर्वमा जंगलमा सिकार खेल्न जानैपर्छ सिकार खेलेर पर्किएपछि घरपरिकारका सबैको रक्षाका लागि राक्षसको प्रतिमा बनाई त्यसलाई तीरले ढाल्नुपर्ने परम्परा छ’ उनले भने,‘यति गरेपछि मात्र सोरहाई पर्व औपचारिक रुपमा समापन हुन्छ।’प्रकाशित : फाल्गुन ११, २०७६ ०८:५९


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...