Thursday, March 12, 2020

आलु र कोदोले बाँधेको सम्बन्ध


आलु र कोदोले बाँधेको सम्बन्ध
२०७६ फाल्गुण १७ शनिबार ०९:१३:००
माघको महिना, वरिपरिका डाँडामा सेताम्मे हिउँ, वरपर घनाजंगल र बीचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी वरिपरि नीलो–पहेलो रंगका पालहरू टाँगिएका थिए तलतिर याङ्मा खोला छङछङ बगिरहेको आवाज सुनिन्थ्यो पालको बाहिर चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटेहरू तमोरखोलाबाट माथि आउने लिम्बूहरूको बाटो हेरिरहेका थिए 
ढाक्रा बोकेर एक हुल लिम्बू जब आइपुगे, भोटेका केटाकेटी ‘रोङ्बा लेप्सो, रोङ्बा लेप्सो’ (लिम्बूहरू आयो, लिम्बूहरू आयो) भन्दै चिच्याए बयस्क भोटेहरू हतार–हतार लिम्बूहरू इरहेको बाटोतिर कुदे लिम्बूलाई तानेर आ–आफ्नो पालमा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो
मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जीविकोपार्जनका लागि अभिन्न अंगका रूपमा रहेको पाइन्छ सामान्य अर्थमा वस्तु विनिमय दुई वा दुईभन्दा धेरै मानव समूह बीच विनामुद्राको प्रयोग गरिने वस्तुको सट्टापट्टा गर्ने चलन हो  विशेष गरी ढुंगेयुग, सिकार खेल्ने र ओडारमा बस्ने कालदेखि स्थायी बसोवास हुँदै आजको आधुनिक युगसम्म आइपुग्दा वस्तु विनिमयको महत्व थियो
वस्तु विनिमय सर्वप्रथम प्राचिन ग्रिक सभ्यताको मेसोपोटमियाका ट्राइबहरूले गरेका थिए त्यसलाई पछ्याउँदै फोइनिसियनहरूले अवलम्बन गरेको इतिहास भेटिन्छ मध्ययुगतिर आएर युरोपियन विश्व भ्रमणको सिलसिलामा हस्तकला सामग्री जनावरको भुत्लासँग रेशम अत्तरको विनिमय गरेको पाइन्छ सन् १९३० को ग्रेट डिप्रेसनका वेला पनि मुद्राको अभाव भएका कारण वस्तु विनिमय निकै महत्वपूर्ण रहेको थियो भन्ने तथ्य पाइन्छ।दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना भयो यसले नगद अर्थतन्त्र, मुद्राको व्यापक प्रयोग र बढ्दो बजारीकरण भयो बिस्तारै परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन गर्दै गयो 
नेपालकोमा सन् १९५० पूर्व विशेष गरी हिमाली जिल्लाका गाउँका बासिन्दाले तिब्बतबाट नुन ल्याई त्यही नुन मध्यपहाड तथा खसान क्षेत्रमा ल्याएर वस्तु विनिमय गर्ने गर्थे उच्च हिमाली भू–भागमा यथेष्ट अन्न उब्जाउ नहुने त्यहाँका मानिसले याक, घोडा र जोपामा नुन बोकेर बेँसी झर्ने र बेँसीमा धान, चामल, कोदो, मकै, दाल, फापरसँग सट्टापट्टा गर्नु त्यसताकाको अर्थतन्त्रको अभिन्न अंग थियो भन्ने कुरा मानवशास्त्री जेम्स फिसरले (१९६८) तराली मगरबारे गरेको अध्ययनमा उल्लेख गरेका छन् 
पछि फेरि जनवादी गणतन्त्र चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएपछि भारतीय देशी नुनको बजार विस्तार भयो यसले हिमाली भूभागको नुन अन्नको वस्तु विनिमय बिस्तारै ओझेलमा पर्दै गयो अर्कोतिर नेपालमा ०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना, नेपाली मुुद्राको चलनचल्ती बढाउने ऐन, ०१४ आएपछि नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो यसलाई ०१७ वैशाख गतेबाट देशका प्रमुख भागमा लागू गरियो त्यसले नेपालको परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन गर्दै गएको देखिन्छ 
नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने पहाडी जनजाति लिम्बू र हिमाली जनजाति भोटेबीच कोदो र आलुको वस्तु विनिमय जीवित नै छ ताप्लेजुङको माथिल्लो भूभाग घुन्सा याङ्मामा आलुबाहेक अन्य अन्न उत्पादन हुँदैन आलुको उब्जनी निकै राम्रो हुने हुँदा आफूले खानुबाहेक कोदोसित साट्न तल झार्ने चलन रहेछ याङ्मा घुन्साको आलु ताप्लेजुङ क्षेत्रमै निकै प्रख्यात मानिँदोरहेछ
याङ्माको आलु विशेष गरी खानका लागि मीठो र स्वादिलो हुने र बिउका लागि पनि देशी आलुभन्दा बढी उत्पादन हुने लिम्बूहरूको बुझाइ छ प्रत्येक वर्ष माघदेखि फागुनसम्म आलु कोदोको सट्टापट्टा हुने गर्छ २८ पुसदेखि १८ माघसम्मको यसपालिको पूर्वी नेपाल भ्रमणले वस्तु विनिमयलाई नजिकैबाट हेर्ने मौका मिल्यो मित्र दिलविक्रम आङ्देम्बे ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै तमोर खोलाको किनारै–किनार तापेथोक पुग्यौँ उनीहरू चेनेमा आलु कोदो साटासाट गरिरहेको देख्यौं 
माघ महिनाको सुरुवातसँगै माथि याङ्माबाट याङ्माली भोटेहरू भिर, पाखा, जंगल छिचोल्दै, याङ्मा खोलालाई पछ्याउँदै याकको लावालस्करसहित एक दिनको पैदल यात्रा गरेर चेने आउँदा रहेछन् त्यस्तै, तल तमोर खोलाका लिम्बूहरू धोक्रोमा कोदो बोकेर तमोर खोलालाई पछ्याउँदै, ४/५ दिनका लागि आवश्यक पर्ने खानपानको बन्दोबस्ती गरेर दुई, तीन दिनको पैदल यात्रा गरेर चेने पुग्दा रहेछन्
दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना भयो । यसले नगद अर्थतन्त्र, मुद्राको व्यापक प्रयोग र बढ्दो बजारीकरण भयो । बिस्तारै परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन गर्दै गयो । 
चेने करिब समुद्री सतहदेखि ३१ सय मिटरको उचाइमा छ याङ्मा खोलाको गल्छी वरिपरी घना जंगलले ढाकेको ठाउँ नजिकै पाल टाँगेर बस्दा रहेछन् याङ्मामा रहेका ११ घरधुरीले तमोरखोलाका करिब चार, पाँच सय घरधुरी भएका लिम्बूका लागि आलु परिपूर्ति गरेको जानकारी पायौँ आलु कोदो ाट्दा दुई गुना अर्थात् एक पाथी कोदो बराबर दुई पाथी आलु साँटिदो रहेछ याङ्मा समुद्री सतहदेखि करिब ३५ सय मिटरमाथि भएको हुँदा आलुबाहेक अन्य अन्न उत्पादन हुँदैन
याङ्मामा विशेष गरी सालाखालामा एक घर बराबर ४०/५० मुरी आलु उत्पादन हुँदो रहेछ जसमध्ये १० मुरी आलु घर खर्च बिउका लागि छुट्याएर राखिँदोरहेछ बाँकी आलु कोदोसँग सट्टापट्टा गरिँदो रहेछ याङ्मालीले चामल, मैदा अनि सातुलगायत अन्य खाद्यान्न भने वर्षायाममा तिब्बतबाटै ल्याउँदारहेछन् याङ्मालीहरू कोदो दुईवटा प्रयोजनका लागि साट्दा हरेछन् एक जाडोसँग अनुकूलन हुन तोङ्बा बनाएर खानका लागि अर्को याङ्मालीहरूको मुख्य पेसा पशुपालन भएकोले हिउँदमा घाँसको अभाव हुँदा वस्तुभाउलाई खोले बनाएर खुवाउनका लागि 
याङ्मागाउँ ओलाङ्चुङ गोलाबाट दुई दिन पैदलमा छ घुन्साबाट पनि यहाँ पुग्न दुई दिन लाग्छ तल तमोर खोलाका गाउँबाट पनि दुई दिन लाग्ने हुँदा याङ्मालीहरूको वैवाहिक सम्बन्ध प्रायजसो तिब्बततिरबाट हुँदो रहेछ जसरी मानवशास्त्री जेम्स फिसरले, टिछुरोङ क्षेत्रको तराली मगरले वस्तुको विनिमयसँगै भाषा र संस्कृतिको पनि विनिमय हुन्छ भने तापनि याङ्माली र लिम्बूहरूको सवालमा भने सम्पर्क भाषाको विनिमय नभएको देखिन्छ एक–अर्काको भाषा नजानेकाले इसाराले विनिमय गरेको पाइन्छ 
मानवशास्त्रीय दृष्टिकोणमा वस्तु विनिमय एकदमै महत्वपूर्ण देखिन्छ मानवशास्त्री लेभी स्ट्रसले भनेका छन् कि ‘मानव सम्बन्ध विशेष गरी दुईवटा विनिमयबाट बन्ने गर्दछ एक, वैवाहिक साइनो सम्बन्ध र अर्को वस्तुको विनिमय वस्तुको विनिमयसँगै मानिसको सम्बन्ध स्थापित हुँदै जाने गर्दछन् मितेरी साइनो, इष्टजस्ता सम्बन्ध वस्तु प्रवाह वा विनिमयबाट बन्छन् भनेका छन्
याङ्माली आलु र लिम्बूहरूको कोदोको विनिमयसँगै याङ्मालीहरू र तमोर खोलाका लिम्बूहरूको बीच वैवाहिक सम्बन्ध नभए पनि मितेरी सम्बन्ध भने छ मानवशास्त्री जनक राई (हराउँदै मितेरी साइनो आलेख) मितेरी साइनो असुरक्षाबाट बच्ने महत्वपूर्ण सामाजिक पुँजी भन्छन् मितेरी साइनोसँग अन्तर्निहित भएको मोरल इकोनोमी (नैतिक अर्थशास्त्र), धार्मिकता, कुटुम्बता र पारस्परिकता, जातीय र वर्गीय घेराबन्दीभित्र पनि नातागोता बनाउन सक्ने क्षमता राख्छ यसकारण नै मितप्रथाले व्यापकता पाएको हुनुपर्छ
अर्कोतिर यसको व्यापकताका लागि मितेरी सम्बन्धसँग गाँसिएको अर्थ राजनीति पनि उत्तिकै महत्वपूर्ण हुने तर्क गरिन्छ याङ्माली तमोरखोलाका लिम्बूहरूको सवालमा पनि मितेरी साइनो हुनेहरू बीच आलु कोदोको विनिमय मात्र नभएर नासो लिने दिने प्रचलन पनि तल तमोर खोलाका लिम्बूहरूले कोसेलीस्वरूप ‘किनेमा’ लिने र माथि याङ्मालीहरूले विशेष स्वागत–सत्कार गर्दा रहेछन् 
यदि यङ्मामा आलु नहुँदो हो त लिम्बूहरू चेनेमा जाने थिएनन् लिम्बूहरूको कोदो नहुँदो हो  याङ्मालीहरू चेने आउँदैनथे याङ्माली लिम्बूहरूको आलु कोदोको विनिमय प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन मिति छैन परापूर्वकालदेखि चलिआएको भन्ने उनीहरूको भनाइ  त्यस्तै, ताप्लेजुङको तमोरखोलाका लिम्बूहरू र उपल्लो ताप्लेजुङका याङ्माली र घुन्साका वालुङहरूबीचको सम्बन्धलाई आलु र कोदोले बाँधेको पाइन्छ यी समुदायबीचको आलु कोदोको विनिमयले दुवै समुदायको आवश्यकता परिपूर्ति गरेको देखिन्छ 
याङ्माली आलु र लिम्बूहरूको कोदोको विनिमयमा ती वस्तुभित्र अन्तर्निहित दुवै समूहको श्रमको सट्टापट्टा पनि हो आलु कोदो वस्तु मात्र होइन एक–अर्काको श्रमको लागत पनि हो दुवै समूहले आ–आफ्नो श्रम पसिना बगाएर आलु र कोदो उत्पादन गरेका हुन्छन् त्यही उत्पादनलाई बिचौलियामार्फत नभई आफँै आ–आफ्ना वस्तुको विनिमय उनीहरू गर्छन् नगद बजारविना कसरी एउटा समुदायको आवश्यकता अर्को समुदायले परिपूर्ति गर्दै मानवीय सम्बन्ध स्थापित हुँदोरहेछ भन्ने गतिलो उदाहरण यसलाई मान्न सकिन्छ


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...