Saturday, June 22, 2019

ग्यालरीमा मगर नृत्य


ग्यालरीमा मगर नृत्य
आश्विन २१, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — राजधानीमा जन्मे हुर्केका चित्रकार सुनील रञ्जितले धौलागिरि क्षेत्रमा प्रचलित पुन मगर समुदायको लोकनृत्य आँखाभरि सजाएका छन् उनले बनाएका चित्रहरूमा पुन मगर समुदायका पुख्र्यौली नृत्यको प्रत्यक्ष महसुस गर्न सकिन्छ
यी गिदाङ्गे हुन्,’ चित्रको पछिल्लो भागमा किरमिरे छाया औंल्याउँदै सुनीलले भने, ‘मगर भाषामा कोरस गाउनेलाई गिदाङ्गे भन्दा रहेछन्।’

झन्डै एक वर्षअघि सुनील पोखरा घुम्न गएका थिए त्यति बेला उनले राष्ट्रियसभा गृहमा पुन मगर सुमदायले देखाएको पुख्र्यौली नृत्य हेर्ने मौका पाए अमूर्त कला सबैले बनाउँछन् सुनीलका
अनुसार त्यसभित्र आत्मीयता अनुभूति गराउन निकै कठिन हुन्छ आफ्नो ३५ वर्षको चित्रकला अनुभवमा उनलाई यस्तै लागिरहेको थियो पुन मगर समुदायको पुख्र्यार्ैली नृत्य उनको लागि रोचक महत्त्वपूर्ण बनेछ त्यसपछि चार महिना लगाएर उनले थुप्रै पुर्खाली नृत्यका आकृतिलाई डिस्ट्रोयड फर्ममा उतारे उनका ती चित्रहरूको कालिकास्थानस्थित सर्वनाम ग्यालरीमा ‘पुख्र्यौली नृत्य’ शीर्षकमा प्रर्दशनी भइरहेको

बिहीबार उनको चित्रकला प्रदर्शनी उद्घाटन हँुदै गर्दा सँगै म्याग्दीमा प्रचलित पुन समुदायको पुख्र्यौली नाचसमेत प्रत्यक्ष देखाइएको थियो नृत्य हेर्दै जाँदा क्यानभासमा दुरुस्तै कपी भएजस्तो अनुभूति हुन्थ्यो ‘चित्रकलामा गीतको भाव उतार्नचाहिँ सकिनँ,’ चित्रकार अनिलले भने, ‘अरू त सबै समेटेको छु।’ तैलीय रंगको माध्यममा बनेका १९ चित्रहरू ग्यालरीमा प्रदर्शनरत छन्
सुनीलले प्राय: नृत्य फर्म र मुभमेन्ट केन्द्रित भएर चित्र कोरेका छन् आकृतिहरू हेर्दा हेर्दै नाचिरहेको महसुस हुन्छ त्यस्तै, पुन मगर समुदायले लगाउने भेषभूषा र पहिरनको रंगमा सुनीलले कलाको संयोजन पस्किने जर्मको गरेका छन् रातो, सेतो र कालो रंगको प्रभाव बढी देखिन्छ घलेक, कछाड र गुन्यूचोली पहिरनका आकृतिहरू सांस्कृतिक प्रभावका छन्

रमाइलो के भने चित्रमा बूढाबूढी, तन्नेरीदेखि किशोरकिशोरीको उमेर अनुसारको हाउभाउ उनले प्रस्टसँग उतारेका छन् प्रत्यक्ष अनुभूति गरेर चित्र बनाउँदा चित्रमा जीवन्तता उत्रिने सुनीललेको अनुभव छ विभिन्न समुदायको अमूर्त सम्पदा हराउँदै गएकोमा उनलाई उनको चिन्ता पनि राजधानी केन्द्रित संस्कृतिको धेरै प्रचारप्रसार भए पनि देशका अन्य समुदायको सांस्कृतिक सौन्दर्य हराउँदै गएकोप्रति सुनीलको चिन्ता
आधुनिक शैलीमा परम्परागत र मौलिक चित्र कोर्नुलाई उनले अबको ध्येय नै बनाएका छन् रातभरि नाचेर रमाउने पुन समुदायको जीवन जिउने शैलीसमेत उनको क्यानभासमा झल्किन्छ लेखक तथा अनुसन्धाता प्रतिभा पुनका अनुसार आदिवासी जनजातिमध्ये मगर जातिको संख्या उल्लेख्य

भाषिक दृष्टिले काइके, पाङ र ढुट गरी तीनवटा भाषाको वक्ता मगर समुदायमा भेटिने उनले बताइन् मुख्य थरहरूमा थापा, पुन, राना, घर्ती, बूढा, रोका, आले पर्दछन् ‘मगर समुदायमा विभिन्न लोकनाच प्रचलित छन्,’ प्रतिभाले भनिन्, ‘सोरसोती उतार्ने नाच, हाई हाल्ने नाच, सोरठीलगायत थुप्रै यी सबै पुख्र्यौली नाच ुन्।’ सुनीलको चित्रमा मगर समुदायको अमूर्त संस्कृति संरक्षित भएको प्रतिभाले बताइन् सुनीलको ध्येय पनि यही थियो
उनी विभिन्न समुदायका कला र जीवन शैली रंगमार्फत क्यानभासमा सजाउन आधुनिक चित्रकारहरू लाग्नुपर्ने बताउँछन् ‘चित्रको विषयको खोजी गर्न धेरै टाढा जानै पर्दैन,’ उनले भने, ‘हाम्रै जीवन र संस्कृतिभित्र पसे हुन्छ।’ लोक वार्ता परिषद् नेपालले गरेको प्रदर्शनी सोमबारसम्म जारी रहनेछ प्रदर्शनीमा ५० हजार रुपैयाँदेखि लाख रुपैयाँसम्मका कलाकृतिहरू छन् प्रदर्शनीको उद्घाटन समारोहमा प्रतिभा पुनद्वारा लिखित ‘धौलागिरि क्षेत्रको अमूर्त लोक संस्कृति : झाँक्री’ र मीन श्रीश मगरद्वारा लिखित ‘मगर जातिको इतिहास’ पुस्तक सार्वजनिकसमेत गरिएको थियो
प्रकाशित : आश्विन २१, २०७५ ०९:१०

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...