Friday, June 14, 2019

बुटवलमा जितगढी उत्सव मनाइँदै

बुटवलमा जितगढी उत्सव मनाइँदै
वैशाख ७, २०७६अमृता अनमोल
बुटवल — नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएको सम्झनामा आज बुटवलमा विजय उत्सव मनाइँदै छ । नेपाल स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन भन्दै बुटवल उपमहानगरपालिकाले गतवर्षदेखि उत्सव मनाउन थालेको हो ।
बिहान ८ बजेदेखि विजय उत्सवको झल्को दिनेगरी बुटवलमा बृहत झाँकी निकालिएको छ। झाँकी बुटवल बजार परिक्रमा गरी जीतगढी किल्ला पुग्ने छ। र्‍यालीमा तत्कालीन समयमा प्रयोग भएका हतियार बोकेका प्रहरी तथा सेना समेत सहभागी छन्।

जितगढीमा युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापालाई सलामी दिइने छ। मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउँदै छन्।
विसं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए। कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएका थिए। त्यही फौजले १८७१ देखि सुरु भएको पटक पटकको आक्रमण सामना गरेर विसं. १८७२ वैैशाख ७ गते विजय गरेको थियो।
अंग्रेज सेनालाई हराएपछि यो गढीको नाम जितगढी रहेको हो। तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएको थियो। त्यसमध्ये नेपाली फौजको जित भएको जितगढी मात्रै हो। प्रकाशित : Kantipur, वैशाख ७, २०७६ ०९:१४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...