Thursday, June 27, 2019

यसरी मनाइयो भुमे पर्व


यसरी मनाइयो भुमे पर्व
कान्तिपुर, असार ९, २०७६काशीराम डाँगी
थबाङ, रोल्पा — रोल्पा रुकुमका गाउँहरुमा असार १ देखि ५ गतेसम्म नाचेर मनाइने भुमे पर्व यसपटक पनि भव्य रुपमा मनाइयो । अघिल्ला वर्ष झैं रोल्पा रुकुमका मगर गाउँहरुमा भुमे पर्वको निकै रौनकता देखियो 
यो पर्व मान्न घरदेखि टाढा पुगेका मानिसहरु गाउँसम्मै आइपुगे । उनीहरु गाउँमा आयोजित पर्व मान्न नाच समेत नाचे । रोल्पाको थबाङ लगायतका गाउँहरुमा भुमे नाच धुमधाम नाच्ने चलन छ ।

मूल घर र गाउँबाट टाढा रहेकाले उतै भुमे पर्व मनाउने गरेका छन् । दाङ, बाँके, रुपन्देही, काठमाडौंका साथै भारत, अमेरिका र युरोपमा समेत त्यहाँ पुगेका मगरहरुले भुमे पर्व मनाउने र नाच नाच्ने चलन विस्तार गरेका छन् ।
असार १ गतेदेखि नै आफ्नो पोशाकमा मगर महिला र पुरुषहरु सजिएर नाच्न ठूलै मैदान भएको स्थान छान्छन् । त्यही गाउँका जेष्ठ नागरिकदेखि बालबालिकासम्म भेला हुन्छन् । ठूलो गोलो घेरा पारेर मगर समुदाय नाच्छन् । भुमे पर्वका बेला नाचिने नाचलाई थबाङमा स्थानीयले ‘नोकोबाङ्गे’ नाच भन्छन् ।

भुमेका अतिरिक्त अन्य पर्वमा पनि यो नाच नाच्ने चलन छ । नाच नाच्नुअघि नाचका गुरु, अगुवा र जेष्ठ नागरिकबाट केही समय तालिम लिने पुरानो चलन छ । भुमे पर्वका बेला यो नाच नाच्न परिवार र गाउँका सबै एकै स्थानमा भेला हुन्छन् । थबाङमा गाउँपालिकाको मैदानमा वर्षौदेखि यो नाच नाच्दै आएको स्थानीयले बताए ।

यसै पर्व र नाचसँग जोडेर रुकुम पूर्वमा गाउँपालिकाको नाम नै भुमे राखिएको छ । यहाँ मगरको बाक्लो बसोबास भएको र जताततै भुमे नाच नाच्ने चलन रहेकाले गाउँको नाम पनि भुमे राखिएको हो ।


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...