Saturday, June 15, 2019

संस्कृति प्रवर्द्धनको आफ्नै तरिका


संस्कृति प्रवर्द्धनको आफ्नै तरिका
जेष्ठ २६, २०७६सुशीला तामा‌ङ
काठमाडौँ — नितु डंगोल देवी महाकालीको रूपमा थिइन् उनको मुहारमा पोतिएको रातो, नीलो, सेतो र हरियो रंगका भिन्नाभिन्नै अर्थ थिए सुनौलो मुकुटका साथै महाकालीको पहिरनका कारण उनी देवीजस्तै देखिएकी थिइन् सामान्यत : सौन्दर्य प्रतियोगिताहरूको ‘ट्यालेन्ट सो राउन्ड’ नृत्य आधारित हुन्छन्
मिस नेवाःको फरक विशेषताचाहिँ के हो भने, डेढ दशकदेखि यसले संस्कृतिलाई ट्यालेन्ट सोको मूल थिम बनाउँदै आएको छ त्यही भएर नितु डंगोल देवीको आवरणमा प्रस्तुत हुँदै थिइन् राजधानीमा शनिबार सम्पन्न ट×्यालेन्ट सोमा

देवी मात्रै बनेनन् उनी चर्या पनि नाचिन् काठमाडौंकै २३ वर्षीया यिनले अनुहारको हाउभाउबाटै महाकालीको अनेक भाव प्रस्तुत गरिन् नेवार समुदायभित्र विभिन्न पर्वमा हुने चर्या नृत्यको प्रभाव उनमा नपर्ने कुरै थिएन उनले भने मिस नेवाःको स्टेजमा आफूलाई प्रस्तुत गर्न हालै यसको विशेष प्रशिक्षण नै लिएकी थिइन् ‘अहिले आधुनिकताका कारण पुरानो संस्कृति नृत्यहरू हराउँदै छन्,’ उनले भनिन्, ‘त्यही भएर मैले यो नृत्य सिकेकी हुँ।’ उनका अनुसार चर्या नृत्यमा काल अर्थात् महांकालको रूप नै प्रमुख हुन्छ ‘करुणाको देवीसमेत मानिने महांकाललाई रिस, क्रोधजस्ता भावमा उर्तानु यो नृत्यको विशेषता हो,’ उनले भनिन्

कीर्तिपुरकी २३ वर्षीया सुजिना श्रेष्ठ भने जीवित देवी कुमारीको भेषमा थिइन् कुमारीकै भेषमा उनले आफ्नो प्रस्तुति दिइन् नेवार समुदायमा देवीका रूपमा पुजिने कुमारीको विशेष महत्त्व रहेको उनले बताइन् धार्मिक धारणाअनुसार कुमारीको नृत्यमा तलेजु भवानीप्रतिको भक्तिभाव पनि हुन्छ यो परम्परासँग तत्कालीन राजा तलेजु भवानीबीचको मिथकीय सम्बन्ध पनि जोडिएको

नारीलाई दुर्व्यवहार गरेपछिको परिणामस्वरूप राज्यले नै नारीलाई पूजा गर्ने परम्परा बसालिएको थियो त्यति बेला प्रस्तुति हेरेपछि ललितपुर नगरपालिका–३१ खोकनाका वडा अध्यक्ष रवीन्द्र महर्जन प्रभावित बने ‘मान्छेले मान्छेलाई पूजा सम्मान गर्ने संस्कार हो यो,’ उनको धारणा थियो ‘सामाजिक सञ्जाल न्यु मिडियाका कारण युवा पुस्ता आफ्नो सांस्कृतिक पहिचानबाट टाढा हुँदै गइरहेको बेला फरक र सिर्जनात्मक ढंगले पनि संस्कृति प्रवर्द्धन गर्ने सकिने रहेछ’ भन्दै उनले ट्यालेन्ट सोमा उत्रिएका सहभागीहरूको प्रशंसा गरे

मिस नेवाः ११३९ मा यो चौधौँ संस्करणका लागि नितु, सुजिनासँगै रुजी शाक्यले नेवारी धान नाच प्रस्तुत गरिन् भने युनिशा शाही, अजुमी शाहीले नेवारी शैलीकै आधुनिक नृत्य गरे कृतिका प्रजापती, रोजी गुभाजू, रेफिना श्रेष्ठलगायत १७ युवतीहरूले आआफ्ना प्रस्तुति दिए

मौलिक सांस्कृतिक ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले डेढ दशकदेखि मिस नेवाः गर्दै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् मिस नेवाःको अन्तिम प्रतिस्पर्धा यही जेठ ३१ गते राजधानीमा हुँदै प्रकाशित : kantipur, जेष्ठ २६, २०७६ ०८:३६


  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...