Thursday, June 20, 2019

हराएका तिलुङ भाका


हराएका तिलुङ भाका
असार ५, २०७६गणेश राई
काठमाडौँ — खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटार क्षेत्रमा बोलिने तिलुङ राई भाषामा गीत रेकर्ड भएको छ भर्सटायल गायक राजेशपायल राईले उक्त गीत गाएका हुन्
सोही नगपालिकाकी उपप्रमुख विमला तिलुङ राईको शब्द संकलन र संगीतकार मनोज साङसोन राईको संगीत रहेको छ राजधानी काठमाडौंको बानेश्वरस्थित स्टुडियो किङमा यसै साता उक्त गीत रेकर्ड गरिएको हो

हाम्रो मातृभाषा (तिलुङ) बोल्न जान्ने मान्छे मेरो बुवालगायत केही बूढापाका मात्र हुनुहुन्छ,’ शब्द संकलक विमलाले भनिन्, ‘कमसेकम संगीतबद्ध गर्न सकेमा मातृभाषाप्रति अरूको रुचि बढ्छ भनेर संगीतकार मनोज साङसोनको अनुरोधमा मैले गीत संकलन गरेकी हुँ।’

उनले ७८ वर्षीय पिता दानबहादुर राईको सहयोगमा गीति शब्द संकलन गरेको बताइन् ‘गीतमा हाम्रो देउता पहाड भुम्जु, प्राकृतिक उपहारका रूपमा रहेको बोजेढुंगा, जोरकाफलबाट देखिने चोमोलुङमा (सगरमाथा), दायाँबाट फन्को मार्दै पूर्व बगेकी दुधकोसीको बयान रहेको छ,’ जनप्रतिनिधिसमेत रहेकी विमला तिलुङले भनिन् तथ्यांकअनुसार तिलुङ भाषा बोल्नेको संख्या हजार सय २४ छन् तर, व्यवाहारिक रूपमा बोल्ने भने केही बूढापाका मात्र छन्

त्यसैगरी, लोपोन्मुख जेरुङ भाषाको गीत राजेशपायलले रेकर्ड गरेका छन् जेरुङ भाषाका वक्ता हजार सय ६३ छन् उक्त भाषाको गीत नैन जेरुङको शब्द मनोजकै संगीत रहेको भाषा आयोगले लोपोन्मुख भाषा संरक्षणलाई प्राथमिकता दिएको छ आयोगका अधिकृत मनोज पौडेलका अनुसार यो वर्ष तिलुङ भाषाको वृत्तचित्र निर्माण ९० घण्टाको भाषा प्रशिक्षण कार्य सम्पन्न भइएको भने जेरुङ भाषाको शब्दकोश निर्माण जारी

गायक राजेशपायलले झन्डै दशकदेखि ती किरात भाषाहरूको प्रतिनिधि गीत संगीतबद्ध गर्ने अभियानमा जुटेको बताए लिम्बू भाषामा नौवटा गीतको ‘आसेवारो’ एल्बम धेरै अघि प्रकाशनमा ल्याएका छन् करिब दशकदेखि याक्खा, सुनुवार र राई समूहका भाषाहरूको संयुक्त एल्बम ‘स्यामुना’ (अभिवादन) निर्माणमा लागिपरेको जनाए

किरात राई जातिभित्र २८ वटा भाषा रहेका छन् तीमध्ये बान्तावा, चाम्लिङ, कुलुङ भाषा बहुसंख्यकले बोल्छन् भने अरू भाषा थोरै संख्याले बोल्छन् उनले अहिलेसम्म २२ वटा भाषामा रेकर्ड गराएको जनाएका छन्

गायक राईले अहिलेसम्म कोयी, वाम्बुले, बाहिङ, दुमी, दुङमाली, बान्तावा, चाम्लिङ, पुमा, थुलुङ, नाछिरिङ, मुगाली, फाङदुवाली, जेरुङ, खालिङ, साम्पाङ, कुलुङ, याम्फु, लोहरूङ भाषाका गीत रेकर्ड गराएका छन् त्यसैगरी सुनुवार, याक्खा भाषाको रेकर्ड भइसकेका छन्

आफ्नो किराती भाषाहरूको गीत गाउँन पाउँदा खुसी लागेको छ,’ व्यस्त सांगीतिक दैनिकलाई बचाएर किराती भाषाहरूको गीत रेकर्ड गर्दै आएको सुनाउँदै राजेशपायलले भने, ‘यी गीतमा भाषा मात्र होइन, यसमा संस्कृति, संस्कार, परम्पराहरू लुकेका छन् यो ऐतिहासिक कामका निम्ति जुटदै आएको छु आउँदो भदौभित्र ३१ वटै भाषाको गीत रेकर्ड गरिसक्ने लक्ष्य राखेको छु।’ छिन्ताङ, छिलिङ, आठपहरिया, लिङखिमलगायत भाषाका गीत रेकर्ड गर्न अझै बाँकी छन्

किराती भाषाहरूको खोजी तथा संगीत संयोजन कार्यमा मनोज साङसोनले गरेका छन् ‘यी भाषा किराती जातिको मात्रै होइन, देशको सम्पदा हो,’ मनोजको बुझाइ छ, ‘हामी किराती विविध भाषी हुनु नै यसको विशेषता हो हामीले मातृभाषाप्रति गर्व गर्नुपर्छ।’ गायक राई संगीतकार साङसोनले आफ्नै खर्चमा यी गीतहरू संगीतबद्ध गरेको जनाएका छन् ‘स्यामुना’ एल्बममा राई नवीन, विनोद खम्बु, पारस मुकारुङ, सन्तोष दुमीलगायतले संगीत दिएका छन्
प्रकाशित : Kantipur, असार ५, २०७६ ०९:११


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...