Friday, June 21, 2019

खोकनामा ल खलः


खोकनामा ल खलः
असार ६, २०७६प्रशान्त माली
ललितपुर — गुठी विधेयकको विरोधमा खबरदारी गर्न बुधबार सडकभरि उर्लेका काठमाडौंवासीलाई हिँडीहिँडी पानी खुवाउने सरकारी भाषाका स्वयंसेवी थिएनन् काठमाडौं उपत्यकाको सांस्कृतिक परम्पराका गुठियार थिए हो, पानी खुवाउने गुठीका सदस्य 
नयाँ वर्षको दिन ललितपुरको धिन्चो (चम्पादेवी), फुल्चोकी र काठमाडौंको जामाचो (नागार्जुन) मा मेला लाग्छ धिन्चो पुग्नुभएको भने भन्ज्याङमा पानी भरिएका पित्तलका गाह्री र माटाका जगसहित एउटा टोली देख्नुहुन्छ उनीहरूको काम त्यस दिन घुम्न आउनेहरूको प्यास मेटाउने हो लाग्न सक्छ, यो टोली पानी खुवाउन बस्न थालेको हिजोआज हो

होइन, मल्लकालदेखि हो गुठी व्यवस्था गरेर यो परम्परा धान्दै आएको टोली खोकनाको सिकाली ल खलः हो नेपाल भाषामा को अर्थ पानी खलः को अर्थ समूह अथवा गुठी हो प्रायः लाई देवी नाच नचाउने, शव व्यवस्थापन गर्ने, चाडपर्व चलाउने गुठीबारे जानकारी हुन सक्छ

उपत्यकामा लः गुठी अथवा पानी खुवाउने गुठी पनि छ भनेर थाहा नहुन सक्छ गुठीका गुठियार खोकना, थलाछेँ टोलका ५८ वर्षीय विष्णुनाथ महर्जन भन्छन्, ‘पुर्खाले गुठी सञ्चालन गर्न आयस्ताका लागि जग्गाजमिन दान दिए पछि व्यक्तिले धमाधम आफ्ना नाममा दर्ता गरे।’ उनका अनुसार गुठी अहिले गुठियारले व्यक्तिगत रूपमा रकम जोहो गरेर सञ्चालन गर्दै आइरहेका छन्
गुठीमा २० जना सदस्य छन् उनीहरू रातो मत्स्येन्द्रनाथ, सिकाली जात्रा र गाउँमा हुने महोत्सवका बेला जस्तोसुकै काम छोडेर भए पनि पानी खुवाउन पुग्ने गर्छन्

एकपटक पानी खुवाउन जान प्रत्येकले ६ सय रुपैयाँ, जाँड पकाउन चामल र चिउरा आफैं जोहो गर्छन् उनी भन्छन्, ‘प्यास लागेकालाई पानी खुवाउनु धेरै पुण्यको काम मात्र नभई पुस्तौंदेखि हस्तान्तरण हुँदै आइरहेको परम्परा जगेर्ना गर्नु पनि हो।’
खोकना, न्यायझो टोलका ४० वर्षीय लक्ष्मीदास महर्जन गुठीमा प्रवेश गरेको १६ वर्ष बित्यो यसअघि उनका बुवा बाबुकाजी गुठियार थिए बुवाले पुस्तौंदेखिको सेवा छोड्न नमिल्ने भनेपछि उनले नाइँनास्ती गरेनन् ‘गुठीमा बुवाको सट्टा छोरा नै जानुपर्छ भन्ने नियम थिएन,’ उनले भने, ‘परम्परा जोगाउनुपर्छ भनेर प्रवेश गरेँ।’

उनका अनुसार पानी भरेका गाह्री काँधमा बोकेर खुवाउन जाने काम सजिलो छैन मुहानको पानी जाडामा चिसो र चिसोयाममा तातो हुने भएकाले पिउनेको संख्या धेरै हुन्छ,’ उनले भने

खोकना, ढोकासीका ७० वर्षीय साइँला महर्जन १२ वर्षको उमेरदेखि यो गुठीमा प्रवेश गरेका हुन् उनले गुठीमा रहेर सेवा गरेको ५८ वर्ष बित्यो उनी भन्छन्, ‘बुवाले गुठीको भैंसेपाटीमा डेढ रोपनी जग्गा थियो भन्नुहुन्थ्यो सानै छँदासम्म घरमा बाली पनि बुझाउन आउँथ्यो पछि तिर्न आएन।’

उनलाई लाग्छ, त्यो जग्गा खोजबिन गर्नुपर्ने हो

खोकनामा पानी खुवाउने दुइटा गुठी छन् अर्को गुठीको अवस्था पनि उस्तै पानी खुवाउने काम एक्लैले गर्न गाह्रो छ समूह मिलेर गर्नुपर्छ गुठीका छ्यान्ज्य (सचिव) लक्ष्मीदास महर्जन भन्छन्, ‘तत्कालीन कार्यविनायक नगरपालिकाले १० वटा पित्तलका गाग्री सहयोग गरेको थियो अहिले गुठियार मिलेर ७० हजार रुपैयाँ जम्मा गरेका छौं।’

उनका अनुसार पहिला पाटीमा बसेर चाडपर्वका बेला सख्खरपानी खुवाउने चलन थियो ‘अहिले यो चलन बन्द भइसकेको ,’ उनले भने, ‘खोकनाको पानी खुवाउन प्रयोग हुने पाटी भत्केको थियो प्रत्येक गुठियारले हजार सय रुपैयाँ अपुग रकम चन्दा संकलन गरी जीर्णोद्धार गरे।’ गुठी चापागाउँस्थित पाउली बुलुमा

ज्यापू समाज, यलले पनि जात्रापर्व तथा महोत्सव हुँदा पानी खुवाउँदै आएको छ पछिल्लो समय गुठीको सिको गरेर सीतापाइलामा नेवाः समूहले पनि स्वयम्भू क्षेत्रमा हुने जात्रामा सहभागी हुनेलाई पानी खुवाउने गरेको सीतापाइलाका कपिलमान शाक्य भन्छन्, ‘बाउबाजेका पालामा गुठी थियो अहिले नाश भइसकेको पहिलाको गुठीलाई पुनः जगेर्ना गर्न खोजेका छौं।’

समूहमा महिला पनि सहभागी हुन थालेका छन् समूहका प्रतिनिधि रामकुमारी महर्जन भन्छिन्, ‘स्वयम्भू र पशुपतिका बाँदरलाई पानी खुवाउने गुठी पनि थियो गुठी सञ्चालन गर्न छुट्याइएको ग्गाजमिन रैकरमा परिणत भएपछि गुठी पनि नाश भयो।’
उनले अहिलेको विधेयकले पुनः रैकरमा परिणत गर्ने व्यवस्था गरेर बाँकी रहेका अरू जग्गा पनि समाप्त पार्न खोजेको बताइन् ‘यो कसैलाई मान्य छैन,’ उनले भनिन्, ‘फिर्ता मात्र होइन, कहिल्यै नआउनेनिश्चित हुनुपर्छ।’

बटुवालाई पानी खुवाउन प्रत्येक टोल/चोकमा लः हिटी (पानी पँधेरो) को व्यवस्था पनि गरिएको हुन्छ अधिकांश बन्द भइसकेका छन् ललितपुर महानगरपालिका–१६ महापाल चोकको हिटी २५ वर्षअघिसम्म चल्थ्यो अहिले लथालिंग अवस्थामा उक्त कलात्मक हिटी नजिकै अर्को हिटी नाग नागिनीको मूर्ति अंकित हिटीमा १५ वर्षअघिसम्म बटुवाले प्यास मेटाउँथे

पाटनका रवीन्द्रराज ताम्राकारले भने, ‘हिटीमा पानी भर्नसँगै इनार खनिएको थियो अहिले इनार पनि जेनतेन सञ्चालनमा ।’
जेनतेन पानीका थोपा झर्ने हिटी बाँकी रहेजस्तै गुठी पनि येनकेन चलिरहेका छन् त्यो पनि राष्ट्रियकरण गर्ने गरी सरकारले विधेयक ल्याएपछि गुठियारहरू आक्रोशित भएका हुन्प्रकाशित : असार ६, २०७६ ०७:११


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...