Friday, June 14, 2019

शब्दकोश/तीनगाउँले थकाली

शब्दकोश/तीनगाउँले थकाली
राम ओमथिन थकाली
फुर्सद
 १६ चैत २०७५ १७:१२:००
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश— स्तम्भ। अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा–भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ। शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन। हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौं, हामी। यस शब्दकोश स्तम्भमा तपाईं आफ्नो समुदाय–क्षेत्रका भाषा–भाषिका–बोली संकलन गरेर पठाउन सक्नुहुन्छ।)
०००
तीन गाउँले थकाली भाषा मुस्ताङको ठिनी, जोमसोम, स्याङ, चिमाङ, मार्फा, छैरो, टुकुचे, कोबाङ, लारजुङ, खन्ती, लेते, कालोपानी र घाँसामा बोलिन्छ। यो स्थानमा थकाली भाषा बोले ता पनि तीनगाउँले थकाली भाषा र अन्य थकाली भाषामा लयगत र उच्चारणमा केही भिन्नता पाइन्छ। जस्तैः फागुपूर्णिमालाई तीनगाउँले भाषाले तुङल्आ, मार्फाली भाषामा तेर्मी र थासाङ थकालीले तोरन्ला भनी बेलिन्छ। २०५८ सालको जनगणनाअनुसार तीनगाउँले थकाली भाषाको बोल्ने जनसंख्या करिब ११ सय जति छ। यो भाषामा कुनै पनि साहित्यिक सिर्जना गरिएको पाइँदैन तर शब्दकोश भने बनाइएको छ। तीनगाउँले थकाली भाषाका
केही शब्द र तिनको अर्थ यस्तो छ :
या फ्यासी मुःनमस्कार
म्हिन्तोफूल
फ/भेःपती/पत्नी
खेवासस्तो
ल्ह्याडेलवा/भेवायौनसम्पर्क/शारीरिक सम्पर्क
छुवारमाइलो
नेप्राखरानी
कोमोमहँगो
कोम्पालगाउनु
स्योमोउहिले
तितीनहाल
म्हाङबाघ/सपना
ढुट्टु/स्यप्परअल्छी
भ्राङहूल/बथान/समूह
सममन/नयाँ
सोलोखानुहोस्
न्होरसम्पत्ति
सम्पत्तिबदमास
कुचुरीलोभी
क्युपानी
धिनीसूर्य
सूर्यभगवान्

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...