Monday, June 17, 2019

हतुवागढीमा साहित्यिक रौनक


हतुवागढीमा साहित्यिक रौनक
धनकुटा — असारको महिना भित्रिसक्दा पनि भुईं कुहिरोले मौसम ठन्डा बनाएको थियो झन्डै १४ सय मिटर उचाइको भोजपुरको दक्षिणी क्षेत्र घोरेटार हतुवागढीस्थित फलामढुंगाको मौसमलाई भने गीत, नृत्य र साहित्यिक जमघटले खुबै ततायो 
हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको चारदिने महोत्सवमा सर्वसाधारणको जमघट खचाखच थियो त्यस अवसरमा मुलुकभरका मात्रै होइन, भारतका समेत कलाकार, साहित्यकारको प्रस्तुति थियो विशेष गरी स्थानीय स्तरका कलाकार हतुवागढी क्षेत्रमा जन्मिएर मुलुकमा स्थापित कला, भाषा र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सहभागी थिए कार्यक्रमस्थल आसपासका घोरेटार, रानीबास, पूर्णे, वयाङ, सिन्द्राङलगायतका सर्वसाधारणको उपस्थिति बेसी थियो
 कार्यक्रममा प्रतियोगितात्मक कविता नेपाल तथा भारतका २ सय ५ कविको रचना समावेश गरिएको आयोजकले जनाएको छ उत्कृष्ट १० विमध्ये सुर्खेतका विज्ञानराज कार्की सर्वोत्कृष्ट ठहरिए उनको मौन प्रश्न शीर्षकको कविताले पहिलो स्थान हात पार्दै १५ हजार रुपैयाँ प्राप्त गरेको उनले वाचन गरेका हरफहरू थिए :

भर्खरै सफल भएको छ
बाध्यता मृत्युको हाँगामा झुन्ड्याउन
एक सुस्केरा जिन्दगी
उसरी नै सफल भएको छ एक
जोडी आँखा परेलीमा झुन्ड्याउन
केही थोपा पीडा
के ऊ यसरी आफूलाई झुन्ड्याउन सक्ला?
अस्तित्वको लहरामा
ऊ अर्थात देशप्रेमी

प्रतियोगितामा तेह्रथुमका कवि इन्दु केसीको कफनमा फिरेको देश शीर्षकको कविता दोस्रो भएको छ उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्
 यस्तै, भोजपुरका कवि यादव समीर राई तेस्रो स्थानसहित ५ हजार र सुनसरीका किरण शिवाले सान्त्वना प्राप्त गरे टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि कवि कुन्ता शर्मा, मायामितु न्यौपाने, राजेश विद्रोहीलगायतले कविता वाचन गरेका थिए
 कार्यक्रममा गायिका लीला राईले आफ्नो चर्चित ‘गीत भेटैमा भयो सोल्टीज्यू राम्रै छ खबर, धरान धनकुटा भेडेटार सोल्टीज्यू जोडौं न घरबार’ लगायत गीत प्रस्तुत गरिन् गायक बाबुराम प्रधान, हिरन राई, नृत्यकार प्रतिभा राईलगायतले पनि प्रस्तुति राखेको अध्यक्ष कृपालसिं राईले बताएप्रकाशित : असार २, २०७६ ०९:०९


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...