Thursday, June 27, 2019

४० पोखरी मासिए


४० पोखरी मासिए
जेष्ठ २०, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — उपत्यकाभित्र २००७ सालयता ४० वटा पोखरी र ५२ वटा ढुंगेधारा मासेको पाइएको छ काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वर्ष लगाएर गरेको अध्ययनमा यस्तो भेटिएको हो बोर्डको तथ्यांकअनुसार काठमाडौं ललितपुर महानगरपालिका, भक्तपुर, कीर्तिपुर नगरपालिकालगायत उपत्यकाका १० वटा नगरपालिकामा २ सय ३३ वटा पोखरी र ५ सय ७३ वटा ढुंगेधारा छन्
तर, स्थलगत अध्ययन क्रममा एक सय ९३ वटा पोखरी र ४ सय ७९ वटा मात्र ढुंगेधारा भेटियो जसमध्ये एक सय ७१ वटा ढुंगेधारामा पानी बगेको र एक सय ६९ वटा ढुंगेधाराको पानीमा इकोली संक्रमण पाइएकाले पानीप्रशोधन नगरी पिउन नमिल्ने देखिएको छ

बोर्डअनुसार ललितपुरमा ६१, काठमाडौंमा एक सय ६५, र्कीतिपुरमा ११, मध्यपुरथिमीमा ६५ र भक्तपुरमा ८७ वटा ढुंगेधारा छन्जसमध्ये ललितपुरमा ४७ वटा सञ्चालन, ७ बन्द र ७ मासिसकेको, काठमाडौंमा ३३ मासिसकेको, ३४ बन्द र ९६ सञ्चालन, र्कीतिपुरमा १० सञ्चालन र एउटा मासेको, मध्यपुरथिमीमा ४७ सञ्चालन, ९ बन्द र ३ मासिसकेको र भक्तपुरमा ३३ सञ्चालन, १८ बन्द र एउटा मासिसकेका छन्

भक्तपुरमा यी ढुंगेधाराबाट प्रतिदिन सुक्खायाममा एक लाख ५ हजार ४ सय ७७ लिटर र बर्खायाममा २ लाख २४ हजार ७ सय ५८ लिटर, मध्यपुरथिमिमा २ लाख ३ हजार ३ सय ५० र ४ लाख ३९ हजार ९ सय १६ लिटर पानी झर्छ कीर्तिपुरमा सुक्खायाममा प्रतिदिन २० हजार, ५ सय ५३ लिटर र बर्खायाममा एक लाख २४ हजार ३ सय ८८ लिटर, ललितपुरमा १७ लाख ५९ हजार एक सय र ४६ लाख ८८ हजार ८ सय ८६ लिटर र काठमाडौंमा ८ लाख ५८ हजार ९ सय ६२ र २२ लाख १८ हजार एक सय ४३ लिटर पानी झर्छ

तथ्यांकअनुसार भक्तपुर नगरमा ३८ मध्ये ५ वटा, चन्द्रागिरिमा २० मध्ये २, गोदावरीमा २८ मध्ये २, काठमाडौंमा १५ मध्ये एक, कीर्तिपुरमा १० मध्ये एक, ललितपुर महानगरमा ६५ मध्ये १६, मध्यपुरथिमीमा २० मध्ये ३, महालक्ष्मीमा २० मध्ये ६, शंखरापुर नगरमा १० मध्ये ३, टोखामा ७ मध्ये एक पोखरी मासिसकेका छन् खानेपानी मन्त्री विना मगरले प्राचीनकालमा सीप कला प्रयोग गरेर बनाइएका यी ढुंगेधराको तथ्यांक संकलनले रणनीतिक महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्

आधुनिकीकरणसँगै ढुंगेधारा, तालतलैयाको महत्त्व घट्दै गयो सहरीकरणले पोखरीको दूषित पानीको दुर्गन्धले रोग लाग्ला जस्तो भयो,’ उनले भनिन्, ‘तथ्यांक संकलनले प्राचीन सम्पदासँग जोड्न भूमिका खेल्न मद्दत गर्छ।’ उनले कार्यान्वयन पक्षमा चुनौटी भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् ‘तथ्यांक संकलन ढुंगेधारालाई जीवन्तता दिने आधार तय भएको ,’ उनले भनिन्, ‘यसलाई जीवन्तता दिनसके बस्तीमा थपिने सन्दैर्यले पर्यटकलाई आकर्षित गर्न सकिन्छ।’प्रकाशित : जेष्ठ २०, २०७६ ०७:४८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...