Saturday, June 22, 2019

चेर्दुङको चियो


चेर्दुङको चियो
फोटो
जेष्ठ २५, २०७६कान्तिपुर संवाददाता
जति उकालो बाटो आउँछ उति नै रमाइलो चराचुरुङ्गीहरूको धुन चौरीको बथान सेल रोटीझैं फन्को मारेको हिमशृङ्खला रंगीबिरङ्गी गुराँस फूलले वनै ढाकेको दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. झ्याँकुबाट छहारे गुफा चेर्दुङडाँडामा पुग्न एक दिन पूरै खर्चिनुपर्छ
बिहान ६ बजे झिसमिसमै बाटो तताएपछि दिउसो ३–४ बजे मात्र छहारे गुफा पुगिन्छ झ्याँकु मा अवस्थित छहारे गुफा अहिलेसम्म धेरै मानिस नपुगेको ठाउँ हो जंगलमाझ रहेको यस गुफाको आफ्नै इतिहास, कहानी छ सयौ वर्षअघि लामाहरू गाउँमा अशान्ति, झैझगडा, आपतविपत आउँदा यस गुफामा ध्यान गर्न बस्ने गरेको मानिन्छ असिना पानी रोक्न, रोगव्याधि हटाउन र शान्तिको सन्देश प्रवाह गर्न महिनौंसम्म लामाहरूले यहाँ ध्यान गर्ने गरेको स्थानीय लामा रिन्जिपासाङ शेर्पा बताउँछन्
छहारे गुफामा पुग्न फेदीमा खाना खाएपछि २ घण्टाजत्तिको यात्रा गर्नुपर्छ जंगलैजंगलको यात्रा रमणीय प्राकृतिक सुन्दरताले पानीप्यास, थकाइ, भोक सबै मेटाइदिन्छ अझ आधा दर्जन जत्ति यस भेगमा मात्र पाइने गुराँस फुलेको देख्दा मनै भुलिन्छ डाँफे, मुनाल र मृगको दृश्यले यतै बसौ बसौ लाग्छ
३२ सय मिटर उचाइमा अवस्थित छहारे गुफाबाट चेर्दुङ पुग्न २ घण्टा अझ समय लाग्छ उकालै उकालो लागेपछि ३७ सय मिटरको उचाइमा अवस्थित चेर्दुङको सुन्दरताले आँखा चिम्लिनै गाह्रो हुन्छ दोलखाको अधिकांश भूभाग यसै चेर्दुङबाट नियाल्न सकिन्छ गौरीशंकर हिमाल हातैले छुन भ्याइन्छ कि जस्तो लाग्छ दोलखाका प्रशिद्ध स्थलहरू कालिञ्चोक, हनुमन्तेडाँडा, चरिकोट बजार, विगु गुम्बा यहाँबाट सहजै नियाल्न सकिन्छ गौरीशंकर गाउँपालिका वडा नम्बर मा रहेको यस चेर्दुङमा महादेवको दर्शन गर्न वर्षको भदौ महिनामा ठूलो मेला लाग्छ
महादेवको दर्शन गर्दा गाईबस्तुमा कुनै रोग नलाग्ने र बस्तुभाउ गोठभरि हुने जनविश्वास छ यसैले गोठालेहरू भैंसी, गाई, चौरी, भेडाको आवाजमा गाईबस्तु माग्दै यहाँ पुग्ने गर्छन् चेर्दुङको डाँडामा मात्र रूख उम्रेको छैन सय मिटर वरिपरि घना जंगले ढाकेको यहाँ प्राय सधैंभरि हिउँ पर्ने गर्छ यहाँ हिउँ परेको चरिकोट सदरमुकामबाट सहजै देख्न सकिन्छ मोटरबाटो यहाँसम्म नपुगेकै कारण पर्यटकको संख्यामा कमी आएको यहाँ प्राय वनभोज खान हिउँ खेल्न युवाहरू पुग्ने गर्छन् 
प्रकाशित : जेष्ठ २५, २०७६ ११:२५

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...