Saturday, June 15, 2019

सीमामा १७९ नयाँ स्तम्भ


प्रदेश १
सीमामा १७९ नयाँ स्तम्भ
नेपाली पक्षले १ सय ६ र भारतीय पक्षले ७३ वटा स्तम्भ निर्माण गरेका छन् 
जेष्ठ २५, २०७६देवनारायण साह
मोरङ — नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण गरिएको छ नेपाल भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको शुक्रबार विराटनगरमा सम्पन्न दोस्रो बैठकमा ३६ वटा स्तम्भ मर्मत गरिएको जनाइएको
बैठकमा नेपालतर्फको मोरङ, सुनसरी र झापा गरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतका सुरक्षा निकायका प्रमुख, वन र नापी कार्यालयका प्रमुख सहभागी थिए भारततर्फको सुपौल अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकायका प्रमुखलगायत वन र नापी कार्यालयका प्रमुखहरूको बैठकमा उपस्थिति थियो

बैठकमा नापी विभागका नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर १ का प्रमुख शिवप्रसाद लम्सालले सुनसरी, मोरङ र झापास्थित सीमामा निर्माण गर्नुपर्ने स्तम्भमध्ये जमिनमा यसअघि नै निर्माण भइसकेको र बाँकी रहेका केही जमिनमा र नदीहरूमा आफूहरूले निर्माण गरेको बताए

ठूला नदी बाहेकका बिजोड नम्बरको स्तम्भ नेपाल पक्षले र जोडा नम्बरको स्तम्भ भारत पक्षले निर्माण गर्ने व्यवस्था छ,’ उनले भने, ‘नेपाल पक्षले १ सय ६ र भारतीय पक्षले ७३ वटा स्तम्भ निर्माण गरेको छ भने नेपालले १६ र भारतले २६ वटा स्तम्भ मर्मत गर्‍यो।’ ठूला नदीमा जोडा बिजोडा दुवै स्तम्भ भारतीय पक्षले नै निर्माण गर्ने व्यवस्था रहेको उनले बताए

मेची नदीमा यस वर्ष परीक्षणका लागि ५ वटा स्तम्भ निर्माण गरिएको लम्सालले बताए ‘फलामको डेढ फिड परिधि भएको स्तम्भ पानीभित्र जमिनमा १६ मिटर गाडेर वटा नयाँ स्तम्भ निर्माण गरेका छौं,’ उनले भने, ‘यसपालिको वर्षाले उक्त स्तम्भमा कुनै क्षति नभए आउँदो आर्थिक वर्षबाट मेचीदेखि महाकालीसम्मका सबै ठूला नदीमा यस्तै स्तम्भ निर्माण हुन्छन्।’

सुनसरीमा २४, मोरङमा १० र झापामा २ सय ९ वटा नयाँ स्तम्भ निर्माण गर्न बाँकी रहेको लम्मसालको भनाई थियो उनले निर्माण गर्न बाँकी रहेका स्तम्भ सबै साना ठूला नदीमा रहेको बताए सुनसरी मोरङमा भारतीय पक्षले र झापामा दुवै पक्षले निर्माण गर्न बाँकी रहेको उनले सुनाए

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बैठकमा नयाँ सीमा स्तम्भ निर्माण गर्दा आएका समस्याका बारेमा छलफल भएको बताए झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सीमा मिचिएको विषयमा पनि कुरो उठेको बताए ‘केही क्षेत्रमा किसानले दशगजा मिचेर खेतीपाति गरेको घर निर्माण गरेर बसोबास गरिरहेका छन्,’ उनले भने, ‘नेपालको डिजिटल नक्सा निर्माण भइसकेकाले जुनसुकै बेला मिचिएको क्षेत्र निकाल्न सक्ने अवस्था रहेकाले यस विषयमा खासै छलफल भएन।’

प्रमुख लम्सालले दशगजा मिचिएको विषयभन्दा पनि आफूहरूले नदीमा नयाँ स्तम्भ निर्माणमा केन्द्रित भएकाले यो विषयमा छलफल नभएको बताएप्रकाशित : Kantipur, जेष्ठ २५, २०७६ १०:०८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...