Friday, June 21, 2019

मगर वर्णमालामा एकरूपताको खोजी


मगर वर्णमालामा एकरूपताको खोजी
माघ ८, २०७५कान्तिपुर संवाददाता
कास्की — मगर ढुट (भाषा) वर्णमालामा एकरूपता ल्याउनुपर्ने मगर सामुदायले जोड दिएका छन् नेपाल मगर संघ भाषा विकास समिति र मगर संघ कास्कीले सोमबार पोखरामा गरेको गोष्ठीका सहभागीले वर्णमाला एउटै भए मगर लेखकहरूलाई सहज हुनुका साथै भाषा संरक्षणमा टेवा पुग्ने भनाइ राखे
भाषा जिल्लाअनुसार भन्दा पनि भेगीय रूपमा फरक भएकाले तल्लो तहसम्म रिसर्च गर्ने अभियानमा मगर संघ नै लाग्नुपर्छ,’ खेम सारुमगरले भने, ‘भाषा विज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुँदै जानुपर्छ।’ संघले केन्द्रीय तहबाटै साझा पहिचान गरी भाषा उत्पतिका बारे पनि अध्ययन गर्नुपने अर्का सहभागी टिबी पुन मगरले भने

संघका कास्की अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषाका एकरूपताको खाँचो देखिएका बेला केन्द्रीय तहबाट साझ दस्तावेज बनाउनु उपयुक्त हुने बताए कार्यक्रममा मगर ढुटको वर्णमाला स्तरीय तथा सरल लेखनका संयोजक विष्णु सिंजालीमगरले प्रस्तुत गरेको कार्यपत्रको टिप्पणी भाषाविद् लोकबहादुर थापामगरले गरेका थिए

कार्यक्रमले ध्वनि बचाउन, मगरभाषा लिपी लेखनको छानबिन र देवनागरीलाई सहज रूपमा लैजानलगायतमा सहयोग गर्ने विश्वास सिंजालीले व्यक्त गरे कार्यक्रममा गण्डकीका प्रदेश सांसद दीपक थापामगरले कोषको तयारी गर्न नेपाल मगर संघलाई आग्रह गरे ‘आउने शैक्षिक सत्रमा मगर भाषा कक्षा सञ्चालनका लागि देखि कक्षासम्म लैजाने शिक्षाको नीति ,’ उनले भने, ‘सबै जिल्लामा भाषाका जानकार शिक्षक राज्यले व्यवस्था गर्नुपर्छ।’ भाषाको कक्षा चलाउन राज्यले लगानी गरे पनि समुदायको सहयोग नभई नहुनेमा उनको जोड थियोप्रकाशित : माघ ८, २०७५ ०९:४९


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...