धिमाल भाषाको महत्व, संरक्षण, चुनौती
तथा समाधान
June 7, 2019
बलबहादुर धिमाल
पृष्टभूमि
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय भएको साझा देश हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १२३ मातृभाषाहरू बोलिने तथ्यांक आएको छ । यी भाषाहरूमध्ये धेरैजसो लोपोन्मुख अवस्थामा रहेका पाईन्छन् । भाषा विचार विनिमयको माध्यम हुनुका साथै सँस्कृतिको संवाहक पनि हो । विचार विनिमयको काम दोस्रो वा तेस्रो भाषाबाट पनि गर्न सकिन्छ तर सम्बन्धित मातृभाषाबाट मात्र कुनै भाषामा अन्तर्निहित जातीय सँस्कृतिको संरक्षण सम्भव हुन सक्दछ । त्यसकारण हरेक व्यक्तिले आफ्नो मातृभाषा सिक्नु, बोल्नु र त्यही भाषाका माध्यमबाट आफ्नो मौलिक सँस्कृतिको जगेर्ना गर्नु आवश्यक छ ।
सुदुर पूर्वी नेपालको तराईका झापा, मोरङ र सुनसरी जिल्लामा तथा हाल आएर नेपालका विभिन्न जिल्लाहरुमा पनि बसोबास गर्दै आएका छन् । अल्पसङ्ख्यक धिमाल जातिका मानिसहरूले आफ्नो मातृभाषा धिमाल भाषा बोल्छन् । नेपालको पूर्वी सिमानासँग जोडिएको भारतको पश्चिम बङ्गालका केही गाउँहरूमा पनि धिमालहरूको बसोबास रहेको छ (किङ १९९४ः १२१) । काठमाडौं, लगायत नेपालका कतिपय सहरी क्षेत्रमा समेत धिमालहरू रहेका छन् । धिमाल जाति विकास केन्द्रका अनुसार धिमालहरुको जनसङ्ख्या ५० हजारको हाराहारी भएता पनि, राष्ट्रिय जनगणना २०६८ अनुसार धिमालहरूको कुल जनसङ्ख्या २६२९८ मा (१४,१८४ महिला तथा १२,११४ पुरुष) रहेको छ । यस आधारमा नेपालको कुल जनसङ्ख्याको ०.०९% प्रतिशत धिमालहरूले ओगटेको देखिन्छ । सोही जनगणनामा मातृभाषाका रूपमा धिमाल भाषा बोल्नेहरूको सङ्ख्या १९,३०० देखाइएको छ । जस अनुसार ७३.३८% धिमालहरूले मात्र आफ्नो मातृभाषा बोल्दछन् । लैिङ्गक दृष्टिले ७३.०९% (८,८५५) पुरूष र ७३.६३% (१०४४५) महिलाहरूले धिमाल भाषा बोल्ने गरेका छन् । तर काठमाण्डौं लगायत विभिन्न सहरी क्षेत्रमा बसोवास गर्ने धिमालहरुको सहि जनसंख्या तथ्याङ्क यस २०६८ मा समावेश भएको धिमालहरुको भनाई पाइन्छ । धिमाल जाति विकास केन्द्रको अध्ययनले भने मोरङका ५५, झापाका ४१ र सुनसरीको एउटा गाउँमा धिमाल भाषाभाषीहरूको बसोबास रहेको देखाएको छ । पूर्व–पश्चिम राजमार्गबाट लगभग दुई वा तिन घन्टाको उत्तर वा दक्षिण तर्फको पैदल यात्राबाट सहजै पुग्न सकिने गाउँहरूमा धिमालहरू केन्द्रित रहेका छन् । एउटा गाउँमा १०० देखि ५५० जना सम्म धिमालहरूको बसोबास रहेको पाइन्छ (धिमाल र अन्य, २००१ः ८) । भारतमा बसोबास गर्ने धिमालहरूले आफूहरूलाई ‘मल्लिक’ भनेर चिनाउने गरेका छन् (सोम बहादुर धिमाल र पात्र धिमालबाट प्राप्त मौखिक जानकारी) । पछिल्ला भारतीय जनगणनामा धिमाल भाषा वा जातिबारे उल्लेख भएको पाइँदैन । धिमालहरूले मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने भोगटेनी गा.वि.स. अन्तर्गतको राजारानी गाउँलाई आफ्नो मूलथलो बताउने गरेका छन् । उक्त स्थानमा वि.सं. २०५७ वैसाख २ गते देखि हरेक वर्ष धिमालहरूको मौलिक जात्री मेला लाग्ने गरेको छ ।

धिमाल भाषा चिनियाँ–तिब्बती महापरिवार अन्तर्गत
भोट–बर्मेली शाखाको भाषा हो । भारतको पश्चिम बङ्गालको उत्तरपूर्वी क्षेत्रमा
बसोबास गर्ने अल्पसङ्ख्यक टोटो जातिका मानिसहरूले बोल्ने टोटो भाषासँग धिमाल
भाषाको निकट पारिवारिक सम्बन्ध रहेको देखिन्छ । । धिमालिस वा धिमाल–टोटो उपवर्गका
भाषाहरूको नेपालमा बोलिने बोडिस समूहका भाषाहरू र उत्तरपूर्वी भारतमा बोलिने
भोट–बर्मेली परिवारका भाषाहरूसँग पनि समानता पाइन्छ भत्रे धारणा (हेर्नू, किङ, २००९) व्यक्त
गरिएको भए पनि यस विषयमा थप अनुसन्धान आवश्यक देखिन्छ । धिमाल भाषाका प्रथम
अनुसन्धाता बि.एच. हडसन (१८४७÷१८८१) ले धिमाल र तिब्बती भाषाका बिचको शाब्दिक
समानताको तुलना गर्दै धिमाल भाषालाई सार्वनामिक समूहका भाषा अन्तर्गत सूचीकृत
गरेका छन् । हडसनकै सामग्रीमा आधारित रही धिमाल भाषाबारे चर्चा गर्ने ग्रियसर्न र
कोनो (१९१९) ले धिमाललाई बोडो– कोच समूहमा राखेका भए पनि शाब्दिक समानता, सङ्ख्यावाची शब्द र
सर्वनामका आधारमा हिमाली भाषाहरूसँग यसको सामीप्य रहेको बताइएको छ । भोट–बर्मेली
परिवारभित्र धिमाल भाषाको स्थान निर्धारण सम्बन्धी अनेक प्रयासहरू भए पनि
सन्तोषजनक निष्कर्षमा पुग्न नसकिएको स्थिति देखिन्छ (हेर्नू, किङ २००९ः ४) ।
खास गरी धिमालहरूले आफ्नो परिवारभित्र र धिमाल समुदायका मानिसहरूसँग कुराकानी गर्दा धिमाल भाषाको प्रयोग गर्दछन् । अन्य विभित्र भाषाभाषीहरूसँग घुलमिल भएर रहेका धिमालहरूले अन्य भाषाका वक्ताहरूबिच कुराकानी गर्नका लागि भने मूलतः नेपाली भाषाको प्रयोग गर्दछन् । कतिपय बहुभाषी धिमालहरूले राजबंसी, बङ्गाली, हिन्दी, अङ्ग्रेजी लगायतका भाषाहरूको समेत प्रयोग गर्दछन् । आधुनिकरण तथा समाज, सांस्कति परिवर्तन संगै धिमाल भाषामा पनि अवरोध भएर आएको पाइन्छ । माईखोला पूर्वका धिमाल र माई खोला पश्चिमका धिमालमा केहि भिन्नता भए पनि दुवै तर्फका भाषा बोल्ने गरेको पाईन्छ ।
धिमाल भाषाको महत्व
कुनै पनि जातिको आफ्नो भाषा, धर्म, संस्कृति संस्कार आदिले त्यस जातिको पहिचानको महत्व बोकेको हुन्छ । जव हामी आफ्नो जातिको भाषाको महत्व बुझ्दैनौ तव हाम्रो भाषा लोप भएरजान्छ । त्यस काराण धिमाल जातिको मौलिक पहिचानमा धिमाल भाषाको पनि महत्वपुर्ण भुमिका रहेको छ । कुनै जाति भएर पनि उ आफ्नो भाषा बोल्न जान्दैन, आफ्नो जातिको भाषा बुझ्दैन भने त्यस जातिको भाषा लोप हुने अवस्थामा जाने हो । धिमाल भाषाको पनि जातिय पहिचानमा भाषाले महत्वपुर्ण स्थान ओगटेको पाइन्छ । जातिसंगै भाषाको संरक्षण हुदै जाने, जातिय एकरुपतामा पहिचान हुने, विचार भावन आदान प्रदान हुने, भाषाको विकास तथा साहित्ये श्रृजनामा टेवा पुग्ने, सामाजिक सास्कृतिक तथा धार्मिक कार्यहरुमा भाषाको महत्वपुर्ण भुमिका हुने गर्दछ । समुदायमा धिमाल भाषासंग जोडिएर आएका कला कौशल तथा शव्दहरु बुझ्न बुझाउन सहज हुने, मौलिक धिमाल धर्म, संस्कृति तथा संस्कारको जोगेर्णा गर्न भाषाको महत्वपुर्ण स्थान रहेको पाईन्छ ।
धिमाल भाषामा भोग्नु परेका चुनौतिहरु
कुनै पनि जातिमा आफ्नो भाषा धमर्, संस्कार संस्कृतिलाई ः बचाइ राख्न पर्छ । भाषा, धर्म, संस्कृति तथा संस्कार जातिको रहे ना त्यस जातिको पहिचान हुन्छ । हाल विश्व आधुनिकरणले संचारका माध्यमवाट हरेक घडिमा धर्म, समाज तथा संस्कृतिहरु परिवर्तन हुदै गएको छ । यहि आधुनिकरणको चपेटामा आई आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार संस्कृति आदिमा चुनौति आएको छन । यहि चपेटामा धिमाल जातिको मातृभाषामा पनि निम्न चुनौति रहेको पाईन्छ ।
क) विश्व समाज परिवर्तनले जातिय तथा भाषिक पहिचान बिर्सिदै जानु ।
ख) आफ्नो मातृभाषा प्रति लगाव नहुनु तथा बोल्नु लाज मान्नु ।
ग) घरमा पनि छोराछोरी माझ मातृभाषा नबोल्नुु ।
घ) अन्य जात जातिको सम्पर्कमा बढि घुलमिल हुनु ।
ङ) जुनै बेला परिवारमा पनि खस भाषाको प्रयोग हुनु । अन्तरजातिय विवाह गर्नु ।
च) विद्यालयमा मातृभाषाको अध्ययन नहुनु ।
च) आफ्नो मातृभाषाको साहित्य लेख रचना तथा पुस्तक प्रयाप्त मात्रामा नहुनु तथा लेखक नहुनु ।
छ) जातिय संगठनहरुमा भाषा प्रति सजक नहुनु ।
ज) सहरी क्षेत्रमा बसोवास तथा बैदेशिक रोजारमा जानु ।
झ) बाह्यि समाज र विदेशी संस्कृतिको प्रभाव पर्न थाल्न ।
ञ) मातृभाषाको महत्व तथा ज्ञान नहुनु ।
ट) रेडियो, टेलिभिजन, चलचित्र तथा नेट इन्टरनेटमा बढि आक्रासित हुन
धिमाल भाषाको अवस्था, संरक्षण तथा उपायहरु ः–
धिमाल जातिका मानिसहरूले आफ्नो मातृभाषाका रूपमा धिमाल भाषाको प्रयोग गर्दछन् । राष्ट्रिय जनगणना २०६८ अनुसार २६,२९८ धिमालहरूका जनसंख्या मध्ये मातृभाषाका रूपमा धिमाल भाषा बोल्नेहरूको सङ्ख्या १९,३०० देखाइएको छ । जातीय जनसङ्ख्या र मातृभाषी जनसङ्ख्यामा देखिने यो अन्तरले धिमालहरूले व्रmमशः आफ्नो भाषा बोल्न छोड्दै गएको देखिन्छ । हाल ४० वर्ष माथिका उमेर समूहका धिमालहरुले मात्र धिमाल भाषामा बोलिचाली वा कुराकानी गर्दै गरेको पाईन्छ । ४० वर्ष तलका वा युवा पिडिले तथा बालवालिकाहरुले आफ्नो समुदायसंग पनि धिमाल भाषामा बोलेको पाईदैन । सहरीकरण तथा रोजगारी शिलसिलामा सहरमा बसोवास गर्ने धिमालहरु मातृभाषा भन्दा नेपाली भाषावाट कुराकानी गरेको पाईन्छ । त्यसै गरि अन्तर जातीय विबाहले भाषा लोप हुने आवस्था नआउला भन्न सकिदैन । भाषिक जीवन्तताका दृष्टिले यो सकारात्मक नभएको कुरा मनन गरी हरेक धिमालभाषा, भाषी तथा अभिभावकहरूले आफ्ना बालबालिकालाई मातृभाषा बोल्न प्रेरित गर्नुका साथै उनिहरुसित धिमाल भाषाको प्रयोग मात्रै गर्दै जाने हो भने पनि धिमाल भाषा संरक्षणमा महत्त्वपूर्ण कदम हुने देखिन्छ । आफ्नो मातृभाषा संरक्षण गर्नू नै धिमाल जातिको पहिचान गर्नु हो । धिमाल भाषा संरक्षण, सम्बर्धन तथा विकासका निम्ती केहि सामान्य उपाय अवलम्बन गर्दा पनि भाषा संरक्षणमा महत्वपुर्ण योगदान हुनेछ ।
क) आफ्नो घरपरिवार वा जातिसंग धिमाल भाषाको बढि भन्दा बढि कुराकानी तथा प्रयोग गर्ने बानी बसाल्ने ।
ख) काखे वालवालिका देखि नै धिमाल शव्दहरु बोल्न सिकाउने, मातृभाषाको महत्व छोराछोरीलाई राम्ररी बुझाउने ।
ग) धिमालहरुको मातृ भाषा बोल्ने क्षमताको अभिबृद्धि गराउने ।
घ) भाषाप्रति जातीय संस्था सजक हुनु पर्ने, मातृभाषाको बारेमा अन्तरकृया तथा भाषा गोष्ठि समय समयमा गरिरहन पर्ने ।
ङ) धिमाल भाषामा प्रकासित भएका पत्रपत्रिका, लेख रचना, कथा कविता, साहित्यीक पुस्तकहरु पढ्नु तथा पढ्नु हौसल्ला दिने वा अविभावकले सहज तरिकाले उपलब्ध गराई दिने ।
च) मातृभाषामा लेख रचना आदि लेख्न वा बोल्न वालवालिका युवायुवतहिरुलाई प्रतियोगिता गराउने ।
छ) बहुभासिक शिक्षा प्रणली अनुसार धिमाल विद्यार्थी भएका विद्यालयहरुमा पठन पाठन शुरु गर्ने ।
ज) भासिक साहित्यीक तथा लेख रचनाको विकास गराउन विज्ञ लेखकहरु उत्पादन गर्ने ।
झ) आफ्नो परिवारवाटै मातृभाषा शिक्षा शुरुवात गरी घर परिवारमा मातृभाषामा बोल्न लगाउने ।
ञ) धिमाल जातिको बाहुल्यता भएको क्षेत्रमा मातृभाषा पाठ्पुस्तक विद्यालयमा पठनपाठन गराउने ।
ट) आफ्नो परिवारवाटै भाषा संरक्षण गर्नु पर्ने सचेतना जगाउने ।
ठ) टेलि चलचित्र, वाल चलचित्र, वाल साहित्य धिमाल भाषामा बनाई प्रशारण गर्नु पर्ने ।
समग्रमा धिमाल भाषा संरक्षण गर्न हरेक धिमाल अविभावक, बुद्धिजिवी, संघ संस्था तथा हरेक गाउँ घरमा मातृभाषा सम्बन्धि ज्ञान,सचेतना, कार्यशाला गोष्ठि, पत्रिका लेख रचना गर्नुका साथ साथै हरेक धिमालले आफ्नो परिवारहरु संग धिमाल भाषा प्रयोग गरे मात्र पनि धिमाल मातृभाषा संरक्षणमा टेवा पुग्ने छ ।
(साभारः धिमाल जातीय विकास केन्द्रद्धारा प्रकाशित स्मारिका)