धिमालले गरे दान्कावाराङ पूजा
प्रकृति पूजक यिनीहरू हिन्दु धर्ममा जस्तै शिव मान्छन्
वैशाखको पहिलो साता पूजा
वैशाख ६, २०७६कान्तिपुर संवाददाता
बिर्तामोड — सधैंको वर्षझैं यसपालि पनि बिर्तामोड ५ को निचाझोडा जंगलमा भेला भए धिमाल । बालबच्चादेखि पाका दिनभर दन्कावाराङ पूजामा रमाए । प्रकृति पूजक यिनीहरू हिन्दु धर्ममा जस्तै शिव मान्छन् । शिवलाई धिमाल भाषामा दान्कावाराङ भन्छन् । अर्थात् दान्कावाराङ यिनीहरूको कुल देवता हो । वैशाखको पहिलो साता उनीहरू दान्कावाराङ पूजा गर्छन् । यही मेसोमा पुर्खालाई सम्झिन्छन् । पुरानो वर्षलाई विदाइसँगै नयाँ वर्षलाई स्वागत गर्छन् । निचाझोडा क्षेत्रभित्र धिमालको प्राचीन गढ छ ।
भर्खरै मन्दिर पनिबनाएका छन् । धिमालहरू आफ्नो कुल देवतालाई पोथी (भुनी) सुंगुर बली दिन्छन् । त्यसलाई प्रसादको रूपमा बाडिने गरिन्छ । वन क्षेत्रभित्र धिमाल सेनाको प्राचीन गढ थियो भन्ने इतिहास छ । त्यसै स्थानमा ऐतिहासिक पोखरी छ । यसलाई गोह्री भन्ने गरिन्छ । प्रसिद्ध इतिहासकार वीएच हड्सनले आफ्ना पुस्तक ‘एस्से अन कोच बोडो एन्ड धिमाल ट्राइव्स’ र हेमिल्टनले ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ नामक पुस्तकमा यो स्थानको उल्लेख गरिएको छ । पुस्तकमा डेढ हजार वर्ष पहिले कोशीदेखि सिलिगुडी भारत नजिकको महानन्द नदीसम्मको भूभाग धिमालहरूको राज्य रहेको उल्लेख छ ।
नेपाल एकीकरणताका धिमाल र गोर्खाली सेनावीच कोशीको चतरामा ७ दिन लामो युद्ध भएको र त्यही युद्धताका यसै क्षेत्रमा ठूलो धिमाल बस्ती रहेको बताइएको छ । युद्धको त्रासका कारण ज्यान बचाउन पोखरीमा लुकेका धिमाल बाहिर निस्कन नपाएर मारिएका थिए । उनीहरूलाई एक त्रान्त्रिकले ज्यान बचाउन पोखरीमा अलप पारेका थिए । तर, त्रान्त्रिक नै युद्धमा मारिएपछि हजारौं धिमाल त्यही पोखरीभित्रै अलप भएको किंवदन्दी रहेको पात्र धिमालले बताए । ‘अदृश्य रूपमा रहेका हजारौं धिमालहरू हाल समेत त्यही पोखरीमै रहेको विश्वास हाम्रो छ’, धिमाल ऐतिहासिक गढ संवर्द्धन समितिका अध्यक्ष लक्ष्मी धिमालले भने । धिमाल समुदायका लेखक सोमधिमालका अनुसार ‘मधेसका लिम्बू’ पनि भनिन्छ धिमाललाई । उनीहरू पूर्वी तराईका भूमिपुत्र हुन् ।
प्रकाशित : वैशाख ६, २०७६ ०९:२८