थारू बस्तीमा माघीको उल्लास
जिता, ढिक्री, घोंगी र मुसाका परिकार, गाउँगाउँमा बडघर चयन, छोराछोरीको विवाह मिति तय
माघ १, २०७५प्रदेश ५ ब्युराे
बुटवल — पश्चिम तराईका थारू गाउँलाई माघीको रौनकले छपक्कै छोपेको छ । सोमबारदेखि खानपान र नाचगान सुरु भए । गाउँमा परदेशी फर्किएका छन् । यसलाई बहुआयामिक पर्व मानिन्छ । माघ १ गते परिवारका सबै सदस्य स्वतन्त्र हुन्छन् ।
आत्मनिर्णयको अधिकार उनीहरूलाई दिइन्छ । यसैले माघीलाई स्वतन्त्रताको पर्व भनिन्छ । ठूलो परिवार अलग–अलग हुन सक्छन् । छोराछोरीको विवाहको मिति तय गरिन्छ । घरमूली फेर्न पाउँछन् । गाउँका लागि आवश्यक नियम यही दिन तय गरिन्छ ।
‘गाउँका अगुवा (बडघर) पनि चयन गरिन्छ,’ अगुवा नारायण चौधरीले भने, ‘माघी लोकतान्त्रिक पर्व हो ।’ थारू समुदायले यसलाई वैज्ञानिक पर्वका रूपमा मनाउँछन् । यतिबेला घरमा खाद्यान्न र बारीमा तरकारी हुने भएकाले पर्व मनाउन सहज छ । बडघर छनोट गर्न गाउँभरिका परिवारका घरमूलीले आफ्ना मत वा तर्क पेस गर्छन् । थारू समुदाय संस्कृतिको खानी मानिन्छ । पछिल्लो समय संस्कृति बिर्सिन थालेपछि यसलाई सांस्कृतिक अभियानका रूपमा मनाउन थालिएको हो ।
दाङ, बाँके र बर्दियाका थारू बस्तीमा सोमबार मासुका लागि (जिता) सुँगुर–बंगुर मारिएका छन् । ढिक्री पकाउन सुुरु भइसकेको छ । घोंगी, माछा, मुसाका परिकार तयार भइसकेका छन् । राति माघी नहान (स्नान) गरिन्छ । गाउँगाउँमा सांस्कृतिक कार्यक्रम राखिएका छन् । माघीले समुदायमा उत्साह थपेको छ । सोमबार राति १२ बजेपछि तालतलैया, नदीमा गएर स्नान गरी शिवालयमा जल चढाउने परम्परा छ ।
स्नानपछि आफूभन्दा ठूलालाई ढोग गरी (निसराउ) चामल छुनुपर्छ । जुन चालम विपन्नलाई दान दिने र उब्रेमा दिदीबहिनीलाई कोसेली पठाइन्छ । ‘मासुका लागि जिता तयार भइसक्यो,’ बाँके बैजनाथ–८ का बडघर केदार चौधरीले भने, ‘सोमबार बिहानैबाट चहलपहल बढेको छ । रमाइलोसुरु भइसक्यो ।’
माघी लक्षित गरेर बैजनाथ गाउँपालिका गुरुदयालपुर, राप्ती सोनारी गाउँपालिकाको भुवरभवानी, बर्दियाका बाँसगढी नगरपालिका, ठाकुरद्वारा, सदरमुकाम गुलरियामा महोत्सव तथा मेला आयोजना गरिएको छ । त्यहाँ माघी परिकार बिक्रीमा राखिएका छन् । परम्परागत पहिरनमा सजिएर माघीका गीत गाउँदै रमाइरहेका छन् ।
ढिक्री र मघौटा
माघीमा थारू समुदायले पकाउने महत्त्वपूर्ण परिकार ढिक्री हो । यसले बेग्लै पहिचान बनाएको छ । अहिले माघीको रौनकसँगै थारू गाउँमा ढिक्री पाकिरहेका छन् । अन्य समुदायका मानिस यसको स्वाद लिन थारू गाउँ पस्छन् । अचेल औपचारिक कार्यक्रममा पनि खाजाका रूपमा ढिक्री खुवाउने गरिन्छ । यो चामलको पिठोको परिकार हो । यो बाफबाट पकाइन्छ ।
पकाउने तरिका म:मको जस्तै हो । ‘थारू समुदायका चाडपर्व भनेपछि ढिक्रीको नाम आइहाल्छ । ढिक्री नपकाएसम्म पर्व नै मनाइँदैन,’ घोराही १०, नारायणपुरकी सरस्वती चौधरीले भनिन्, ‘हामीले ढिक्रीलाई महत्त्वपूर्ण परिकार मान्दै आएका छौं । अरू समुदायका पनि थारू गाउँ आएपछि ढिक्री खोज्छन् ।’ माघीको अवसरमा ढिक्री पकाउने, अचार बनाउने, रोटी पकाउने, सुँगुर काट्नेलगायत काम चलिरहेका छन् । दिनहुँजसो नाचगान र खानपिन चलिरहेको छ । माछा, खसी, सुँगुर, कुखुरा मार्नुका साथै तरुल पनि खनिएका छन् ।
खास माघी पर्व माघ १ गते हो । यस दिन बिहानै नुहाउने, अग्रजसँग टीका ग्रहण गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा निसराउ दिन जाने चलन छ । माघीमा मघौटा गीत गाइन्छ । घरघरमा नाचगान गर्दै जाने र ढिक्री खाने परम्परा रहेको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘माघीमा मघौटा गीत र नाचसँगै ढिक्री खाएर रमाइलो गरिन्छ,’ उनले भने, ‘ढिक्री थारूको पुरानो परिकार हो । यसलाई विभिन्न पौराणिक कथासँग जोडेर व्याख्या गरिन्छ ।’ पाँच पाण्डवमध्येका सबैभन्दा बलिया भीम भएको र उनले पिठोको नपाकेको रोटी खाएको कहानीसँग पनि ढिक्रीको प्रसंग जोडिने उनले बताए ।
चलन हरायो
माघी थारू समुदायको नयाँ वर्ष हो । यस दिन वर्षभरिको योजना तर्जुमा गरिन्छ । जिम्मेवारी बाँडफाँट हुन्छ । पहिले माघीका दिन मुखिया चुन्ने चलन थियो । सबैले सम्मान गर्ने र न्याय गर्न सक्ने व्यक्तिलाई वर्षदिनका लागि मुखिया चुन्थे । गाउँघरमा झगडा, दु:ख पर्दा, सहयोग आदानप्रदान मुखियाको निर्देशनमा हुने र जग्गाको तिरो उनैमार्फत बुझाउने चलन थियो ।
अहिले उक्त चलन हराएको छ । पश्चिम नवलपरासीको सरावलका ७५ वर्षीय जितबहादुर चौधरीलाई गाउँमा मुखिया चुन्ने परम्पराको अझै सम्झना छ । ‘गाउँभरिका जम्मा भएर नाचगान गर्ने, मीठो खाने र आपसमा सहमति गरेर एक अगुवालाई मुखिया चुन्ने गरिन्थ्यो,’ उनले भने, ‘बहुदल आएपछि राजनीतिक पार्टीको चहलपहलले यो प्रथा हराएजस्तो भयो ।’
थारू गाउँ मिश्रित समुदाय भयो । नयाँ पुस्ताले आफ्नो भाषा नजान्ने अवस्था आएपछि यसको संरक्षणमा थारू अगुवाले चासो देखाएका छन् । मौलिक पोसाक र संस्कृति संरक्षणका लागि विभिन्न स्थानमा महोत्सव गर्ने, मौलिक नाच प्रतियोगिता गर्ने र नयाँ पुस्तालाई मौलिक संस्कृतितर्फ आकर्षण गर्न खोजिएको स्थानीय मनीराम थनैतले बताए ।
चेली पुज्ने पर्व
माघी ठाउँ र परिवेशअनुसार फरक–फरक तरिकाले मनाइन्छ । पूर्वी रुकुममा मीठो खाने, सिस्नो हान्ने र परम्परागत खेल खेलेर मनाउने चलन छ । केही क्षेत्रमा छोरीबहिनीलाई पुज्ने गरिन्छ । मगर समुदायले माघीमा चेली पुज्ने गर्छन् । पुथाउत्तरगंगा र भूमेका अधिकांश र सिस्ने गाउँपालिकाका केही ठाउँमा छोरीबहिनीको पूजा गरिन्छ ।
यो चलन ठाउँपिच्छे फरक छ । कति ठाउँमा बिहान भाले बास्नेबित्तिकै र कति ठाउँ ढिला गरेर छोरीबहिनी पुज्ने गर्छन् । पुजिसकेपछि उनीहरूलाई मीठा परिकार, लत्ताकपडाका साथै दक्षिणा दिने चलन छ । ‘दिन लामा हुने, रात छोटा हुने, जाडो भाग्ने र न्यानो लाग्ने संक्रान्तिका रूपमा यसलाई लिइन्छ,’ भूमेका अध्यक्ष रामसुर बुढामगरले भने, ‘छोरीबहिनी पुज्ने चलन उहिल्यैदेखिको हो ।’
मगर समुदायले छोरीबहिनी पुजिसकेपछि ‘अस्तासिन्या’ सुरु गर्छन् । हरेक वर्षको माघ महिनाको पहिलो दिन सुरु हुने ‘अस्तासिन्या’ सात दिनसम्म चल्ने गर्छ । खाम भाषामा ‘अस्तासिन्या’ को अर्थ तारो अर्थात तिर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसियालीमा परापूर्वकालदेखि ‘अस्तासिन्या’ हान्न थालिएको भनाइ छ ।
जिल्लाको पुथाउत्तरगंगा, भूमे गाउँपालिकाका अधिकांश ठाउँ र सिस्नेका केही गाउँमा यो पर्व मनाइन्छ । पुथाउत्तरगंगाको १ देखि ४ वडामा यो पर्व विशेष धुमधामसाथ मनाइन्छ । प्रकाशित : माघ १, २०७५ ०८:१६