Monday, June 10, 2019

चार घण्टा घमासान

चार घण्टा घमासान
पुस २३, २०७५
मोहन शाही
डोटी — दिउँसो २ बजेको थियो। दुई गाउँको युद्ध हेर्न दर्शक ओइरिए। मल्लो सानागाउँका बिरु नेपालीले लडाइँ सुरु हुन लागेको संकेत दिन नरसिंहा फुके । हात–हातमा धारिलो तरबार र ढाल बोकेका ४० जवानलाई कप्तान खड्कसिंह खड्काले युद्धका लागि तयार हुन आदेश दिए।
लगत्तै तल्लो सानागाउँका हर्कबहादुर भूलले पनि नरसिंहा फुके। प्रतिकारमा उत्रन ५३ वर्षीय कप्तान बमबहादुर खड्काले जोसिँदै आफ्नो फौजलाई मैदानमा आउन निर्देशन दिए। डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँस्थित देवलगणि गाउँमा दुवै फौजबीच झन्डै ४ घण्टा युद्ध चल्यो। टाउकोमा सेतो पगडी र झकुलो लगाएका सैनिकहरूबीचको लडाइँले खेत रणमैदान बन्यो।

निरन्तरको लडाइँमा मल्लो सानागाउँको फौज पराजित भयोरु। लडाइँका लागि १५ दिनअघिदेखि तालिम लिँदै आए पनि सैन्य चन्द्र नेपालीको शिरबाट टोपी खसेपछि विपक्षीसँग हार व्यहोर्नुपर्‍यो। अन्तत: तल्लो सानागाउँको टोलीले जितको खुसियाली मनायो। गाउँभरकाले सेनालाई धन्यवाद र आशीर्वाद दिए। दुई गाउँबीच यसरी नै घमासान युद्ध हुन थालेको वर्षौं भयो।
बर्सेनि एक पटक देवलगणि खेत रणमैदान बन्ने यो लडाइँ वास्तविक भने होइनरु। सानागाउँवासीले पुर्खौंदेखि मनाउँदै आएको सांस्कृतिक पर्व भुवोको प्रदर्शन हो। सुदूर पहाडका बाजुरा र अछामसमेतको मौलिक चाड भुवो डोटीको सानागाउँमा भने युद्धकै झल्को दिने गरी मनाइन्छ।
विगतका राजा रजौटाका सेनाको युद्ध झल्काउने संस्कृति पुर्खौंदेखि उल्लासका साथ मनाउने गरिएको स्थानीय रघु कठायतले बताए। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा मनाइने भए पनि युद्धकै झल्को दिने गरी सानागाउँमा मात्रै देख्न पाइने स्थानीय कप्तान बमबहादुरखड्काले बताए। ‘युवा पुस्ताले इतिहास पढेर वा कुनै काल्पनिक फोटो, भिडियो हेरेर राजा रजौटाका सेनाहरूको लडाइँबारे जाने/बुझेका होलान्,’ उनले भने, ‘तर सानागाउँमा हरेक वर्ष विगतको यथार्थ लडाईं झल्काउने गरी मौलिक संस्कृतिलाई जीवन्त बनाइँदै आएको छ।’
सानागाउँमा मनाइँदै आएको यो पर्वमा दुई गाउँबीच ३ विधामा युद्ध हुन्छ।युद्धको सुरुवात उनीहरू आफ्नो सामथ्र्य देखाउने एउटा विधाबाट गर्छन्। करिब ५० मिटर दूरीमा बसेर मल्लो सानागाउँको टोलीले अग्लो भागमा किल्ला बनाएर आक्रमण गर्छ। तल्लो सानागाउँको टोली तल्लो भागबाट प्रतिकार गर्छ।
दुबै सेनाले आफ्नो किल्लाबाट एक वा दुईभन्दा बढी सैनिकलाई प्रतिनिधिका रूपमा पठाएर एक/एक गरी विभिन्न कला, धनसम्पत्ति, घरपालुवा जनावर, विशेषज्ञ सेवा तथा क्षमताहरू विपक्षीसामु प्रदर्शन गर्छन्रु। ‘पहिले तल्लो सानागाउँको फौजबाट प्रदर्शन हुन्छ, त्यसपछि मल्लो सानागाउँको पालो पाउँछ,’ वयोवृद्ध दीर्घ खड्काले भने, ‘कम्तीमा २० भन्दा माथि यसरी एउटा समूहले प्रदर्शन गर्छ। यसमा विपक्षीलाई हतोत्साहित पार्न विभिन्न आक्रोश, ठटयौली, माया पिरतीजस्ता रस पनि देख्न पाइने भएकाले दर्शकहरू हेर्नका लागि झुम्मिन्छन्।’ यस्तो प्रदर्शन गर्ने क्रममा सेनाले चाल, लुगाकपडा तथा जुत्ता चप्पल केही पनि सामान शरीरबाट खसायो भने उसको समूहले हार स्विकार्नुपर्ने उनी बताउँछन्।
दोस्रो विधा हो कवाज प्रदर्शनरु। स्थानीयले कवाजलाई चाली खेल भन्ने गरेको ६७ वर्षीय गोपी नेपालीले बताएरु। यसमा सेनाले सामूहिक रूपमा तरबार नचाउने, पैंताला मिलाउने, ढालले विपक्षीको प्रहार छेक्ने जस्ता ५२ प्रकारका कवाजहरू प्रदर्शन गरिने प्रचलन रहेको डोटी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नरेन्द्र खड्का बताउँछन्।
भुवो खेलका ८ खुट्टा, १६ चाल छन्रु। पछिल्लो समय १ देखि ९ नम्बरसम्मका चाली खेलिने गरिन्छ। सबै चाली बाजा वा तालमा निर्देशित हुन्छरु। खेल्दाखेल्दै थाकिने भएकाले हरेक चालीको अन्तमा विश्राम गर्ने चाली आउँछ। विश्रामको चाली खेलभर १८ पटक आउने गर्छरु। जसलाई ठाडी वा रटक भनिने गरेको १२ वर्षदेखि भुवो खेल्दै आएका चन्द्रसिंह नेपाली बताउँछन्।
तेस्रो विधा हो घाईरु। यो विधाअन्तर्गत फौजका कुशल सेनाहरू लडाइँमा उत्रन्छन्रु। एकआपसमा तरबार र ढालले प्रहार गर्छन्रु। लडाइँ हुँदा अन्य सैनिकले आफ्नो प्रतिनिधिलाई होहल्ला गरेर वा ताली पिटेर प्रोत्साहन गर्छन्। यस विधामा सेनाहरू एक/एक गरी तथा ५ वटासम्म जोडी बनाएर पनि एकअर्कामाथि प्रहार गर्छन्। दुइटा फौज लड्दा गाउँलेले पनि आ–आफ्ना सेनालाई लड्न प्रेरित गर्ने स्थानीय नेता देवबहादुर खड्काले बताए।
डोट×याली संस्कृतिका जानकार सुरतबहादुर शाहको पुस्तक ‘अछामका चाडपर्वहरू’ मा भुवा नाच प्राचीनकालदेखि चल्दै आएको उल्लेख छ। शाहका अनुसार प्राचीनकालमा राजकाज चलाउने क्रममा युद्ध भइरहने भएकाले क्षत्रीलाई लडाइँका लागि तयार बनाइराख्न हातहतियारको युद्धकला तालिम दिइन्थ्यो।
हिउँदमा खासै कामकाज नहुने भएकाले सैनिकहरू मुढाको आगो ताप्दै युद्धकलाको अभ्यास गर्थे। गोली, बारुद तथा बम गोलाजस्ता हातहतियार नभएको अवस्थामा बाइसे–चौबिसे राज्यकालमा समेत सेना तरबार र ढालका भरमा लडाइँ गर्ने गरेको इतिहासकारहरू बताउँछन्। पछि त्यही युद्धकला संस्कृतिका रूपमा परिणत भएको साहित्यकार प्राध्यापक बद्री बिनाडीले बताए। प्रकाशित : पुस २३, २०७५ ११:१४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...