Friday, June 07, 2019

सातगाउँलेले ताने रथ


सातगाउँलेले ताने रथ
जेष्ठ २४, २०७६प्रशान्त माली
ललितपुर — लगनखेल इटी टोल लय मिलाएर विभिन्न बाजामा नृत्य गर्दै गरेका युवायुवतीका उल्लासपूर्ण दृश्य रथ तान्न तम्सिएका युवाहरू भक्तजनको भीडभाड यो ठेलमेल रातो मत्स्येन्द्रनाथ रथ बिहीबार लगनखेल थती टोलबाट जावालाखेल तान्दाको हो
प्रायःलाई लाग्न सक्छ मत्स्येन्द्रनाथ रथ जता पुर्‍याए पनि पाटनवासीले मात्र तान्छन् तर थती टोलबाट जावालाखेलसम्म पुर्‍याउँदा लगनखेल, सुन्धारा, मंगलबार, च्यासललगायत पाटनका भित्री टोलवासीले रथ तान्दैनन् यो रुटमा भने पुल्चोक सातगाउँले (मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुंगल, पाँगा र नःगाउँ) ले तान्ने चलन छ

कीर्तिपुर नगरपालिका– ५ पाँगास्थित सिकुछेँ टोलका ७० वर्षीय चन्द्रबहादुर महर्जन बिहीबार साँझ धिमे बाजामा नाच्दै थिए बाजाका गुरु उनी प्रत्येक वर्ष रथ जावलाखेल तान्दा अनिवार्य सहभागी हुन्छन् नाचमा उनलाई साथ दिइरहेका थिए ४५ वर्षीय श्याम महर्जन र ५० वर्षीय इन्द्रबहादुर महर्जन

गुरु महर्जन भन्छन्, ‘खासगरी सातगाउँलेवासी रथ जावलाखेल पुर्‍याउन तान्न आएका थिएनन् कीर्तिपुरमा लैजान आएका थिए।’ उनका अनुसार एकपटक नरिवल जात्राको राति मत्स्येन्द्रनाथ रथबाट लोप भए यसबारेमा पुजारीले राजदरबारमा खबर गरे राज ज्योतिषीले ध्यान गरेर हेर्दा कीर्तिपुरमा आफ्नी प्रेमिका भेट्न गएको थाहा पाउँछन् मत्स्येन्द्रनाथलाई फर्काउन दलबलसहित कीर्तिपुर पुग्छन् प्रेमिकाले भने फिर्ता पठाउन मान्दिनन्

लगनखेलबाट रथसहित कीर्तिपुरमा लैजाने र महिलाको जात्रा पनि सम्मानपूर्वक चलाउने वाचासहित फिर्ता ल्याउँछन्,’ उनले भने, ‘तर, त्यति बेला पाटनवासीले कीर्तिपुर लैजान नदिन रथ फसाउने दाउले जावलाखेलमा खाल्डो बनाएर राखेको हुन्छ अनि रथ जावलाखेलमा पुगेपछि त्यही खाल्डोमा खस्छ।’ उनका अनुसार अहिले पनि रथ जावलाखेल पुगेपछि खाल्डोमा हाल्ने र प्रेमिका भेट्न गएका मत्स्येन्द्रनाथलाई लिन जाने भनी पानेजुहरू कीर्तिपुर पुग्ने चलन छ

जात्रामा पाँगाबाट इन्द्रबाजा पनि सम्मिलित गराइएको थियो परम्पराअनुसार इन्द्रबाजा बजाएपछि अनिवार्य रूपमा स्वर्गका राजा इन्द्र स्वयं उपस्थित हुनुपर्ने कथन छ अब रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा हुन्छ कीर्तिपुर नगाउँका ६० वर्षीय धर्म महर्जन भन्छन्, ‘पाटन भित्री बस्तीको मुख्य जात्रा नरिवल खसाल्ने हो पाटनबाहेक अन्य क्षेत्रका मुख्य जात्रा भोटो जात्रा हो।’ भोटो जात्रालाई स्थानीय नेपाल भाषामा ‘ज्याःभूलःज्याः’ भनिन्छ

मत्स्येन्द्रनाथ रथ गाःबहाल पुगेपछि गाःबाः याः, सुन्धारा पुगेपछि नुगः याः र लगनखेल पुगेपछि लगः या भनी भूज्याः जात्रा मनाइन्छ ‘भू’ को अर्थ थाल अथवा जमिन हो ‘ज्याः’ को अर्थ थालभरि जमिनमा उब्जनी भएका वस्तु भन्ने बुझिन्छ रातो त्स्येन्द्रनाथका प्रमुख ज्योतिषी कीर्तिमदन जोशी भन्छन्, ‘भूज्याः भनेको थालभरि जमिनमा उब्जनी भएका अन्न, मकै, गहुँ फलफूललगायत धुपबत्ती राखेर मत्स्येन्द्रनाथलाई चढाउनु हो।’

उनका अनुसार पुल्चोकदेखि गाःबहालसम्मको रथयात्रा पहिलो चरणको हो यो यात्रा स्वर्गलोकको भ्रमणतुल्यको रूपमा लिइन्छ पहिलो चरणको जात्रा मत्स्येन्द्रनाथलाई नेपाल ल्याउन भूमिका खेलेका काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजूको स्मरणमा चलाएको थियो गाःबहालदेखि सुन्धारासम्मको यात्रा राजा नरेन्द्रदेवको सम्झनामा चलाइएको मानिन्छ यस यात्रालाई भने मर्त्यलोक भ्रमण सरह लिइन्छ

सुन्धारादेखि लगनखेलसम्मको यात्रालाई पाताल लोकको भ्रमणतुल्य मानिन्छ यो यात्रालाई रथचक्र भनिने ललित ज्यापूको नाममा चलाइएको हो भोटो जात्रामा मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिने मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो जावलाखेलमा देखाइन्छ

बिहीबार रथ जावलाखेल पुर्‍याउँदा ललितपुरकी जीवित देवी कुमारीलाई कुमारीपाटीस्थित पाटीमा ल्याएर राखिएको थियो ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोह स्थलमा ल्याइएको थिय

रथ तान्नुअघि गुरुजु पल्टनले टोप लगाएका थिए मत्स्येन्द्रनाथ रथसँगै जटाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको नेपालमा १२ वर्षसम्म अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत असमको कामरुपकामाक्ष पर्वतबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोक कथन छ नेपालको सर्वप्राचीन गोपाल राजवंशावलीमा पनि नरेन्द्रदेव आचार्य बन्धुदत्तले मत्स्येन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख
प्रकाशित : kantipur, जेष्ठ २४, २०७६ ०७:५६


इतिहासको विपरीत धार

  इतिहासका विपरीत धार - - युग पाठक रेग्मीको इतिहास लेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । आश्विन ७...