Sunday, June 09, 2019

ब्युँतिँदै पुर्ख्यौली नाच


ब्युँतिँदै पुर्ख्यौली नाच
जेष्ठ २२, २०७६ बिना थापा
कास्की — बूढापाका बितेर गएपछि नाच हरायो १४ वर्षसम्म नाच्ने कोही भएन कुनै बेला लोकप्रिय मगर संस्कृतिको पुर्ख्यौली नाच लोप हुँदै गएपछि जर्गेना गर्न म्याग्दीका युवा लागिपरेका छन् म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङका युवा नाच संरक्षणमा जुटेका हुन वडाध्यक्ष चन्द्रप्रसाद फगामी पुनमगरको पहलमा केही समययता युवापुस्तालाई नाचमा आकर्षित गरी नाच ब्युँझाउन लागिएको हो 
जिल्लाका विभिन्न गाउँका पुर्ख्यौली नाचको प्रतिस्पर्धा हुन्थ्यो तर बीचमा यो नाचै हरायो,’ उनले भने, ‘संस्कृति लोप हुनु भनेको संस्कार पनि हराउनु हो यही भएर अब नाचलाई ब्युँझाएर युवालाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेका हौँ।’ उनले विगतको अनुभव विभिन्न स्थानमा हुने प्रतियोगिताबाट नाच सिकेर गाउँमा पनि युवालाई सिकाउन लागिएको बताए वर्षदेखि नाच सिकाएको अझै पूरा नभएको उनकोभनाइ थियो

सुरुमा चन्दा संकलन गरी नाचका लागि आवश्यक मादल, गरगहनालगायत सामग्री जुटायौं र युवालाई सिकाउन थाल्यौँ,’ उनले भने नाचमा १९ जनाको समूह हुने भएकाले धेरैजना पुरुष चाहिन्छ गीत गाउने महिला भए पनि नृत्यका लागि पूरै पुरुष हुन्छन् महिलाको कपडा पुरुषले गाउनुपर्ने हुन्छ, र जुन पुरुषलाई मारुनी भनिन्छ

साथमा मारुनीसँग नाच्ने पुरुष पनि उनीहरूको संख्या बराबर चाहिन्छ जसलाई मादले भनिन्छ गीतमा पूरै देवीदेवताको नाम लिने भएकाले महिनाबारी भएको महिला नाच्न नहुने धार्मिक विश्वासले महिला नाच्दैनन नाचमा मारुनी, मादले ५ र ९ जनाले गाउँछन्

मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुंग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् भने मादलेले कछाड, सर्ट, पेटी, भांग्रा, टोपीलगायत कपडा लगाएर नाच्ने गछन् ‘यो नाच विवाह, पास्नीजस्ता शुभकार्यमा सरस्वती जगाउने र दान दिएपछि अन्तिममा सबै दिशाका देवीदेउताको नाम लिई आशीर्वाद लिने गरिन्छ,’ पुनमगरले भने विदेश जाने उमेरका युवालाई भन्दा पनि स्कुल पढदै गरेका विद्यार्थीलाई नाच सिकाइएको

अर्का प्रशिक्षक लोकबहादुर फगामी पुनमगरले म्याग्दीबाट बसाइँ सरेर पोखरा र चितवन पुगेका बूढापाकामार्फत आफूले सिकेर अरूलाई सिकाएको बताए ‘नयाँ पुस्तामा नाच आइसकेको ,’ उनले भने आफ्नो संस्कृतिको पुर्ख्यौली नाच सिक्न पाउँदा खुसी लागेको विद्यार्थी भविन पुनले बताए कक्षामा अध्ययनरत उनी पढाइसँगसगै संस्कृति संरक्षणमा लागेका हुन्

यो मेरा लागि ठूलो अवसर हो,’ उनले भने, ‘त्यसैले पढाइसँगै नाचका लागि समय व्यवस्थापन गर्दै आएका छौं।’ आफूजस्ता अरू दुई विद्यार्थी पनि नाच सिकिरहेको उनले बताए सुरुमा सिक्दा गाह्रो लागेको थियो तर नाच्दै गएपछि सजिलो भएको उनले बताए
प्रकाशित : kantipur, जेष्ठ २२, २०७६ ०९:३२


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...