पश्चिम किल्ला
चम्बा पो !
इतिहास
नयाँ पत्रिका, २०७६ जेठ १८ शनिबार
०८:५४:०० | काठमाडौं
महापण्डित राहुल सांकृत्यायनको
नाउँ नसुन्ने प्रबुद्ध नेपाली हुँदैनन् होला भन्ने मेरो अन्धविश्वास छ । सोझै अंग्रेजी र संस्कृत भाषा पढ्न नसक्ने तर हिन्दी भाषाचाहिँ पढ्न सक्ने थुप्रै नेपालीको बृहत् सामान्य ज्ञानको आधार राहुल सांकृत्यायनकै किताबको अध्ययन भएको मैले चाल पाएको छु । त्यसैले प्रत्यक्ष रूपमा राहुललाई नचिने पनि राहुलका किताबबाट पाइने विश्वकोशीय सामान्य ज्ञानका लागि थुप्रै नेपाली प्रबुद्ध पाठकका अदृश्य गुरु हुन् – राहुल । मैले नै पनि आफ्ना सामान्य ज्ञानको ठूलो अंश राहुलबाट पाएको अनुभव गरेको छु ।
राहुल सांकृत्यायनसँग सबभन्दा
धेरै हिमचिम भएका नेपाली हुन्– जनकलाल शर्मा । शर्मा मेरी कान्छी बहिनी (रम्भा शर्मा) का ससुरा भएकाले मैले शर्माजीकै सङ्गतमा राहुलले उनलाई लेखेका १०० ओटाभन्दा बढ्ता चिठी पढेको छु र राहुलका थुप्रै प्रसङ्ग शर्माजीकै मुखबाट सुनेको छु । शर्माजीसँगै अनेक सन्दर्भमा
राहुलका अनेक ग्रन्थका पन्नाहरू सँगै पल्टाएको छु । यस अर्थमा राहुल दत्तात्रेयका १०८ गुरुझैँ मेरा पनि गुरु हुन् । म आफूलाई जनकलाल शर्माको चेलो मान्ने हुनाले राहुल सांकृत्यायनको चेलाको चेलो ठान्दछु ।
राहुल सांकृत्यायनको चिनारी र
उनको नेपाल र नेपालीसँगको घनिष्ट साइनो र योगदान केलाउन मैले उनले जनकलाल शर्मालाई
लेखेका चिठी, उनको ‘मेरी नेपाल यात्रा– ५’ भन्ने किताब र ‘जनकलाल शर्माका
संस्मरण’ भन्ने किताबमा संकलित शर्माजीकै तिन ओटा लेखका सूचनालाई आधार बनाएको छु ।
राहुल सांकृत्यायनको अद्वितीय
प्रतिभाका प्रत्यक्षदर्शी जनकलाल शर्मा राहुलको परिचय दिँदै लेख्छन् :
(क) राहुल जीवित विश्व कोश जस्ता जुनसुकै प्रसङ्मा पनि उत्तर दिन सक्ने विद्वान् थिए ।
(ख) राहुल अनेक विषयका आधिकारिक विद्वान् थिए ः पौर्वात्य र पाश्चात्य दर्शन, सक्रिय राजनीतिक समाजवाद, भाषा, व्याकरण, काव्य, कोश, उपन्यास, कथा, सम्पादन, संकलन, सारांश, अनुवाद, यात्रा, पुरातत्व , इतिहास, विज्ञान, जीवनी, आदि ।
(ग) राहुलले विविध विषयका १०८ ओटाभन्दा बढ्ता पुस्तक लेखेका छन् ।
(घ) कुनै मान्छेले पचासौँ वर्ष एकै ठाउँ घुँडा धस्यो भने पनि यति (राहुलले गरे जति) काम गर्न सक्ला भन्ने आसै गर्न कठिन पर्छ ।
(ङ) ‘राहुलको हात कहिल्यै खाली देखिनँ मैले । अनेक पुस्तकमा एकैचोटि काम भइरहेको देखेँ । कुनै सोचिएका, कुनै नोट गरिएका, कुनै लेखिँदै, कुनै प्रेसमा जानै लागेका, केहीको प्रुफ आउँदै, हुन्थे । एकै पटक तिन–चार जनासित कुरा गर्न र डिक्टेट गराउन सक्थे उनी ।’
(च) राहुल संसारका २४ ओटा भाषामा लेख्न, पढ्न र पढाउन सक्थे ।
(छ) राहुल रुसको लेनिनग्राद विश्वविद्यालयमा २५औँ महिना प्राध्यापक भए अनि श्रीलङ्कामा केही वर्ष प्राध्यापक भए ।
(ज) राहुललाई चीनको लिपि सुधार आयोगमा सल्लाहकार बनाइएको थियो ।
(झ) भारतीय उपमहाद्वीपबाट लुप्त भइसकेका संस्कृत भाषाका अनेक ग्रन्थ हिमालपारि गएर राहुलले खोजे अनि कैयौँ भारी ताडपत्र अनुसन्धान संस्थाहरूलाई दिए । विहार रिसर्च सोसाइटीमा पनि राहुलले दिएका त्यस्ता पाण्डुलिपिको बेग्लै सूचीपत्र थियो ।
(ञ) मेरो उपस्थितिमा चर्चा भएका पुस्तक ः बुद्ध, माक्र्स, लेनिन, स्टालिन, माओको जीवनी, भारत में अंग्रेजी राज्य के संस्थापक, विस्मृत यात्री, घुमक्कड स्वामी, असहयोग के मेरे साथी, जिनका मैं कृतज्ञ, वीर चन्द्रसिंह, गढवाली, अकबर, हिमालय प्रदेश, जौनसार देहरादुन, आजमगढ, ऋग्वेदिक आर्य, एसिया के दुर्गम खण्डों में, संस्कृत काव्यधारा, सरह दोहाकोश, प्रमाणवार्तिक (अंग्रेजी संस्करण), नेपाल, जालन्धर खण्ड, आदि । यिनीहरूमा कति कागजमा लेखिएका हुन्थे, कति मनमा मात्र ।
(ट) राहुल बामे सर्न छाडेपछि कहिल्यै एउटै ठाउँमा नबसेका ‘नारद मुनिको पनि गुरु’ जस्तै थिए, १६ वर्षको उमेरदेखि त यायावर (घुमक्कड) भएरै राहुल विश्वका अनेक देश पुगे ।
(ठ) चिताएको कुरो पु¥याएरै छाड्ने राहुलको बानी र शक्ति थियो ।
राहुल सांकृत्यायनको घरको नाउँ केदारनाथ पाण्डे शर्मा थियो । उनी १८ वर्षको उमेरमा वैष्णव हुँदा उनको नाउँ दामोदर बाबा भयो । वैष्णव धर्म छाडेर बिचमा उनी आर्यसमाजी पनि भए । श्रीलङ्कामा उनी बौद्ध भए । बौद्ध भएपछि नै उनले गौतम बुद्धका छोरा राहुलको नाउँ पाए । जन्मिँदा संकृति गोत्रका बाहुन भएकाले संस्कृत व्याकरणअनुसार उनको नाउँपछाडि ‘सांकृत्यायन’ जोडियो । भारतीय हिन्दू विश्वविद्यालय (बिएचयू) का संस्थापक मदनमोहन मालवीयले उनलाई बिएचयूबाट ‘महापण्डित’ भन्ने उपाधि दिएका हुन् ।
राहुल सांकृत्यायनको जन्म साधारण किसान परिवारमा १८९३ अप्रिल ९ (अर्थात्, १९४९ चैत २९ गते) वैशाख कृष्ण अष्टमी आइतबारका दिन कनैला (उनको पितृभूमि भए पनि) उनको मावल उत्तर प्रदेशको पन्दाहामा भएको थियो । राहुलको देहान्तचाहिँ आइतबारै (१४ अप्रिल १९६३) नेपालीभाषीहरूको बस्ती दार्जिलिङमा भयो । यसरी राहुल मावलमा जन्मेछन्, ससुराली गाउँमा बितेछन् भन्न सकिन्छ ।
जनकलाल शर्मा लेख्छन्– राहुल साढे ६ फुट अग्ला, बाटुलो अनुहार, ठुल्ठुला आँखा, फराकिलो निधार, शान्त स्वभावको हँसिलो हेरिरहूँ जस्तो लाग्ने दिव्य मूर्तिका थिए ।
(ड) ‘बाइसवीं सदी’ भन्ने किताबमा धेरै कुरा नेपालकै विषयमा छन् ।
(ढ) नेपालबारे किताब लेख्ता र विश्वकोशमा नेपाल र नेपालका भाषाको चिनारी
‘काशी नागरी प्रचारिणी सभा’ले हिन्दी भाषामा एउटा विश्वकोश बनाउने योजना ग¥यो । त्यसको प्रधान सम्पादक राहुललाई राखिएको थियो । त्यसमा नेपालका भाषाहरूको चिनारीबारे लेख्नका लागि राहुलले जनकलाल शर्मालाई एउटा नमुना अनुच्छेद दिएर त्यसलाई उनीहरूकै उच्चारणमा अनुवाद गरी पठाउन अनुरोध गरेका थिए । जनकलाल शर्माले नेपालीका सबै भाषिकाको अनुवाद सर्वोच्च अदालतका झगडियाहरूसित गराएर पठाए भने धेरै भोटबर्मेली भाषाको अनुवादचाहिँ प्रहरी मुख्यालयमा गएर अनुवाद गरेर पठाए ।
(ण) नेपालका इतिहास, पुरातत्व , भाषाबारे उनको रुचि थियो ।
(त) उनले ‘नेपाल विषयमा राम्रो इतिहास लेखेका थिए, कुमाउँ र गढवाल जस्तै, अनेक कारणवश छापिएर पनि प्रेसबाटै गायब भयो त्यो ।’ नेपाल विषयमा लेखेको ४०० पृष्ठजतिको किताब
प्रकाशकले हराइदियो ।
(थ) जनकलाल शर्मासित साइनो : राहुलको संस्मरणमा शर्मा निम्न लिखित सूचना दिन्छन् :

क. राहुल जनकलाल शर्मासित
‘संसारको जुन कुनामा गए पनि पत्रद्वारा सम्पर्क राख्थे ।’
ख. वि.सं. ९० सालको
महाभूकम्प छेक तिब्बत जान राहुल गान्तोक पुगेका वेलामा जनकलाल शर्मासित आफ्ना
मित्र मिश्रकहाँ राहुलको पहिलो भेट भएको हो । जनकलाल सम्झिन्छन्, टासी नाम्ग्याल हाई स्कुलका संस्कृतका
गुरु मिथिलाका पण्डित शिवनाथ मिश्रले राहुललाई ‘खाना के बनाऊँ, रोटी कि’ भात भनेर सोध्दा
राहुलले जवाफ दिए अरे, ‘मैले त बर्मेक काजीकहाँ सुँगुरको मासु र भात खाइसकेँ ।’ ‘तपाईँ बाहुनको छोरो र संस्कृतको यति ठुलो विद्वान् भए पनि यस्तो कुरो गर्न संकोच लाग्दैन ?’ ‘निस्त्रैगुण्ये पथि विचरतां को
विधिः को निषेधः’ (सत्व, रज र तमोगुण सबैबाट मुक्त भएका मान्छेले के पो गर्नुहुन्छ, के पो गर्नुहुँदैन !’)
ग. राहुलसँग जनकलालको दोस्रो
भेट २००५ सालतिर बर्धाको गान्धी आश्रममा (मगनबाडी आश्रम) पढ्दा भदन्त आनन्द
कौशल्यायनकहाँ भएको हो । त्यहीँ राहुलले मलाई एकजना नेपाली पनि अंग्रेजी पनि राम्रो र छिटो टाइप गर्ने नेपाली खोजिदिनू भनेर जनकलाल शर्मासँग अनुरोध गरेका रहेछन् ।
घ. राहुल र जनकलाल
शर्माको तेस्रो भेट कालिम्पोङमा भएछ । तिब्बतको वंशावली ‘द ब्लु एनल्स’ का लेखक संस्कृत, तिब्बती र भारतीय कला–कौशलका
ज्ञाता रुसी विद्वान् जर्ज निकोलस रोरिक अमेरिकामा कला संग्रहालय खोलेर अन्त्यमा
अमेरिकाको संस्कृति शून्यतासँग वाक्क भएर कालिम्पोङमा बसोबास गरिरहेका थिए ।
उनैसित आफूले तिब्बतबाट उद्धार
गरेर ल्याएको धर्मकीर्तिको संस्कृतबाट तिब्बतीमा अनुवाद भएको ‘प्रमाणवार्तिक’
ग्रन्थको अंग्रेजी सम्पादन गर्न र तिब्बती र संस्कृतमा परामर्श गर्नसमेत राहुल
दार्जिलिङ बसेका वेलामा राहुलको जनकलाल शर्मासित तेस्रो भेट भयो । त्यस भेटमा राहुलले जनकलाल शर्मालाई देवनागरी र अंग्रेजीमा एकदम छिटो टाइप गर्न जान्ने एउटी टाइपिस्ट खोजिदिन लगाए । यो कुरो शर्मालाई राहुलले बर्धामा दोस्रो भेट भएकै वेलामा भनेको कुरो दोहो¥याए । उस वेला राहुलले शर्मालाई भनेका थिए, ‘टाइपिस्ट केटी होस्, नेपालीभाषी होस्, भरसक दलित होस्, हेर्दा राम्री होस्, म त्यसको जीवनकै कायापलट
गरिदिन्छु ।’
जनकलाल शर्माले कालिम्पोङमै
लुगा सिलाएर जेनतेन जीवन चलाइरहेको परिवारकी परियार थरकी मेट्रिकसम्म पढेकी दमिनी
केटीलाई राहुलको टाइपिस्ट नियुक्त गरिदिए । केटीको सेवाबाट राहुल कति सन्तुष्ट भए भने उनले केटीलाई नै आफ्नी जीवनसंगिनी बनाए, पिएचडीसम्म पढाए र डा. कमला
सांकृत्यायन बनाए ।
ङ. राहुल सांकृत्यायन
नेपाल विषयमा एउटा किताब लेख्न चाहन्थे नेपालका जाति र भाषामा आफ्नो जानकारी पनि
बढाउन चाहन्थे, त्यसैले उनी नेपालमा आउने भए । राहुल सांकृत्यायन त्यति वेला अरू नेपालीलाई पनि चिन्थे होला, तर धर्मरत्न यमीले आफ्नो घरमा
बस्नू भनेका रहेछन् । राहुलले जनकलाल शर्मालाई
लेखेको एउटा चिठीमा के भनेका छन् भने म मधुमेहको बिरामी भएकाले सुत्ने कोठामै
टाँसिएको शौचालय चाहिन्छ, त्यसैले मलाई त्यस्तो आवास खोजिदिनुहोला । शर्मा र सांकृत्यायनको चौथो भेट त्यसै वेला भएको रहेछ ।
त्यति वेला त्यस्ता शौचालय गाँसिएका
सुत्ने कोठा कि दुई–चार ओटा कुलीनका घरमा थिए अरे कि त्रिपुरेश्वरको सरकारी
अतिथिगृहमा थियो अरे । जनकलाल शर्मा त्रिपुरेश्वर गएछन्, तर नेपालमा सरकारी कर्मचारीहरू
प्रायः चढेका हुन्छन्, त्यहाँका कर्मचारीले भने अरे, ‘भारतबाट जोसुकै लफङ्गा आए भने
तिनीहरूका लागि गेस्टहाउसमा ठाउँ खाली छैन ।’
जनकलाल शर्मालाई झ्वाँक चलेछ । उनी बिहान पाँचै नबजी विश्वेश्वरप्रसाद कोइरालाको घर पुतलीसडक पुगेछन् । त्यति सबेरै आएको देखेर बिपीले सोधे अरे, ‘जनकलालजी, यति सबेरै कहाँबाट आउनुभयो ?’ शर्माले भने अरे, ‘म माग्न आएको ।’ ‘के माग्नुहुन्छ ?’ ‘पक्का दिने भए माग्छु, नत्र माग्दिनँ ।’ ‘लु पक्का दिन्छु, के चाहियो ?’ ‘मलाई तपाईँको घर एक महिनालाई
चाहियो !’
‘किन चाहियो ?’ ‘पहिले घर खाली गराउनोस्, अनि भन्छु ।’ बिपीले तुरुन्तै कालीबाबुलाई फोन गरेर ट्रक ल्याएर एक महिनालाई घर खाली गर्न लगाए अरे ! त्यसपछि बिपीले भने अरे, ‘लु खाली गराएँ, अब भन्नोस् किन चाहियो ।’ ‘राहुल सांकृत्यायन आउँदै छन्, उनैका लागि चाहिएको हो ।’ ‘ती, म त भन्दै थिएँ नि, तपाईँ त्यसै माग्नुहुन्न, राम्रो भयो ।’ बिपी खुसी भए । २००९ साल पुस २५ गते बिहीबारदेखि माघ १९ गते आइतबारसम्म राहुल सांकृत्यायन कमला सांकृत्यायनसित
आएर विश्वेश्वरप्रसाद कोइरालाको घरमा बसे । भान्से पनि बिपीकै प्रयोग गरे अरे ।
नेपालमा बस्दा राहुल र कमलाले
बिपी कोइराला, बालकृष्ण सम, हेमराज पाण्डे, लक्ष्मी प्रसाद देवकोटा, धर्मरत्न यमी, बालचन्द्र शर्मा र केदारमान ‘व्यथित’
जस्ता धेरै विद्वान्हरूको सङ्गत गरे र ती सबैलाई दिगो प्रभाव छोडे । अरू सबैको भन्दा राहुललाई लक्ष्मी प्रसाद देवकोटाको प्रभाव बढ्ता प-यो, त्यसैले उनले ‘आजकल’ भन्ने
पत्रिकामा लक्ष्मी प्रसाद देवकोटा हिन्दीका (सुमित्रानन्दन) पन्त, (जयशंकर) प्रसाद र (सूर्यकान्त
त्रिपाठी) निराला तिनै जना रोमान्टिक कविका समष्टि प्रतिभा हुन् भन्ने कुरो
प्रकाशित गराए ।
सांकृत्यायनका अरू कुरा
देवकोटालाई मन प-यो, तर उनी राँची अस्पताल पुगेर आएको चर्चा पढेर चाहिँ देवकोटा रिसले
आगो भएछन् अनि त्यसै रात ‘पागल’ भन्ने कविता लेखे र ‘तिम्रो ‘महापण्डित’ मेरो
‘पटमूर्ख’ भनेर राहुललाई व्यङ््ग्य गरे भन्ने कुरो जनकलाल शर्माले ‘भूतलाई झटारो’
भन्ने किताबमा लेखेका छन् ।
त्यसैपल्ट राहुल सांकृत्यायन
नेपाल आएका वेला नेपाली शिक्षा परिषद्ले बृहत् साहित्य सम्मेलनको आयोजना गरेको
थियो । विसं. २००९ माघ १४ गते मंगलबार हेमराज पाण्डेको अध्यक्षतामा
भएको सभामा राहुलले नेपालको भाषा नीतिबारे आदर्श वक्तव्य दिएका थिए । त्यसको उद्धरण राहुल (मेरी जीवन यात्रा, भाग ५, पृष्ठ १६०(१८९) कै शब्दमा यस्तो
छ, ‘साम को ५ बजे माहिला गुरु की अध्यक्षता में ‘नेपाली शिक्षा परिषद्’
की सभा में मैने शिक्षा पर भाषण दिया ।
मेरे भाषासम्बन्धी विचारों के
लिये गलतफहमी होने की गुंजाइस न रहें, इसी लिये भाषा नीति के बारे में मैने
विशेष तौर से कहते हुये बतलाया कि, सारे नेपाल में नेपाली (गोरखाली) भाषा
की वही स्थान है और रहेगा, जो भारत में हिन्दी का । पर नेपाल बहुभाषिक देश है । यहां के लोगों को यदि जल्दी से जल्दी साक्षर और शिक्षित करना है तो प्रारम्भिक शिक्षा का माध्यम उनकी भाषाओं को रखना होगा ।’
च. चौथो बौद्ध सम्मेलनमा भाग
लिन राहुल काठमाडौँ आएका वेला (१९५६ इ) मा जनकलाल शर्मासित राहुलको पाँचौँ भेट भयो । त्यसमा भाग लिन चिनियाँ बौद्ध समाजका
सचिव चाउ पु चु पनि आएका थिए । उनले राहुललाई चिनियाँ लिपि सुधारमा सल्लाहकार बसिदिन अनुरोध गरे । राहुलले उनीसँग तिब्बतमा आफ्नो अध्ययन बढाउने इच्छा गरेका थिए । आफू चीन जाने भएपछि नेपालमै घर बनाएर आफ्नो परिवारलाई राख्ने र आफू नेपालमै सधैँका लागि बस्ने इच्छा पनि
राहुलले गरेका थिए । चाउ पु चु चीन गएपछि उनले राहुललाई चीन जाने निम्तो त दिए, तर राहुलले तिब्बत जाने अनुमति
पाएनन् । त्यस चोटले राहुल फœयाकफœयाक भए ।
छ. अरू भेट : त्यसपछि दुईपल्ट शर्माको राहुलसँग भेट दार्जिलिङमा उनको घरमै भयो ।
छ. अरू भेट : त्यसपछि दुईपल्ट शर्माको राहुलसँग भेट दार्जिलिङमा उनको घरमै भयो ।
०१० चैतमा राहुल सांकृत्यायन र
जनकलाल शर्मा हिमाचल यात्रामा निस्के । नेपाली इतिहास र भूगोलका अनेक सूचना र तथ्य
फेला परे । तर, आज नेपालको पश्चिमी सिमाना चम्बासम्म पुगेको तथ्य फेला परेको
६६ वर्ष भइसक्दा पनि हाम्रा मनमा माधव घिमिरेको पुरानो ‘राष्ट्रिय गीत’
गुन्जिरहेको छ, ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ ।’
चम्बासम्म पुगेको थियो नेपालको
सिमाना
राहुल सांकृत्यायन नेपाल आएकै वेलामा यहाँका विद्वान्हरूका भेटमा राहुलले भनेका रहेछन्, ‘कुमाउँ गढवालतिर गए नेपालसँग सम्बन्धित ऐतिहासिक सामग्री र पच्चिसौँ हजार पाण्डुलिपि पाउन सकिन्छ ।’ राहुलको त्यस भनाइबाट बिपी सबभन्दा प्रभावित भएछन् । उनले प्रस्ताव राखेछन्, ‘एक जनालाई त्यता पठाऔँ ।’ त्यसका लागि योजना पनि बनाइयो अरे, ‘नेपाल सांस्कृतिक परिषद्’ भन्ने एउटा संस्था पनि बनाइयो अरे ।

केसर शमशेरले त्यस कामका लागि
एउटा कार र दुइटा घर पनि दिए अरे, डेढ लाखमध्ये एक लाख भारु त खातामै जम्मा गरिदिए अरे । जनकलाल शर्माले योजना बनाए अरे । संस्थाको कार्यकारी समिति यस्तो बन्यो अरे ः बिपी (अध्यक्ष), सम (उपाध्यक्ष), केसर (कोषाध्यक्ष), बराल (सदस्य सचिव) अनि सदस्यहरू
(हेमराज, बाबुराम, लेखनाथ, देवकोटा, चित्तधर, सिद्धिचरण, धर्मादित्य धर्माचार्य, धरणीधर, सूर्यविक्रम) । त्यस संस्थाले ‘नेपाल सांस्कृतिक परिषद् पत्रिका’ वर्षको १ अंक चार–पाँच वर्ष निकाल्यो अरे । ईश्वर बराल त्यसका सम्पादक थिए अरे । विसं. २०१० साल वैशाख १२ गते योजनाका लागि राहुललाई पत्र लेखियो अरे । राहुलले २ महिनाको रु. ५ सय लाग्ने लगत पठाए अरे । बिपीले पत्र बराललाई दिए अरे, तर कुरो त्यसै सेलायो अरे अनि
केसर शमशेरले आफ्नो दान फिर्ता लिए अरे ।
यस्तो सरकारी योजना तुहे पनि
सुगौली सन्धिपूर्वको नेपाल हेर्ने धोको जनकलाल शर्मालाई थियो । चिठीमा आफ्नो त्यस्तो इच्छा
लेख्दा राहुल पनि हिमाचल प्रदेशबारेमा एउटा किताब लेख्ने तयारी गरिरहेकाले र
जनकलाल शर्माले ‘एएमएस’ (आयुर्वेदिक मेडिकल सर्जन) को डाक्टरी तालिम लिएकाले
इन्सुलिनको सुई लिन जनकलाल शर्मा काम लाग्ने ठह¥याएर राहुलले जनकलाल शर्मालाई आफ्नो
देहरादुनको घरमा बोलाएछन् ।
राहुलको भव्य व्यक्तित्व देखेर
जनकलाल शर्माले सोचेछन्, ‘डेढ–दुई महिना साथमा बिताउनु छ मैले । अरू कोही हुँदैन साथमा मबाहेक । निजी डाक्टर बनेर इन्जेक्सन पनि दिनु छ मैले । डाक्टर बनेर खेलबाड गर्नु छ, यत्रो प्रतिभाशाली व्यक्तिको
जीवनमा । संसारले के भन्ला मलाई मेरो हात अलिकति पनि चुक्यो भने ?’
जे होस्, २०१० साल चैतमा राहुल
सांकृत्यायन र जनकलाल शर्मा हिमाचल यात्रामा निस्के । त्यस यात्रामा नेपाली इतिहास र भूगोलका निम्न लिखित सूचना र तथ्य फेला परे, तर आज नेपालको पश्चिमी सिमाना
चम्बासम्म पुगेको तथ्य फेला परेको ६६ वर्ष भइसक्दा पनि हाम्रा मनमा माधव घिमिरेको
पुरानो ‘राष्ट्रिय गीत’ गुन्जिरहेको छ, ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ ।’
१. नाहानमा ‘तारिख ए शरमोर’
भन्ने उर्दूमा लेखिएको किताबमा नेपाल अंग्रेज युद्धको वर्णन फेला प-यो ।
२. दुवै जना कहलुर राज्यको
राजधानी बिलासपुर पुगे । त्यो राज्य सतलज नदी छेउमा पर्छ । अमरसिंह थापाको नेपाल एकीकरण अभियानमा नेपालकै बार ठकुराईमध्ये एउटा थियो बिलासपुर (कहलुर) ।
३. २०११ साल वैशाखमा दुवै जना
किल्ला काँगडा पुगे । काँगडा जिल्ला हिमाचलमा नपरेर भारतीय पन्जाबमा पर्छ । दश हजारजति नेपालीको बस्ती धर्मशालामा थियो ।
४. रावी (परुष्णी) नदीको पश्चिम
किनारमा चम्बा पर्ने रहेछ । जम्मु कास्मिरको सिमाना त्यहाँबाट ६० किलोमिटर मात्र पर छ । त्यो रावी नदी नै नेपालको सिमाना रहेछ भन्ने थाहा भयो । काँगडाभन्दा सतलज पर छ । रावी नदी त हिमाञ्चल र पन्जाबको
साँधमा छ । ०११ वैशाख १७ गते बिहीबार राहुल सांकृत्यायन र जनकलाल शर्मा नेपालको
पश्चिमी ऐतिहासिक सिमानामा पुगे । चम्बामा राजा भुरिसिंहको दरबारको सङ्ग्रहालयको सूचीपत्रमा अमरसिंह थापाले चम्बाका राजा जितसिंहलाई लेखेका (अंग्रेजीमा अनुवाद भएका) दुई ओटा (नम्बर
सी.५७ र सी.५८) चिठी भेटिए । एउटा पत्रमा चम्बाका राजालाई ‘गोरखाका बजिर’ भनिएको छ । त्यसबाट चम्बाका राजा नेपालको अधीन भएको प्रमाणित हुन्छ ।
५. चम्बाका मानिसले गाउने
लोकगीतमा पनि गोर्खालीले जितेको कुरो प्रमाणित हुन्छ :
‘राजा, तेरे गोरखियां ने लुट्या पहाड
लुट्या पहाड गोरिरा, लुट्या पहाड
तिसा लुट्या, बैरा लुट्या, लुट्या भान्दल की हार
पांगी दी पंगवालिया, लुटियां लुटी बाँकी नार
सुन्ना लुट्या, चान्दी लुट्या, लुट्या जवाहारा
सेजा सुत्ती कामिनी लुटियां, लुट्या पहाड ।
यसरी राहुल सांकृत्यायनको सङ्गतले नेपाल र नेपालीको कहिल्यै बिर्सन नहुने तथ्य फेला परे पनि हाम्रा इतिहासका अनुसन्धाताहरूचाहिँ किन माल पाएर पनि चाल पाइरहेका छैनन् ?