Sunday, June 09, 2019

ब्ल्याक भिलेज


ब्ल्याक भिलेज
जेष्ठ १८, २०७६रोशन शेरचन
नेपालमा ब्ल्याक भिलेज भनी चिनिएको त्यही गाउँ मात्र हो कि? किन ब्ल्याक भिलेज भनेको?
त्यसले केही सामूहिक लाभ पनि प्रदान गर्छ? ब्ल्याक भिलेज किन परम्परागत ज्ञान र प्रविधिसँग अन्योन्याश्रित सम्बन्ध राख्छ? महाभूकम्पपछिको पुनर्निर्माण अभियानले किन त्यो गाउँको परापूर्वकालदेखि चली आएको यथार्थ र सौन्दर्यलाई आत्मसात् गर्न सकेन? भर्खर रसुवा घुम्दा यस्तै प्रश्न मनमा खेलिरहे।
मे ३, २०१९ को दिन हामी चिलिमेबाट गोल्जुङ गाउँपालिकाको छलफल सक्काई गत्लाङका निम्ति हिँड्दै थियौं गोल्जुङ्लाई पछिल्तिर छाडेर थोरै उकालो चढेपछि कच्ची बाटोमा आइपुग्यौं स्याफ्रुबेंसीसँग जोडिने यो बाटो गत्लाङ हुँदै सोमदाङ पुग्छ तिरपाई तिरपाई एक घण्टा हिँडेपछि गत्लाङ गाउँ देखा पर्‍यो यहाँ नआएको झन्डै पाँच वर्ष पुगेको थियो फेरि गत्लाङ आउन पाउँदा प्रफुल्ल थिएँ तर अन्तिम घुम्ती कटेपछि जब गत्लाङ देखियो, म नराम्ररी झस्कें पहिलाको गत्लाङ थिएन त्यहाँ असन्तुष्टि लुकाउनै सकिनँ टोलीमा रहेका धुन्चेका युवा छिरिङ लामालाई सोधें— कस्तो कुरूप भएको गत्लाङ, कसरी यस्तो भयो? छिरिङले भने, ‘पहिला ब्ल्याक भिलेज भनेर चिनिन्थ्यो अहिले कर्कटपाताले रगीविरंगी भयो।’ ब्ल्याक भिलेज शब्द सुनेपछि मैले सोधें, ‘ब्ल्याक भिलेज किन? सबै घरको छाना कालो रङको भएकाले?’ छिरिङले सहमतिमा टाउको हल्लाए। थपे, ‘तर भूकम्पपछि पुनर्निर्माणमा ध्यान नपुग्दा गत्लाङको रूप फेरियो त्यो फेराइ कमसल भयो आँखामै बिझाउने।’ उनको जवाफ सुन्दा खास अवस्थामा रङमा एकरूपता हुनु पनि सौन्दर्य रहेछ भन्ने बोध भयो
तामाङ हेरिटेज ट्रेल सम्भवतः काठमाडौंबाट सबैभन्दा नजिकको सांस्कृतिक पदमार्ग हो स्याफ्रुबेंसी, गोल्जुङ, गत्लाङ, चिलिमे, तेताङ्चे, गोङगाङ, तातोपानी, नागथली, थुमन र ब्रिदिम यस मार्गका गाउँहरू तामाङ आदिवासीको भाषासंस्कृति, बोन र बौद्व धर्म संस्कृति, परपम्रागत वेशभूषा, माने गुम्बाहरू यस पदमार्गको पर्यटकीय आकर्षण हुन् यद्यपि यो ट्रेलमा अनुपम प्राकृतिक सौन्दर्यहरू जस्तै पार्वती कुण्ड, लालीगुराँस र खस्रुका जंगल, सान्जेन रिभर करिडोर, उच्च लेकाली खर्क र नागथलीजस्ता लाङटाङ हिमशृंखला देखिने भ्यू प्वाइन्ट छन् यो ट्रेलको एक प्रमुख आकर्षणचाहिँ गत्लाङ हो लस्करै जोडिएका ढुंगा माटाका झुरुप्प घरहरू काठमा कुदिएका बुट्टेदार झ्यालढोका पहिलो तलामा उक्लने काठकै लिस्नो भुइँ तलामा बस्तुभाउ राख्ने गोठ हरेक घरको छाना काठबाट छाइएका। काठे छाना धुवाउँदै जाँदा कालो रङमा परिणत भई गाउँ नै सगोल कालो देखिन्थ्यो डिसेम्बर २०१४ मा आउँदा, मलाई काँ–काँ आइपुगें भन्ने भावना मनमा उठेको थियो गाउँ जति सुन्दर थियो उत्तिकै युनिक पनि थियो त्यस्तो गाउँ मैले अन्यत्र देखेकै थिइनँ
कर्कटपाता सहजै उपलब्ध नहुने समयमा गाउँले पुर्खाहरूले वरपर पाइने काठको कप्टेरा बनाई त्यसैले घर छाउने प्रचलन ल्याए भिरालो भूसतहमा पूर्व फर्केका करिब साढे तीन सय घरको एकैनासको कालो काठको छाना नै गाउँको खास चिनारी बनेको थियो कालान्तरमा त्यो गत्लाङको पहिचान बन्यो घरको छाना कस्तो राख्ने भन्ने व्यक्तिगत स्वतन्त्रताको कुरा होइन ? प्रश्न उभिन्छ स्वतन्त्रताको कुरा हो तर, व्यक्तिगत स्वतन्त्रता बुद्घिमत्तापूर्ण चाहिं बन्न सकेन व्यक्तिगत स्वतन्त्रता मात्र पर्याप्त हुँदैन सामूहिक ाभलाई व्यक्तिगत स्वतन्त्रताको उपभोगले प्रतिकूल असर पार्छ भने, व्यक्तिगत स्वतन्त्रताको दुहाईले खास अर्थ राख्दैन यहाँ यस्तै भएको थियो
कृषि र पशुपालनबाहेक गत्लाङको अर्को प्रमुख आयस्रोत पर्यटन हो होटल व्यवसाय, होमस्टे, गाइड पेसा मार्फत स्थानीय तामाङहरूले जीविका चलाइराखेका छन् होटलमा किसान आफ्ना कृषि उत्पादन बेच्छन् पर्यटकहरूमाझ तामाङ संस्कृति, पहिरन, हस्तकला र वाद्यवादनको प्रवर्द्घन भएको छ उच्च चरनमा चिज फ्याक्ट्री छ। यसका प्राथमिक ग्राहक पर्यटक नै हुन् न्यानो आतिथ्य, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, गाउँको एकीकृत बनोट र एकरूपको कालो छानाले पर्यटकलाई सम्मोहित तुल्याउँथ्यो तर, कर्कटपाताको बाढीले गाउँको सौन्दर्य क्षतविक्षत बनायो पर्यटकीय आकर्षणको मेरुदण्ड भाँच्ने काम भयो
अघि गत्लाङको सौन्दर्य बेस्सरी अनुभूत गरेको म यसपालि थकथकाइरहे ब्दमै व्यक्त गर्न नसकिनेखाले खल्लो अनुभूत भयो धेरै टाढा–टाढाबाट ब्ल्याक भिलेज हेर्न आउने पर्यटकहरूले सोचेअनुसार नभेट्दा उनीहरूको मनमा कस्ता भावना आउँदा हुन्? सोच्दै नरमाइलो लाग्यो साथै पुनर्निर्माणमा बनेका भिन्न डिजाइनका घरहरूमा कोही बस्दैनन् पुरानै घरमा बस्छन् यी गलगाँडजस्ता संरचनाले गत्लाङलाई भद्दा मात्र बनाएको थियो गत्लाङकै सिरानमा डढेलोले खाएका हजारौं रूखहरू छन्, डिभिजन वन कार्यालयसँग छलफल गरेर त्यसको काठ चरणबद्घ रूपमा प्रयोग गर्न सकिन्छ मेरो अनुरोध, आमाछोदिङ्मो गाउँपालिका, युवा क्लब र स्थानीय संस्थाले यस विषयमा केही सोचुन्

तातोपानीको लामा पूजा 
गत्लाङको बसाइ सक्काएर, मे ४ को दिन ओरालो झर्‍यौं सान्जेन खोलाको किनारैकिनार हिँड्यौं त्यसपछि सान्जेन रिभर कोरिडोरलाई बायाँ पारेर झोलुंगेपुल तरेर उकालो चढ्यौं भोर्लाको बुट्यान स–साना काँडाघारीले ढाकेको उकालोमा धमिलो गोरेटो बाटो अगाडि जान हतारिएझैं देखिन्थ्यो त्यसलाई पछ्याउँदै हामी हिंडिरहेका थियौं कोही ठट्टा गर्दै थिए— गोङगाङको उकालोको हिँडाइ गमनाम स्टाइलजस्तो भो सबै हाँस्यौं
ठाडो उकालोमा हिँड्दा म दुई तीन कदमभन्दा अगाडि हेर्दिनँ यो रणनीतिले थकाइ कम हुने मेरो अनुभव छ हामी सायद मनोवैज्ञानिक कारणले पहिला थाक्छौं। त्यसपछि मात्र शारीरिक हिसाबले खोला किनारको झोलुंगेपुल सानो हुँदै गयो अग्लाइबाट दृश्यहरू साना देखिन्छन् तर सट्टामा फैलावट थपिन्छ फैलावटले नै टाढाटाढासम्म देख्न सम्भव हुन्छ अब गोल्जुङ गत्लाङको डाँडा देखिन थाल्यो अघिसम्म छेलिएको हिमचुलीहरूले पनि चियाउन थाल्यो सायद साँझको साढे पाँच–छ बजेको थियो रिभर करिडोर साँगुरो भएकाले घाम बाहिरिएको थियो त्यसको सट्टामा अँध्यारो पसेको थियो बाटै छेउ, नागथली गेस्टहाउस अगि पुगेर हामीले आ–आफ्नो झोला बिसायौं स्थानीय मुना तामाङले होटलमा हाम्रो बसाइको बन्दोबस्त गरेकी थिइन्
गोङगाङको त्यो बसाइ मेरो जीवनकै स्मरणीय 
बसाइमध्येको एक भयो गेस्टहाउसको खानपान बसाइभन्दा पनि जुन लोकेसनमा त्यो बनाइएको थियो, त्यो अप्रितम थियो यात्रामा खानपान त मेरो निम्ति दोस्रो महत्त्व हो सफासुग्घरचाहिं हुनुपर्छ स्वाद प्राथमिक होइन कारण स्वाद रुचिपिच्छे फरक पर्छ सान्जेन खोलाको पूर्वी मोहडामा जमिनबाट पिलर उठाएर गेस्टहाउस बनाइएको थियो त्यसको किचन डायनिङ हावामा तैरिएको थियो, फ्लोटिङ डाइनिङ हल क्याम्पिङ साइटको छेउमा एकतले कोठाहरू निकालिएको थियो, पाहुनाका निम्ति अग्लाइको कारण झ्यालबाट हेर्दा लाग्थ्यो, मानौं जहाजको झ्यालबाट सान्जेन खोला, तेताङ्चे, चिलिमे र अनन्तसम्म फैलिएको भू–दृश्य हेरिरहेको छु
झ्यालमुन्तिरको मयलको हाँगा झ्यालसम्म आइपुगेको थियो र पातहरू बतासले झ्यालमा ठोक्किएर खट्खट् ध्वनि आउँथ्यो बांगोटिंगो बगेको सान्जेन खोला उत्तिकै चित्ताकर्षक थियो अँध्यारो गहिरिंदै गएपछि चिलिमे तेताङ्चे मानवनिर्मित जूनकिरीहरूले ढाकिन थाले
अर्को बिहान नागथली डाँडाबाट घाम नखस्दै चिया पिएर उकालो चढ्यौं कहीं कच्ची मोटर बाटो, कहीं सटकट हुँदै बिहानको सिरसिरे बतासको आनन्द लिंदै तातोपानीको निम्ति हान्नियौं कहिले गीतको तुक्का जोड्दै, कहिले कविताका हरफहरू सोच्दै, वाचन गर्दै बाटो छिचोल्यौं डा. राजेश राई सटकटभन्दा पनि बाटैबाटो हिंड्छु भन्दै ओझेल परे नेपालमा असंख्य तातोपानीका कुण्डहरू छन् म्याग्दी सिन्धुपाल्चोकको तातोपानी प्रख्यात नै छन् तर पदमार्गले मात्र जोडिएको यो तातोपानीको कुण्डबारे सीमित मानिसलाई मात्र थाहा विगतमा एक रात तातोपानीमा बसेको थिएँ साँझ कुण्डमा नुहाउन पुगेको थिए महिला र पुरुष खण्ड छुट्याइएको कुण्ड खचाखच थियो विदेशी पर्यटकहरू उत्तिकै। तातोपानीमा बसेर तन मन आनन्दित भएको थियो तर यस पटक खल्लो लाग्यो सन् २०१५ को महाभूकम्पलगत्तै तातोपानी आउन छाडेछ भूकम्पले पानीको मुहान सर्‍यो वा पानी आउने मार्गमा अवरोध पैदा भयो

तातोपानी सुकेपछि गाउँको आभा हराएको थियो गाउँ झोक्राएर बसेको जस्तो देखिन्थ्यो पर्यटकहरूको चहलपहल थिएन पहिला तातोपानी गन्तव्य थियो, अहिले ट्रान्जिट मात्र भएको छ पर्यटक घटेकाले स्थानीय निराश देखिन्थे हामी पुगेको दिन कुण्डमा लामा पूजा गरिंदै रहेछ ध्वजा पताका फहराइरहेका थिए। काठमाडौंबाट ठूलो लामा झिकाई पूजा भइरहेको थियो पूजाको उद्देश्य कुण्डमा फेरि तातोपानी बोलाउनु थियो गाउँका अधिकांश महिलाहरू सायद तामाङ भाषामै मन्त्र उच्चारण गरिरहेका थिए वा शेर्पा भाषामा यस ट्रेलमा तामाङहरू शेर्पाजस्तै देखिन्छन् नाम पनि शेर्पाका जस्तै राख्छन् तिब्बतियन धर्मसंस्कृति, परम्परागत विश्वास पद्धतिप्रति आस्था राख्छन् यद्यपि तामाङहरू मूलतः बोन धर्मावलम्बी हुन् बोन, याने प्रकृतिपूजक
ठूला लामाको आसन अग्लो भागमा बनाएको देखिन्थ्यो फलफूल, प्रसाद, ध्वजापताका, धूप र दियो बत्तीहरू लामाको तस्बिरको नजिक राखिएको थियो धूपीको सुगन्धित धूवाँ वातावरणमा फैलिएको थियो जतिसुकै मनयोग कर्मकाण्डीय पद्वति मिलाई बोलाए पनि तातोपानी नितान्त भौतिक भौगर्भिक कारणले आउने हो तसर्थ त्यसले लामा पूजाको आह्वानलाई सुन्ने सम्भावनै भए तर गाउँवासीहरूको मनमा क्षणिकै भए पनि त्यसले शान्ति आशा जगाउने कुरामा शंका थिएन सँगै आशा फेरि निराशामा परिणत हुने निश्चितै थियो तर हामी होमोस्यापियन्सहरू गुफाकालदेखि नै यस्तै यस्तै गर्दै यहाँसम्म आइपुगेका छौं इतिहासको ठूलो कालखण्ड यस्तै आस्था विश्वासहरूले भरिएको छ विगतमा पनि लामापूजा गरेको तर केही फाइदा नभएको स्थानीय होटलवालासँग कुराकानी गर्दा थाहा भयो प्रसाद ग्रहण गर्‍यौं हामी चिलिमेको निम्ति फर्कियौं सय, दुई सय मिटर तलसम्म पनि पूजास्थलबाट बाजाका ध्वनि र मन्त्र आइरहेको थियो मानौं सान्जेन रिभर करिडोरको पहरामा ठोक्किँदै त्यो मन्त्र हेरिटेज ट्रेलभरि छरिंदै छ गोल्जुङभरि, गत्लाङभरि, चिलिमेभरि, गोङगाङ र तातोपानीभरि आखिर त्यो सांस्कृतिक ट्रेल थियो।
प्रकाशित : जेष्ठ १८, २०७६ ११:२५

इतिहासको विपरीत धार

  इतिहासका विपरीत धार - - युग पाठक रेग्मीको इतिहास लेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । आश्विन ७...