हराउँदै रघुबिरा...
चैत्र ६, २०७५मनोज पौडेल
कान्तिपुर
कपिलवस्तु — होरी खेलय रघुबिरा अबधमे, केकरे हाते कनक पिच्कारी, केकरे हात अबिरा, अबधमे होरी खेलय रघुबिरा... । अवधी भाषाको रघुबिरा लयका यस्ता गीत होली आउनु एक महिनाअघिबाट कपिलवस्तुका गाउँघरमा सुनिन्थ्यो । ८/१० वर्षअघिसम्म सुनिने लय अहिले हराउँदै गएको छ ।
होली उल्लास र उमंग सञ्चार गर्ने पर्व हो । होलीको संकेत दिन गुन्जिने रघुबिरा गीत लोप हुन थालेपछि बूढापाका चिन्तित बनेका छन् । अहिले विरलै सुन्न हेर्न पाइन्छ । तराईमा पर्वको मौलिकता हराउँदै गएको छ ।
रंगको पर्वमा रघुबिरा सुन्न नपाउँदा होली खल्लो बन्दै गएको अवधी लोककला संस्कृतिका जानकार विक्रममणी त्रिपाठीले बताए । यस वर्ष अहिलेसम्म उक्त गीत सुनिएको छैन । पहिले बूढापाका, युवा रघुबिरा र जोगिरा लयमा गीत गाउँथे । समूह बनाएर ढोल, मुजुरा, हार्मोनियम, डम्फु र झ्याली बजाउँदै रघुबिरा र जोगिरा गाउँथे । रमाइलो गर्थे । होलीलाई उल्लासमय बनाउँथे । त्यसले मित्रता र सद्भाव प्रगाढ बन्थ्यो । रघुबिरा र जोगिरा लयमा हाँसोठट्टा, व्यंग्ग गीत, भजन र चुडका सुनाउँने गरिन्थ्यो । गाली गलौज र ठट्ठा गर्दासमेत सामान्य लिइन्थ्यो । जोगिरा सुन्न नपाएर ८/९ वर्षदेखि होली खल्लो बनिरहेको अवधी भाषाका साहित्यकार राघवेन्द्र श्रीवास्तबले बताए । ‘यसको आफ्नै महत्त्व छ,’ उनले भने, ‘गीत सुन्दै माटो र हिलोले होली खेले भाइचारा र आपसी सद्भाव अझ मजबुत हुन्छ ।’
यशोधरा गाउँपालिका सिंहखोरका ५९ वर्षीय सजन धोबीले पहिले होलीमा ढोल, मजिरा र हार्मोनियम बजाउने चटारो हुने गरेको सुनाए । ‘अहिले त्यस्तो केही देखिँदैन,’ उनले भने ।
प्रकाशित : चैत्र ६, २०७५ ०९:३३