जातको जन्म र मृत्यु
सरोकार
थरले पुख्र्यौली थलो, पद वा उपाधि, विवाह, कतैकतै पेसा पनि संकेत गर्छ । पद भने राज्य सत्तामा पहुँच भएकाहरूले पाउने हुन् ।
माघ ५, २०७५ध्रुवसत्य परियार
काठमाडौँ — शूद्रलाई पशु बराबर मान्ने मनुस्मृतिको के कुरा ? करिब साढे ६ सय वर्षअघि जयस्थिति मल्लले बनाउन लगाएको कानुनमा उल्लेख छ, ‘तल्लो जातका व्यक्तिले ब्राह्मण वा आफूभन्दा उत्कृष्ट जातका व्यक्तिको समान आसन चाहेमा उसलाई कम्मरमा डामेर देशनिकाला गर्नु अथवा त्यसका कम्मरका मासुका दुई लुँदा काटिदिनू ।’
अहिले प्रचलित जति जाति छन्, तिनीहरू आ–आफ्नो व्यवहार, धन्दा, पेसाका कारणबाट बनेका हुन् । अतयव, जुन धन्दा वा पेसालाई जसले गरिरहेको छ, त्यसबाट जातिको नाम लिइन्छ,’ भारतीय खोजकर्ता छोटेलाल शम्र्माको पुस्तक ‘जाति अन्वेषण’ मा उल्लेख छ ।
जातको उत्पत्ति पेसाका आधारमा भएको हो भन्नेमा अधिकांश एकमत छन् । तर, यसको उत्पत्तिको जग, त्यो जगको औचित्य, आवश्यकता आदिको व्याख्यामा भने विभिन्न मत पाइन्छन् । शम्र्माको उपरोक्त कथनभित्रको ‘आ–आफ्नो व्यवहार’ अंशले गम्भीर अर्थतिर संकेत गर्छ । हिन्दु धर्मलाई व्यवस्थित बनाउन वर्ण–व्यवस्थाको विशेष भूमिका छ । हाम्रा धर्मग्रन्थहरूमा वर्णका आधारमा आचार–व्यवहार, कर्म–पेसा, भोजन, विवाहसम्म तोकिएको छ । यसर्थ, जातको उत्पत्तिमा पेसासँगै धेरै कुराले भूमिका खेलेका छन् ।
पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास भाग–१’ अनुसार, जन्म एवं व्यवसायमा आधारित जाति–व्यवस्था प्राचीनकालमा फारस, रोम एवं जापानमा पनि प्रचलित थियो । तर, ती देशमा समयसँगै समाप्त भए । काणेले वंश–परम्परा (सिद्धान्तत: जन्मँदै कुनै एक जातमा जन्मनु), जातिभित्र मात्रै विवाह, भोजन (के खाने के नखाने), व्यवसाय, उचनीच श्रेणीलाई जाति–व्यवस्थाको विशेषता भनेका छन् ।
छोटेलालको पुस्तकमा भारतका जति जातिबारे उल्लेख गरिएको छ, तीमध्ये कति नेपालमा पनि छन् । नेपालमा विभिन्न समय विभिन्न जाति वा समुदाय भारतबाट प्रवेश गरेको सर्वविदितै छ । भारतभूमिमा जन्मेको जात वा वर्ण–व्यवस्था हामीकहाँ आइपुग्दा अनेक रूपमा झाङ्गियो । वर्ण–व्यवस्थाको चर्चा गर्नुअघि हामीकहाँ सतहमा देखिएका जात र थरबारे प्रस्ट हुनुपर्छ ।
हामीकहाँ जात विशेषत: पेसाका आधारमा जन्म्यो भने थर पुख्र्यौली थलो, पद वा उपाधि, विवाहलगायत आधारमा । थर शब्दको व्युत्पत्ति संस्कृत शब्द स्थलबाट भएको हो । श्रीहरि रूपाखेतीको पुस्तक ‘नेपाली थर–गोत्र–प्रवर कोश’ अनुसार, सिग्देल वा सिग्द्यालय एउटै थर हुन् । पुख्र्यौली थलो सिग्दीमा घर (आलय) भएकाले सिग्द्यालय/सिग्देल भनियो । त्यस्तै : पन्त र भट्टजस्ता थर पद हुन् । विवाहका आधारमा हेर्दा अझै पनि ब्राह्मण पुरुष र ठकुरी (क्षत्री) स्त्रीबाट जन्मेको सन्तानको थर हमाल रहन्छ ।
यसरी थरले पुख्र्यौली थलो, पद वा उपाधि, विवाह, कतैकतै पेसा पनि संकेत गर्छ । पद भने राज्य सत्तामा पहुँच भएकाहरूले पाउने हुन् । पुख्र्यौली थलोदेखि सरकारी पद र धार्मिक उपाधि (जस्तो : ठूलो यज्ञ सम्पादन गरेको आचार्य, ज्योतिष्टोम आदि यज्ञ सम्पादन गरेको आचार्य दीक्षित) खुल्ने हुँदा बाहुन–क्षत्रीले सरकारी कागजातमा जात नलेखेर थर लेख्न थाले ।
हाम्रो भूगोलका दलितहरूको जात मात्रै भएको, थर–गोत्र नभएको होइन । दलितहरूका पनि शाखा, गोत्र र पुख्र्यौली थलो वा वंश जनाउने थर छन् । अझ कतिपय दलित र बाहुनलगायत गैरदलितका थर एउटै छन् । यद्यपि, छुवाछूत गर्न पहिचान खुलोस् भनेर राज्य–सत्तामा पहुँच भएका बाहुन–क्षत्रीले दलितहरूको थर नखेली जात मात्रै लेखिदिए ।
आउनुस्, जात र अछूतपनको जन्मबारे चर्चा गरौँ ।
जातको जन्म
विद्वान्हरूको मत छ, नदी किनारमा विकसित भएका विश्वका अन्य प्राचीन सभ्यताजस्तै भारतको सिन्धु नदी आसपासमा पनि आर्यहरू आउनुअघि नै अनेक नगर सभ्यता विकसित भएका थिए । त्यसका अवशेष हुन्, मोहनजोदाडो र हरप्पा सभ्यता । आर्यहरू प्रवेश गरेर यहाँका आदिवासीलाई हराउँदै गएसँगै भारतमा वैदिक धर्म र संस्कृति विस्तार हुन्छ । जसबारे अध्ययनको आरम्भिक स्रोत हो– ऋग्वेद (रचनाकाल : ४०००–१००० इपू, काणेका अनुसार) । यसमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र भनी रोपिएको वर्ण–व्यवस्थाको बीजले समय क्रमसँगै विभिन्न वर्णसङ्कर जातिको जन्म दियो । गुण र पेसाका आधारमा बनाइएको भनिएको वर्ण–व्यवस्थाले मानिसको पेसा र कर्मलाई मात्रै होइन, आर्य, अनार्य, दास, दस्यु, गुलाम, द्रबिड, आर्यसँग युद्धमा पराजितहरूतर्फ पनि संकेत गर्छ । आर्यहरूले बनाएको वर्ण–व्यवस्थाको मूल ध्येय देखिन्छ– पराजितहरूलाई दबाएर काममा लगाउनु, धर्म र सत्तामध्ये के चलाउने भनेर आफूहरू (सत्तासँग निकट) ले पनि काम बाँड्नु ।
‘शूद्रोंका प्राचीन इतिहास’ पुस्तकमा रामशरण शर्मा लेख्छन्, ‘उत्तरवैदिक राज्य व्यवस्थामा जो महत्त्वपूर्ण परिवर्तन भयो, त्यो हो— वैश्य र शूद्रलाई विभेद गरी ब्राह्मण र क्षत्रीहरूलाई विशेष स्थान दिने प्रवृत्ति ।’ शर्माका अनुसार, वर्ण–व्यवस्थाको प्रारम्भिक चरणमा शूद्रहरू अछूत नभई कृषक, पशुपालक र शिल्पी–श्रमिक थिए । क्रमश: ब्राह्मण र क्षत्रीहरूले शूद्रहरूलाई दबाएर शासन गर्दै आए । उनीहरूलाई मानसिक रूपमा उठ्नै दिएनन् । तपस्या गर्ने शम्बुक ऋषिलाई शूद्र भनी रामले हत्या गरेको रामायणको प्रसंगले पनि यसलाई पुष्टि गर्छ । आज जातीय भेदभाव तथा छुवाछूतको चपेटामा परेको दलित समुदायको उत्पत्तिको जग वर्ण–व्यवस्थाको शूद्रदेखि दास, दस्यु, आर्यबाट पराजितहरूसम्म पुग्छ । तर, हिन्दु राज्य वा समाजको इतिहासमा विविध नियम बनाएर कतिलाई अछूत जाति बनाइयो, शासकको सनकका भरमा कतिलाई जातबाट उठाइयो वा खसाइयो, त्यसको कुनै लेखाजोखा छैन ।
विभिन्न धर्मसूत्रहरूको स्रोत दिँदै रामशरण शर्मा लेख्छन्, ‘कुनै शूद्रले आफ्नो जातभन्दा फरक महिलाबाट जन्माएको सन्तानलाई पतित सम्झनुपर्छ । ब्राह्मण स्त्रीबाट जन्मेको शूद्रपुत्रलाई चाण्डाल मान्नुपर्छ । अधिकतम प्राचीन विधिग्रन्थहरूमा विवाह र सम्बन्धका कारण लगभग एक दर्जन मिश्रित (वर्णसङ्कर) जातिको उत्पत्तिको वृत्तान्त पाइन्छ ।’ प्राचीन स्मृतिग्रन्थहरूले वर्णसङ्कर जातिको नाम, काम र उनीहरूले राख्न पाउने सम्पत्तिसम्म तोकेका छन् । मनुस्मृतिमा उल्लेख छ, ‘ब्राह्मण कन्याबाट क्षत्रीयले जन्माएका सन्तान सूत जाति हुन्छन्, वैश्यले जन्माएका सन्तान मागध भनिन्छन् र वैश्यले क्षत्रीय कन्याबाट जन्माएका सन्तान वैदेह जातिका हुन्छन् । सूतको काम रथको सारथि हुनु, वैदेहको काम स्त्रीहरूको खोपीमा रक्षा गर्नु, मागधको काम स्थलमार्गमा मजदुरी गर्नु ।’
आफ्नो पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ मा जनकलाल शर्माले पनि चार वर्णबाहेक व्यवसायसित सम्बद्ध एउटा समाज कालान्तरमा जातिसूचक हुन पुगेको उल्लेख गरेका छ । उनी लेख्छन् ‘ऋग्वेदमा वप्ता अर्थात् हजाम, तष्टा अर्थात् रथनिर्माता, त्वष्टा सिकर्मी अर्थात् बढई, भिषक् अर्थात् वैद्य, कर्मार अर्थात् फलामको काम गर्ने कामी, चर्मन अर्थात् सार्कीको उल्लेख पाइन्छ ।’ उत्पादनको प्रकार बढेसँगै निश्चय नै जातको संख्या पनि बढ्दै गयो । त्यस्तै, हिन्दु समाजका व्यक्ति र अन्य भिन्न समुदायका व्यक्तिबीच पनि विवाह वा यौन–सम्बन्ध हुँदै आयो, यसले पनि विविध जाति जन्मायो । यी सबै जातिलाई वर्ण–व्यवस्थाअन्तर्गत कुन वर्णमा समेट्ने भन्न कठिन छ । जनकलाल शर्माका अनुसार, हाम्रो पहाडी भू–भागमा वैश्य र शूद्र छुट्टयाउन कठिन छ । किनभने, तराईमा खवास नामको शूद्र वा दास जाति पाइन्छ भने पहाडमा खवास नामधारी क्षत्रीय ।
वर्ण–व्यवस्थाअनुसार, वेदपाठ, यज्ञ–पूजालगायत पौरोहित्य कर्म गर्ने ब्राह्मण, राजकाज गर्ने क्षत्री, व्यापार–व्यवसाय गर्ने वैश्य र सेवा गर्ने शूद्र बुझिने हुँदा वैश्य र शूद्रका काम कतिपय अवस्थामा खुटिँदैन । रामशरण शर्माले रथनिर्माता, बढई, कुम्भकार/कुम्हाल, लोहार, सर्राफ (सुन–चाँदीको काम गर्ने), चरवाहा (गाईबस्तु चराउने), गडेरिया (भेडा–बाख्रा पाल्ने), किसान, मद्यनिर्माता, मछुवा र सिकारीलाई वैश्य र शूद्रको कोटिमा राख्न सकिने उल्लेख गरेका छन् । वैदिक धर्मको लामो कालखण्डमा कसले यज्ञ वा ध्यान–तपस्या गर्यो, को युद्ध लड्यो र राज्य चलायो, कसले खेती वा व्यापार गर्यो, कसले सेवा वा शिल्पी कर्म गर्यो, त्यसको कुनै यकिन छैन । जनकलाल शर्माका अनुसार, कुनै जातिको पाँचदेखि सात पुस्तामा उत्कर्ष (माथि चढ्ने) र अपकर्ष (तल झर्ने) पनि हुन्छ । नेपाली समाजमा राजपूत, मल्ल, ठकुरी र खसको उत्कर्ष भएको पाइन्छ भने सुदूरपश्चिमी नेपालका मतवाली क्षत्रीको अपकर्ष भएको पाइन्छ ।
अछूत जातको जन्म
छूत र अछूतसम्बन्धी चर्चा गर्न अलिकति दार्शनिक, पौराणिक वा धार्मिक र ऐतिहासिक कसीमा चिन्तन गर्नुपर्छ ।
दिनरात, चन्द्रकला, रजस्वला, जन्म र मृत्यु, अनि ऋतुहरू– आदिम मानिसका चिन्तनका स्रोत यिनै हुन् । मानिसले धेरै चीज पत्ता लगाउँदै र आविष्कार गर्दै आयो । तर, मानिसका लागि आगोपछिको अर्को महत्त्वपूर्ण आविष्कार हो, लिखित वा अलिखित पात्रो । आदिम मानवले सुरुमा चन्द्रमा, सूर्य, ग्रह र ताराहरूको अवस्थिति हेरेर समयप्रति सचेतरह्यो । गोरख प्रसादको पुस्तक ‘भारतीय ज्योतिष का इतिहास’ अनुसार, सर्वप्रथम ज्योतिष ज्ञान कृषकहरू र पुजारीहरूलाई आवश्यक भयो । कृषकलाई पानी पर्ने समय र खेती लगाउने समय जान्नुपथ्र्यो भने प्राचीन समयमा सूर्यको उपासना गर्ने र वर्षभरि जस्तो यज्ञ चल्ने हुँदा पुजारीहरूलाई दिन, महिनाबारे जानकारी आवश्यक थियो ।
जेहोस्, पृथ्वीमा पर्ने चन्द्रमा र सूर्यको प्रभावसँगै प्राकृतिक विपत्को कारणदेखि अनेक ग्रह, ताराहरूको खोजीमा आदिमकालदेखि नै मानिस धर्म र देउताको मिथ्यासम्म पुग्यो । आज हामीले आ–आफ्नो धर्म–संस्कृति, रीतिरिवाजलाई पात्रोबमोजिमको तिथि वा दिनमा विधिपूर्वक मनाउँछौं । र, हाम्रो धर्म–संस्कृतिको जगमा दुई विश्वास आउँछन्— पवित्रता र अपवित्रता ।
हिन्दु समाजमा भने यही पवित्र र अपवित्र भावना छूत र अछूत हुँदै जातमा पुगेको हो । भारतीय विद्वान् डा. बीआर अम्बेडकरका अनुसार, आरम्भिक मानवले कुनै विशेष घटना, वस्तु र व्यक्तिको स्पर्शका कारण अपवित्र भइनेमा विश्वास गथ्र्यो । आदिम मानिसका लागि सबैभन्दा अपवित्र कुरा थियो— मृत्यु । ‘अछूत कौन और कैसे ?’ पुस्तकमा अम्बेडकर लेख्छन्, ‘प्रारम्भिक मनुष्यका लागि मृत व्यक्तिका सामान लिनु पनि अपवित्र मानिन्थ्यो । मृत व्यक्तिसँगै उसले प्रयोग गर्ने औजार र हतियारलाई चिहानमा गाड्नुको तात्पर्य यही थियो कि मानिसहरू यस्ता सामानको प्रयोगलाई खतरनाक र दुर्भाग्य सम्झन्थे ।’ आदिम मानवले जन्म, दीक्षा, बालिग हुनु, विवाह, सम्भोग र मृत्युलाई ‘अपवित्रता’ को कारण मानेको थियो । अम्बेडकरले संसारका थुप्रै समाजको उदाहरण दिएर मानिसले यी घटनालाई कसरी ‘अपवित्र’ मान्थ्यो भनी प्रस्ट्याएका छन् । उनका अनुसार, आरम्भिक समाजमा दलगत युद्ध हुन्थ्यो । युद्धमा पराजितहरू छिन्नभिन्न भएर कुनै स्थिर रूपमा बसेको बस्तीछेउ बस्न पुग्थे । यस्ता मानिसलाई स्थिर बसोबास गरेका वा विजेताहरूले आफ्नो चौकिदारीलगायत अन्य सानो मानिएका (खासगरी फोहोरसँग सम्बन्धित) काम लगाउँथे । यसरी युद्धमा छिन्नभिन्न भएका पराजितहरू नै आर्य वा हिन्दु समाजमा शूद्र, दास, दस्यु, गुलाम हुँदै अछूत बन्न पुगे । पवित्र–अपवित्र र छूत–अछूत बेग्लाबेग्लै भएको अम्डेकरको धारणा छ । किनभने, घर–परिवार र समूहभित्र पनि पवित्रता–अपवित्रताको मान्यता हुन्छ र त्यसलाई चोख्याउन सकिन्छ । तर, हिन्दु समाजमा कुनै समूहलाई अछूत बनाएर उनीहरूका सन्तानलाई पनि जन्मजात अछूत बनाइयो । यसको निरन्तरतामा धर्मग्रन्थहरूको विशेष भूमिका छ ।
प्राचीन ग्रन्थकारहरूले शूद्रहरूप्रति बढी नै विभेदकारी र पूर्वाग्रही नीति लिएको देखिन्छ । जस्तो : मनुस्मृति भन्छ, ‘ब्राह्मणलाई कटुवचन बोल्ने शूद्रलाई प्राणदण्ड दिनुपर्छ । तर, शूद्रलाई कटुवचन बोलेमा ब्राह्मणले १२ पण दण्ड दिनुपर्छ । चाण्डाल र श्वपच गाउँभन्दा बाहिर बस्नुपर्छ । यिनीहरूसँग भाँडाकुँडा हुनु हुँदैन, कुकुर र गधा नै यिनीहरूका सम्पत्ति हुन् । शूद्रको धन ब्राह्मणले निसंकोच लिन सक्छ ।’ यसरी धार्मिक कानुन बनाएर शूद्र र वर्णसङ्कर जातिलाई ब्राह्मणविरुद्ध बोल्नै दिइएन, गाउँदेखि बाहिर बस्न लगाएर सम्पत्ति राख्न दिइएन, जबर्जस्त घृणित मानिएको काम गर्न लगाइयो, अभ्यक्ष भनिएको खान विवश पारियो । वर्णसङ्कर जातिको उत्पत्ति हुनुमा कुन वर्णकी महिला र कुन वर्णको पुरुषबीच विवाह वा संसर्ग हुन्छ भन्नेले निर्धारण गर्छ । यो अनुमान गर्न सकिन्छ, स्त्रीमा जवानी छँदासम्म हुने रजस्वला पनि मानिसको प्रारम्भिक चेतनाका लागि एक रहस्यमयी घटना थियो । यो चन्द्रकलाजस्तै निश्चित समय जस्तोमा किन हुन्छ ? मानिसले यसलाई पनि दैवीशक्तिको रूपमा लियो र चिन्तन गर्दै रह्यो । यौन स्वतन्त्रता रहेको सामूहिक परिवार हुँदै सभ्यताको यात्रा गर्दा संसारभरकै मानिसले स्त्रीसम्बन्धी अर्थात् यौन र विवाहका विषयलाई लिएर पाप–धर्मका धेरै नियम बनाए । हामीकहाँ जन्म–संस्कार, मृत्यु–संस्कार, विवाह परम्परा (वर्ण र गोत्रमा आधारित), रजस्वला, यौन आदिमा पवित्रता वा अपवित्रताको कुरा आउँछ ।
नेपालमा जात र धर्म
हाम्रा पुराना कानुनहरू पनि हिन्दु धर्मग्रन्थहरूबाटै निर्देशित छन् । तिनले हामीकहाँ विभिन्न जातलाई जन्माउँदै जातहरूबीच सानो–ठूलो र छुवाछूतको भावनालाई बढावा दिए । जातीय, वर्गीय र लैंगिक विभेदको खाडल पनि बढाउँदै ल्याए । अहिले हाम्रो देश रहेको भूगोलमा बौद्धकालदेखि नै आर्य समाजको प्रभाव रहँदै आयो । नेपालको दक्षिणी भाग वैदिक धर्मबाट प्रभावित थियो नै, भारतको वैशालीबाट युद्धमा हारेर नेपाल (अहिलेको काठमाडौं) प्रवेश गरेका लिच्छविहरूले पनि जात भित्र्याए । धनवज्र वज्राचार्यको पुस्तक ‘लिच्छविकालका अभिलेख’ अनुसार, लिच्छविकालमा यहाँ चार वर्ण र १८ जाति रहेका थिए । चाँगुनारायणस्थानको मानदेवको अभिलेखको स्रोत दिँदै वज्राचार्य लेख्छन्, ‘ब्राह्मणलगायत चाण्डालसम्मको बसोबास थियो भन्ने स्पष्ट थाहा पाइन्छ । शूद्रको एक भेद चाण्डाल भएकाले लिच्छविकालमा यहाँ शूद्रहरू पनि थिए भन्ने कुरामा शंका छैन ।’ यसले देखाउँछ, जहाँ–जहाँ हिन्दु धर्मबाट संस्कारितहरूको राज्य स्थापित भयो, त्यहाँ–त्यहाँ वर्ण–व्यवस्था लागू भयो ।
शूद्रलाई पशु बराबर मान्ने मनुस्मृतिको के कुरा ? करिब साढे ६ सय वर्षअघि (विसं १४३६ मा) जयस्थिति मल्लले बनाउन लगाएको कानुनमा उल्लेख छ, ‘तल्लो जातका व्यक्तिले ब्राह्मण वा आफूभन्दा उत्कृष्ट जातका व्यक्तिको समान आसन चाहेमा उसलाई कम्मरमा डामेर देशनिकाला गर्नु अथवा त्यसका कम्मरका मासुका दुई लुँदा काटिदिनू ।’ यो त धेरैअघिको कुरा भयो, एक सय ६५ वर्षअघि जंगबहादुरले उपाध्या, रजपूत, जैसी बाहुन, तागाधारी क्षत्रीय, नमासिन्या मतुवाली, मासिन्या मतुवाली, छिटो हाल्नुनपन्र्या, छिटो हाल्नुपन्र्या, पानी नचलन्याजस्ता जात छुट्टयाई विभेदकारी मुलुकी ऐन ल्याए । २०२० सालसम्म यही ऐनले काम गर्यो, जसको प्रभाव अझैसम्म छ । सदियौँदेखि धार्मिक नियम र कानुनबाट अहिलेका दलित बेसरी नै मिचिए, अन्य गैरदलितहरूले पनि सामाजिक उचनीचको भावनाको भेद भोग्दै आएका छन् ।
जातको मृत्यु
विभिन्न धर्मग्रन्थ र विद्वान्हरूको खोजले देखाउँछ— जातको उत्पत्ति पेसा, धार्मिक नियमविपरीतको विवाह, युद्धमा पराजित, सिनो–गोमांसलगायत अभक्ष्य भनिएको पदार्थ सेवन आदिका आधारबाट भएको हो । हामीकहाँ जातअनुुसारको पेसा अझै पनि प्रचलिच छन् । हिन्दु समाज (अन्य धर्म–संस्कृतिका जाति वा समुदायको कुरा होइन, जोसँग आफ्नै वंश परम्परा छ) मा जातले व्यक्तिको गोत्र–वंश परम्परा जनाउने नभएर पेसासँग मात्रै सम्बन्धित रहेको प्रस्ट हुन्छ । तसर्थ, हिन्दु समाजमा जुन नियम र औचित्यले जति पनि जातको उत्पत्ति भयो, त्यही नियम र औचित्यले ती सबै जातको मृत्यु भइसकेको छ । किनभने, आज कुनै पेसा कुनै जात विशेषको रहेन, आफ्नो अनुकूलता र फाइदा हेरी सबैले सबै प्रकारका काम, पेसा, जागिर गर्न थालेका छन् । अन्तर्जातीयदेखि अन्तर्राष्ट्रिय विवाह भइरहेको छ । त्यस्तै, शास्त्रले तोकेबमोजिमको कर्म, भोजन र विवाह नगरेर ब्राह्मणहरूले पनि आफ्नो जात गुमाइसकेका छन् । यसर्थ, आजको पुँजीवादी युगमा वैदिक धर्मबाट निर्देशित भएर उत्पत्ति भएका जातहरूको मृत्यु भइसकेको छ । अब कसैले पनि आफ्नो जातको घमण्ड गर्नु व्यर्थ छ । आज हिन्दु समाजमा हामीले आफ्नो जुन जात भनिरहेका छौं, त्यो त कुनै मरिसकेको पूर्वजको नाम लिएसरह हो । अझ भनौँ, त्यो कुनै भूत (प्रेतात्मा) जस्तै हो, जसको भौतिक अस्तित्व हुँदैन तर मानिसहरूले त्यसमाथि विश्वास गरेर तर्सिरहेका हुन्छन् । अबको खास बहस जातबारे होइन, जातीय प्रेतात्माबारे हुनुपर्छ । मानिसहरूको मानसिकताबाट यो प्रेतात्मा निकालेर फाल्न सामाजिक न्यायमाथि बहस हुनुपर्छ ।
अर्कोतिर, हामीले जेको आधारमा आफ्नो जात र वंशको रक्त–शुद्धताको घमण्ड गर्छौं, खोजिल्याउँदा त्यही नै रक्तमिश्रित देखिन्छ । रजनीकान्त शास्त्रीको पुस्तक ‘हिन्दु जाति का उत्थान और पतन’ अनुसार, हिन्दुहरूले निर्माण गरेको चार वर्णमध्ये कुनै पनि रक्तशुद्ध छैनन् । शास्त्रीले आठ प्रमुख गोत्रकारमध्येका वशिष्ठ ऋषि वेश्याबाट, गौतम शशक (खरायो) को पछाडिको भागबाट, भारद्वाज शूद्र स्त्रीबाट उत्पत्ति भएको उल्लेख गरेका छन् ।
शास्त्रीका अनुसार, क्षत्रीय कुलका पूर्वज चन्द्र र सूर्य वंशमा पनि रक्तशुद्धता पाइँदैन् । चन्द्र वंशका प्रवर्तक चन्द्र (महर्षि अत्रिका पुत्र) ले गुरु वृहस्पतिकी पत्नी तारासँग जबर्जस्ती कुकर्म गरी बुध नामक पुत्र जन्माए । बुधलाई कुन वर्ण मान्ने ? त्यस्तै, सूर्यवंशका प्रवर्तक विवस्वानका सन्तान राजा तृणविन्दुले अलब्बुषा नामकी देव जातिकी वेश्यासँग प्रेम भएर विशाल नामको पुत्र जन्मिए । यसरी गोत्र–वंशबारे ब्राह्मण–क्षत्रीमै रक्त अशुद्धताका अनेक मिथक भेटिन्छन् भने वैश्य र शूद्रको हालत के होला ? यद्यपि, विवाहका लागि थर–गोत्र–वंश महत्त्वपूर्ण भएकाले यसबारे बेग्लै बहस आवश्यक छ ।
न्यायको बाटो
कुनै समय शासकहरूले नियम–कानुन बनाएर लागू गरेको जातीय भेदभाव तथा छुवाछूतलाई अहिले कानुन नै बनाएर हटाउने प्रयास भएको छ । राज्य–संयन्त्र र दलहरूले समावेशीको नीति लिएका छन् । निश्चय नै हामी सकारात्मक बाटोमा छौँ । तर, राज्यले कानुन बनाउँदैमा समाजमा लागू हुन्छ भन्ने हुँदैन, यसमा विभिन्न तत्त्वले काम गर्छन् । कानुनले मार्ने प्रयास गरे पनि हिन्दु समाजमा छुवाछूत अधमरो अवस्थामा छ, यसबारे बेलैमा बहस नभए यसले अझ अर्कै रूप लिन सक्ने खतरा पनि छ ।
अहिले नजानिँदो ढंगले गैरदलितमा उच्चजातीय अहंको मानसिकता छ भने दलितमा हीन मनोविज्ञान । ब्राह्मणभित्रै पनि पूर्विया–कुमाईं, उपाध्याय–जैसी जस्तो सानो ठूलो र अस्पृश्यताको भावना छ, दलितभित्र सानो–ठूलो भेद छ ।
यस्तो मानसिकता निर्माण हुनुमा हामीलाई विभेद सिकाउने धार्मिक संस्कार र राज्यका कानुन दोषी छन् । एउटा उदाहरण हेरौँ, कुनै प्रसूतिगृहमा साटिएर हिन्दु कुलको बच्चा मुस्लिम कुलमा र मुस्लिम कुलको बच्चा हिन्दु कुलमा हुर्कियो भने उसले आफू हुर्केकै समाजको संस्कृति सिक्छ, त्यहीअनुसार चल्छ, त्यसैलाई सही भन्छ । यसलाई पछिल्लो व्याख्या र विज्ञानले मिथक, ‘माइन्डसेट’, ‘माइन्ड प्रोग्रामिङ’ भनेको छ । हामीमा महिला, जात–छुवाछूत, सामाजिक न्यायको बुझाइबारे जस्तो ‘माइन्डसेट’ वा ‘माइन्ड प्रोग्रामिङ’ छ, त्यसलाई ‘रि–प्रोगामिङ’ गर्न आवश्यक छ ।
हामीकहाँ विशेषत : जातीय भेदभावको असर समाज, सरकार, सरकारी कार्यालय र राज्य–संयन्त्रमा देखिँदै आएको छ भने छुवाछूत घरभित्र । पहिलेको कुरा होइन, अहिले पनि देशमा मन्त्रीहरू, न्यायाधीशहरू, प्रहरी र सेनाका हाकिमहरू, सरकारी कार्यालयका सचिवहरू, ठूला नेताहरू कुन जातका, लिंगका छन् ? कताकति समावेशी हुन थाले पनि उही ब्राह्मण–क्षत्रीकै रजगज छ ।
पूर्वजले बनाएका नियमले ब्राह्मणहरूलाई पनि अप्ठेरो पारेकै हो । त्यसैले उनीहरूले शास्त्रका नियम त्याग्दै, परिरिस्थतिअनुकूलको भोजन गर्दै आए । अब घरभित्रको छुवाछूतदेखि समाज र राज्यसंयन्त्रभित्र रहेको जातीय भेदभाव हटाउन ब्राह्मण–क्षत्रीलगायत कथित उच्च जातिले सहयोग गर्नुपर्छ । यसका लागि हामीले घरभित्रको कुल–देवतालाई साझा–देवता बनाउन आवश्यक छ । किनभने, भोलि तल्लो भनिएको जातिको सरकारी कर्मचारी माथिल्लो भनिएको जातिको घरमा बसेर छानबिन गर्नुपर्दा जात सोध्ने कुरा आउँदैन । आफ्नो सन्तानले स्कुल, कलेज, कार्यालयको साथी घरमा ल्याउने, विवाह गर्ने स्थिति आउँदा जातले रोक्नु मानवीय कुरा हँुदैन । आखिर पुर्खाले बनाइदिएको परम्परा हो भने, हामीले त्यसलाई परिमार्जित गर्न सक्छौँ ।
लामो समय ब्राह्मण–क्षत्रीको शासकीय अभ्यास र पितृसत्ताको भावनाका कारण हामीकहाँ महिला, दलितलगायत अन्य जाति, समुदाय पछाडि परे । हामीले निश्चित अवधिका लागि दलित लगायत पछाडि पारिएका लिंग, जातिलाई क्षतिपूर्तिस्वरूप विशेषाधिकार दिनुपर्छ । उनीहरूलाई राज्यले विशेष प्याकेज ल्याएर पढाउनुपर्छ, उत्पादनसँग जोड्नुपर्छ, सरकारी निकायमा सेवा गर्नका लागि तयार पार्नुपर्छ र जाति, समुदाय, लिंगको समानुपातका आधारमा कोटा छुट्टयाएर सरकारी सेवामा भर्ना गर्नुपर्छ । सबैले सामाजिक न्यायको अनुभूत गरेका दिन पछाडि परेको, दलित भएको नाममा कसैले अधिकार खोज्दैन । क्रमश: जातीय प्रेतात्मारूपी जातको मृत्यु भएर मानवता झल्काउने जात–थर आफैँ बन्दै जानेछन्।प्रकाशित : माघ ५, २०७५ ११:५२