डेढ शताब्दीअघिको स्वस्थानी
सुरुमा स्वस्थानी व्रतकथा नेपाल (नेवारी) भाषामा आएको थियो । रक्तकाली नरदेवीका राम सुवालले साढे चार सय वर्षअघि नेपाल भाषामा लेखेको कथालाई पछि नेपालीमा छोट्टयाएर उल्था गरेको देखिन्छ । –सत्यमोहन जोशी
Kantipur, पुस २०, २०७५
सुनीता साखकर्मी
ललितपुर — सानो टेबलमा स्वस्थानी व्रतकथाका पुराना दुई ठेली पुस्तक छन् । काठका गाता रहेका पुस्तकभित्र नेपाली कागजका पाना बाँधिएका छैनन् । पानाभरि नेपाल भाषामा हातैले लेखिएका अक्षर छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक खोलेर देखाउँदै भने, ‘यसमा लेखिएको अक्षर मेरा बुवाको हस्तलिखित हो । माघ महिनाभरि म यसैको पाठ गर्छु ।’ पाटनको बखुंबहालस्थित संस्कृतिविद् जोशीको घरमा कञ्चनजङ्घा प्रसाईँ र विदुषी प्रसाईँले सम्पादन गरेको ‘श्रीस्वस्थानी व्रतकथा’ लोकार्पण गर्ने कार्यक्रममा जोशीले १९९५ सालमा बुवा शंकरदास जोशीले लेखेको नेपाल भाषाको स्वस्थानी पुस्तक देखाएका हुन् । उनका बुवाको हस्तलिखित पुस्तकसँगै रहेको अर्काे पुस्तक भने सत्यमोहन जोशीको ससुरालीबाट ल्याइएको थियो । त्यो पनि १ सय ५० वर्ष पुरानो भइसकेको जोशीले जनाए । जोशीका अनुसार, बजारमा पुस्तक सहजै नपाइने त्यो समय उनका बुवाले छिमेकीको घरमा रहेको स्वस्थानीको किताबबाट सारेर नयाँ पुस्तक तयार पारेका थिए ।
‘पहिले पुस्तक छपाउने चलन थिएन,’ उनले भने, ‘बुवाले सारेरै राख्नुभयो ।’ उनका बुवाले आफूलाई मात्रै नभई अन्यलाई पनि पुस्तक सारिदिएको जोशीले बताए । ‘फुर्सदको बेला पुस्तक सार्ने काम गर्नुहुन्थ्यो बुवा,’ उनले भने, ‘यो एउटा पुस्तक सक्न बुवालाई पाँच/छ महिना लागेको थियो ।’ उनका अनुसार, स्वस्थानीको पुस्तक लामो र छोटो दुवै थरी हुन्छ । उनका बुवाले लेखेको त्यही पुस्तक पौष शुक्लपूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म जोशी आफैँ पाठ गर्छन् । कथा पाठ गर्ने शैली पनि भिन्नै रहेको उनले बताए । संस्कृत भाषामा रहेको स्वस्थानी कथालाई रक्तकाली नरदेवीका राम सुवालले साढे चार सय वर्षअघि नेपाल भाषामा लेखेको जोशीले बताए । ‘सुरुमा स्वस्थानी नेपाल (नेवारी) भाषामा आएको थियो,’ उनले भने, ‘सुवालले नेपाल भाषामा उतारेको कथालाई छोट्टाएर पछि नेपालीमा उल्था गरेको देखिन्छ ।’
स्वस्थानी लोकसाहित्य र लोकसंस्कृतिको हिसाबमा धेरै महत्त्वपूर्ण रहेको जोशीले बताए । ‘शिवलीला, कुमार, नवराज, गणेशका कुरा पछि थपिएको र सबैभन्दा पहिलेब्रह्माण्ड, सूर्य–चन्द्र ग्रहण कसरी भयो भन्ने कुराहरू कल्पना गरेर स्वस्थानीमा लेखिएका छन्,’ उनले दाबी गरे, ‘सृष्टि कसरी भयो, हिमाल, पहाड नदी कसरी आए भन्ने कुरा लोकसंस्कृति र लोकदर्शनका रूपमा उल्लेख छ । आजको विज्ञान र समाजसित कतिपय कथाहरू मिल्दैन होलान् तर कुनै किसिमको दूरविन वा क्यामेरा नभएको त्यो बेलामा पनि पुर्खाले चुलोमा आगो फुक्ने ढुंग्रोलाई दूरविनको रूपमा प्रयोग गरेर त्यसको आधारमा सूर्य र चन्द्रग्रहण लाग्ने, खग्रास लाग्ने कस्मोलजीका कुराहरू थाहा पाएर हामीलाई सूचित गराउनु हाम्रो लागि रहस्य नै हो ।’ पुर्खाले कुनै पनि यन्त्रको प्रयोग नगरी पत्ता लगाएको ब्रह्माण्डीय विद्या स्वस्थानी पढेपछि थाहा पाइनेउनले बताए । अमेरिकी अनुसन्धाता लिन्डा एजटिसले सन् १९८५ मा नेपाल आई स्वस्थानी व्रतकथाबारे अध्ययन गरेको पनि जोशीले जनाए । अध्ययन पछि लिन्डाले ‘स्वस्थानी व्रत : वुमन एण्ड रिचुयल्स इन नेपाल’ शीर्षक किताब लेखिन् । उति बेला लिन्डाले दुई/तीन वर्ष नेपालीका घरघर गई अध्ययन गरेर नेपाली नारीहरूले पालना गर्ने कर्मकाण्डहरूबारे शोध गरेकी थिइन् ।
‘त्यसैका आधारमा अमेरिकाको विश्वविद्यालयबाट उनलाई विद्यावारिधि पनि प्राप्त भयो,’ जोशीले सुनाए, ‘सात समुद्रपारिबाट आई मिहिनेत गरेर पुस्तक निकालेकी रहिछन् । त्यसको एक कपी रक्तकाली नरदेवीस्थित आशा सफु गुठीमा अझै छ । हामीलाई चासो भएन, तर विदेशीले शोध ग्रन्थ तयार गरेर विश्वको अगाडि राखिदिएका छन् ।’ अहिलेका कथा र उपन्यासहरूजस्तै स्वस्थानीमा पनि कथा, जीवनी र युद्ध लेखिएको जोशीले बताए । रातो मच्छिन्द्रनाथको जात्राका बेला गाइने भजनमध्ये एउटा स्वस्थानी आधारित रहेको पनि उनले खुलाए ।
बिहीबारको कार्यक्रममा मच्छिन्द्रनाथ भजनमण्डलले स्वस्थानी शीर्षकको भजन पनि प्रस्तुत गर्यो । भजन मण्डलका प्रद्युम्न श्रेष्ठ, श्रीराम ताम्राकार, राम महर्जन, पद्मलाल जोशी, ज्ञानलाल महर्जन, अष्टलाल महर्जन, सिद्धिमुनि बज्राचार्यलगायतले ढलौटको झयाली, मृदङ्ग, हार्माेनियम, शंख, डमरु बजाएर स्वस्थानीको भजन गाए । उनीहरूका अनुसार, स्वस्थानी वाचन गर्ने समयमा बिहान–बेलुका यहीभजन गाइन्छ । ‘यहाँ गाउने भजनमा नेपालभाषासँगै हिन्दी, मैथिली भाषा मिसिएको छ,’ जोशीले भने, ‘कथाको साराशं नै भजनमा पाइन्छ ।’ सोह्रौं शताब्दीको अन्त्यतिर सन् १५७३ देखि संस्कृतभाषामा स्वस्थानी व्रतकथाको थालनी भएको काशीनाथ तमोटले बताएका छन् । उनका अनुसार, सुरुमा स्वस्थानी व्रतकथाब्राह्मण पण्डितहरबाट मात्र वाचनगराउने परम्परा रहेकामा सन् १८०३ मा नेपाल भाषाबाट नेपालीमा अनुवाद भएपछि यो कथावाचन पण्डितस्तरबाट जनस्तरमा ओर्लियो । कार्यक्रममा कञ्चनजंघा र विदुषीद्वारा सम्पादित स्वस्थानी पुस्तक भने संस्कृतिविद् जोशीसँगै मोदनाथ प्रश्रित, दीनानाथ शर्मालगायतले लोकार्पणगरेका थिए ।
प्रकाशित : पुस २०, २०७५ ०८:१९