संस्कृत हिँडेको बाटो
संस्कृत विरोधीहरूले संस्कृतविरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जुन पूर्ण पाठ हुन सक्दैन ।
पुस २१, २०७५प्रमोद मिश्र
काठमाडौँ — संस्कृतको महत्त्व र यसको उपेक्षाबारे नेपाल र भारत दुबै देशमा विलौना हुँदै आएको छ । नेपाली मिडियामा यसको चर्चा–परिचर्चा जारी छ । कतै संस्कृत आधारित कर्मकाण्डको शिक्षा दिई पण्डित तयार पारिँदै गरेको सुखद समाचार उल्लेख हुन्छ ।
कतै काठमाडौं समाजका जानेमाने व्यक्तिलाई प्रख्यात संस्कृतविदबाट संस्कृत ज्ञानको ‘ट्युटोरियल’ र संस्कृत लोपको विलौना पाठ गराइन्छ । संस्कृतबारे चर्चा हुनु स्वाभाविकमात्रै नभई आवश्यक पनि छ, नेपाली भाषा र साहित्य(वाङ्मय) र हिन्दु संस्कृतिको आदिस्रोत संस्कृत भएकाले ।
दक्षिण एसियामा रविन्द्रनाथ टेगोरका रचना कसरी विश्व प्रसिद्ध भए ? किनभने विधा जुनसुकै भए पनि तिनको साहित्य दृष्टि पाश्चात्य, लोकभाकाका समसामयिक तत्त्वहरू संस्कृतजनित ज्ञान परम्पराद्वारा सिञ्चित थियो । क्यारिबियन कवि नाटककार डेरेक वालकाट विश्वविख्यात कसरी भए ? किनभने तिनका क्यारिबियन समुद्री गाथा ल्याटिन र प्राचीन ग्रिक महाकाव्य र मिथकबाट पुष्टित थिए ।
तर अहिलेको गणतन्त्रमा पनि संस्कृतबारे एकपक्षीय अलापमात्र पाइन्छ । गणतन्त्रपछि संस्कृत विरोधीहरूले चर्को नारा लगाए । जुन स्वाभाविकै थियो । फलस्वरूप संस्कृतको पठन–पाठनमा कमी भयो । यसलाई अनिवार्य विषय बनाइएन । तर संस्कृत विरोधीहरूले संस्कृत विरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जो पूर्ण पाठ हुन सक्दैन ।
संस्कृतलाई यसरी तर्क–वितर्क नगरी फाल्नु बच्चालाई ‘बाथ वाटर’संँगै मिल्काउनु हो, भुससँगै चामल पनि फाल्नु हो । तर संस्कृतको वर्चस्व ज्यौंकात्यौं स्वीकार्नु पनि हिन्दु जातीय व्यवस्थाको हैकम र यसको पदानुक्रम सोपानलाई निरन्तरता दिनु हो ।
हिन्दु राज्यव्यवस्थामा सदियौंदेखि संस्कृतमाथि ब्राह्मणको एकाधिकार रह्यो र अरूलाई यसबाट वञ्चित गराइयो । जहाँ हिन्दु राज्यव्यवस्था थिएन, जस्तै अंग्रेज शासित भारत, त्यहाँ पनि समाजले संस्कृतलाई ब्राह्मणकै एकाधिकारमा राख्यो, पूजापाठ, भागवत–पुराण वाचनमा । हिन्दु राज्यव्यवस्थामा तथाकथित तल्लो जातलाई संस्कृत पठन–पाठन निषेध नै थियो । संस्कृत शिक्षा या त गुरु परम्परा अनुसार गुरुको सान्निध्यमा गुरुकुलमा हुन्थ्यो या संस्कृत विद्यापीठ अन्तर्गत । यी दुबै राज्य सम्पोषित हुन्थे वा सम्पन्न जातीय समाजले यिनको भरणपोषण गथ्र्यो, जहाँ जातीय सनातनी रूढीबाट बच्ने कुनै उपाय नै थिएन ।
नेपालकै संस्कृत अध्ययन–अध्यापनको इतिहासलाई हेरौं । राणाशासनमा त पूजापाठका लागि मात्रै कर्मकाण्डी ब्राह्मणले संस्कृत पढ्न पाउँथे । आम जनताका लागि शिक्षा नै निषेध भएकाले संस्कृतको कुरै के गर्ने † तर राणा शासनपछि पनि गुठी सञ्चालित, राज्य सम्पोषित संस्कृत पाठशालामा ब्राह्मणका छोराले मात्र भर्ना पाउँथे । हुन त यो आरक्षण हिन्दु कर्मकाण्ड सम्पादनका लागि भनेर गरिएको थियो । तर तीनधारा पाठशालाबाट उत्पादित छात्रमध्ये कति कर्मकाण्डी पण्डित भए ? कति सीडीओ र मन्त्रालयका सचिव भए ? पञ्चायतको शेषकालमा पचहत्तर जिल्लामध्ये चालीसमा तीनधाराका विद्यार्थी सीडीओ थिए भनिन्छ । सचिव त कति हो कति । संस्कृत पठन–पाठनमा यो आरक्षण अहिले पनि अनौपचारिक रूपमा यथावत छ भन्दा अतिशयोक्ति नहोला ।
सन् २००७ मा मैले अमेरिकी कलेजका पच्चीसजति विद्यार्थीलाई एक सेमेस्टर भारतभरि घुमी–घुमी साहित्य, संस्कृति, समाज र पर्यावरण पढाएँ । त्यसक्रममा हामी दस दिनका लागि वाराणसी पुग्यौं । ‘गंगा मैली है’ भन्ने विषयमा संकटमोचन मन्दिरका महन्थबाट र बनारसको प्राचीन र आधुनिक महिमाबारे बनारस हिन्दु विश्वविद्यालयका विद्वानहरूबाट प्रवचनपछि एकदिन हामीलाई पण्डित तयार गर्ने पाठशाला लगियो । दस–पन्ध्र जनाजति किशोरले वेद पाठ गरिरहेका थिए ।
घिमिरे थरका नेपाली पण्डित तिनका शिक्षक थिए । ‘यी मेरा छात्र भारतका विभिन्न राज्यबाट आएका छन्,’ तिनले भने । मेरा एक छात्रले प्याच्च सोधिहाले, ‘यी विद्यार्थी कुन जातबाट आएका हुन्, महाशय ? भर्खरै डा. मिश्रले हामीलाई जाति व्यवस्थाबारे पढाउनुभएको छ । यहाँ कोही दलित वा अरू कुनै समुदायबाट आएका छन् ?’ यी सबै विभिन्न थरका ब्राह्मण जातिबाटै आएका हुन् भनेर तिनले भने । उत्तर सुनेपछि मेरा छात्रछात्रा एकछिन पनि त्यहाँ बस्न मानेनन् । मलाई लाजमर्दो भयो । हालै नेपाल साप्ताहिकमा प्रकाशित नेपालका यस्तै पुरोहित उत्पादन गर्ने पाठशालाबारे पढ्दा संस्कृत शिक्षाको जातीय समीकरणमा परिवर्तन आएजस्तो लागेन ।
संस्कृतमा विद्रोही विचारै नभएको होइन । दक्षिण एसिया विशेषज्ञ डेविड सुलमनका अनुसार उपनिषदमै पनि ब्राह्मण वर्चस्वको विरोध र यस विरुद्ध विद्रोह पाइन्छ । वैदिक कर्मकाण्ड समेतको विरोध पाइन्छ । समानताका पक्षमा, संस्थापन विरोधी, विद्रोही विचार शास्त्रीय परम्परामा सधैं रहँदै आएको छ । दक्षिण भारतमा वीरसैव विचारकहरूले संस्कृतमा असमान ढाँचा, पदानुक्रम सोपान, कर्मकाण्ड र मन्दिर विरुद्ध पुरै आन्दोल चलाए ।
तिनीहरूको ग्रन्थ श्रीकरभाष्यमा यसको प्रमाण प्रशस्त पाइन्छ । कन्नौजमा अभिनान्द र तिनका समकालीनहरूका संस्कृत श्लोकहरूमा दलित जीवनबारे सहानुभूतिपूर्ण वास्तविक चित्रण गरिएको छ ।तर यी सब हुँदाहुँदै पनि संस्कृत पठन–पाठन र यसका विद्यार्थी भर्नामा ढाँचागत परिवर्तन किन हुनसकेन ? अहिले पनि नेपाल र भारतमा यी संस्कृत गरुकुल र विद्यापीठहरूमा औपचारिक या अनौपचारिक तवरमा ब्राह्मणेतर जात, खासगरी दलित समुदायका विद्यार्थीमाथि बन्देज किन छ ? यसका राजनीतिक र सामाजिक कारण छन् ।
भारतमा मुसलमान र अंग्रेज शासनका बेला संस्कृत ज्ञान ब्राह्मणका जिम्मा रह्यो र तिनैले यसलाई जोगाएर राखे । तर जब भारत स्वतन्त्र हुनलाग्यो र भयो, संस्कृत ज्ञानका हिसाबले तीन धारबाट बेवारिसेमा पर्यो । तीनमध्ये मुख्य धारलाई नेहरू–गान्धी र तिनका पाश्चात्य उदारवादले प्रतिनिधित्व गरेको थियो । गान्धी र नेहरू दुवै संस्कृत जान्दैनथे र तिनीहरूको शिक्षादीक्षा र अभिमुखीकरण अंग्रेजी माध्यममा पाश्चात्य प्रणालीबाट भएको थियो ।
लङ्गोटी–धोती लगाए पनि, खेतमा शौच गरी मल तयार पार्ने कुरा गरे पनि, गुजरातीमा लेखे पनि, भारतलाई औद्योगिक हैन, ग्रामीण लघु र चर्खा क्रान्तिद्वारा विकास गर्ने कुरा गरे पनि, नजानेकाले वा संस्कृत ब्राह्मणमा आश्रित भएकाले, संस्कृतप्रति गान्धीको अनुराग थिएन ।
आफ्ना किताबहरूमा प्राचीन भारतको जतिसुकै गुनगान गरे पनि अंग्रेजीपरस्त नेहरूले संस्कृतको संरक्षण गर्ने कुरै भएन । न्युयोर्क र लन्डनमा पढेका दलित विचारक अम्बेदकर ब्राह्मणाश्रित संस्कृतका सोझै विरोधी हुने नै भए । बाँकी रहे सावरकर र गोलवाकर नितृत्वका हिन्दुवादीहरू । संस्कृत साहित्य र दर्शनभन्दा पनि तिनीहरूको ध्याउन्न हिन्दुवादी शासन र गैरहिन्दु, खासगरी मुसलमान विरोधी क्रियाकलाप र विचार प्रतिपादनमै केन्द्रित रह्यो ।
तर यीमध्ये कसैले चाहेको भए पनि पहिले हिन्दु जाति व्यवस्थामाथि मौलिक आधारभूत प्रहार नगरी संस्कृतको उद्धार गर्न सम्भव थिएन । नेपालमा भने राणाहरू त निरक्षर नै थिए भन्दा पनि हुन्छ र तिनले निरक्षरता नैआफ्ना रैतीमाथि थोपरे । र २००७ सालपछि लोहिया समाजवादी वा कम्युनिस्ट भएकाले बीपी लगायतका नेताहरूमा संस्कृतजनित ज्ञान थिएन । र भए पनि कतिपय सनातनी ब्राह्मण कांग्रेसीजन भएकाले जाति व्यवस्थाको संस्थागत र ढाँचागत विरोध र संस्कृतबाट जातीय वर्चस्व उन्मूलन गर्न सक्दैनथे ।
त्यसैले आजपर्यन्त पनि राज्य र समाज सम्पोषित संस्कृत शैक्षिक संस्थाहरूमा ब्राह्मणलाई नै भर्ना लिइन्छ वाग्राह्यता दिइन्छ । अनि संस्कृत सर्वस्वीकार्य कसरी होओस् र यसको अरू जाति–समुदायद्वारा विरोध किन नहोस् ?
संस्कृतलाई सर्वस्वीकार्य बनाउन दुइटा कार्य गर्नु अनिवार्य छ । एक, सबै संस्कृत पाठशालामा सबै जात वर्गलाई प्रलोभन र आरक्षणसहित भर्ना दिनुपर्छ । दुई, कर्मकाण्डी पण्डित जुनसुकै जातिको योग्य व्यक्ति पनि हुने व्यवस्था हुनुपर्छ । यी काम सामाजिक र संस्थागत रूपमा हुने बित्तिकै ब्राह्मणेतर समुदायमा संस्कृत विरुद्ध सहस्राब्दियौंदेखिको विरोध र पूर्वाग्रह हराएर जान्छ । र अर्को कुरा संस्कृत पठन–पाठनमा भाषा सिक्नमा बढी र व्याकरण घोक्नमा कम जोड दिनुपर्छ ।
यसका लागि अमेरिका, युरोपमा जसरी भाषाशास्त्रीय आधारमा संस्कृत पढाइन्छ, त्यसरी नै पढाउनुपर्छ । किनभने संस्कृतको घोकन्ते प्रणाली अरू विषयमा पनि सरेकाले दक्षिण एसियाकै शिक्षा प्रणाली सोचनशीलभन्दा पनि आँखा चिम्लेर पछिलाग्ने भिड उत्पादन गर्ने कारखाना बन्न पुगेको छ । नेपाल र भारतका स्कुल, कलेजमा मैले दस वर्ष संस्कृत पढेंँ । व्याकरण घोक्नु र साहित्य अनुवाद गर्नुबाहेक मैले केही गरिन । फलस्वरूप दस वर्षपछि पनि श्लोक र शब्द र धातुरूप त मलाई निकै कण्ठस्त भए, तर मैले संस्कृत बोल्न–लेख्न भने जानिन ।
तर आजका दिनमा संस्कृतविद र संस्कृत पक्षधरहरू संस्कृत पतनको विलौनाले नपुगेर हिन्दुत्ववादी पनि बन्नपुगेका छन् । तिनीहरूको हिन्दुत्ववादको त आम जनसमुदायले विरोध गर्ने नै भए । त्यही विरोधमा तिनको संस्कृत जगेर्ना गर्ने दलील पनि पानीको फोका बनेको छ । वास्तवमा यो अवस्था साहित्य, कला, समाज, दर्शन, र वैचारिक गहनताका लागि बडा उदेकलाग्दो हो । किनभने संस्कृत यी सबैको स्थानीय अथाह स्रोत हो, जोबिना महान साहित्य र दर्शन नेपाल र भारतमा जन्मिन गाह्रै छ ।
मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीको विभागाध्यक्ष हुन् । प्रकाशित : पुस २१, २०७५ ०७:५९