प्रजातान्त्रिक बडघर प्रथा
माघी–पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । यो दिन अघिल्लो वर्ष बढघरद्वारा निर्वाचित नेतृत्वको बिदाइसाथै नयाँ वर्षको योजना बनाइन्छ ।
माघ १, २०७५नीरा भगत थारू
काठमाडौँ — माघी थारूहरूको महत्त्वपूर्ण चाड हो । यसै दिनदेखि नयाँ वर्ष, नयाँ काम, नयाँ जोसजाँगर सुरु हुन्छ तर गरिब थारूका लागि माघी पेटभरि मासुभात खाने र कमैयाका नाममा आफू बेचिने दिन पनि हो । कमैया प्रथा कागजी उन्मूलन भए पनि व्यावहारिक रूपमा सरकारले उन्मूलन गरेन । गाँस, बास, कपास नभएका व्यक्ति, उन्मुक्ति भयो भन्दैमा सडकमा निस्किएर के खानु ? कहाँ बस्नु ? के लगाउनु ? अनि बाध्य भएर पुन: कमैया हुनुपर्यो बाँच्नका लागि । जुनसुकै थारू नेता भए पनि थारूको यो मर्म कसैले बुझ्न सकेन । हेमन्त ऋतुबाट वसन्त ऋतु परिवर्तनसँगै दक्षिणायनबाट उत्तरायणमा प्रवेश गर्ने दिन हो माघ १ गते ।
माघी–पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । यो दिन अघिल्लो वर्ष बढघरद्वारा निर्वाचित नेतृत्वको बिदाइसाथै पुरानो वर्षको आर्थिक कारोबार बन्द गरी नयाँ वर्षको योजना बनाउने काम गरिन्छ । गाउँभरिका थारू समुदायका सबै उमेर समूहका मानिस भेला भई नयाँ सालका लागि नेतृत्व (मुखिया–गच्छदार) को चयन गरिन्छ । थारू समुदायको प्रथाजनित लोकतान्त्रिक संस्थालाई बढघर भनिन्छ ।
माघीमा थारूहरूले तिलको लड्डु, मुरै (भुजा) को लड्डु, चिचिरी/चचर (अनदी धानको चामललाई उमालेर बनाएको चाम्रे भात) र अलुवा (सगरखण्ड) खाने प्रचलन छ । पश्चिम तराईमा चचर र पूर्वी तराईमा चिचिरी खानाको परिकार नै माघीको महत्त्वपूर्ण मानिन्छ । चचर/चिचिरी मांसहारीहरूले मनपर्दाे मासुको परिकारसँग र शाकाहारीले दूध र सक्खरसँग खाने प्रचलन छ ।
उक्त परिकारसँगै कोसीपूर्वका थारू समुदायले भक्का खाने गरेको पाइन्छ भने कोसी पश्चिम कमलापूर्वका थारूहरूले बयिया खाने गरेको पाइन्छ । थारू संस्कृति झल्काउने नाचगानसहित वर्षभरि सुख, शान्ति र समृद्धिका लागि मान्यजनबाट आशीर्वाद लिने र एकापसमा शुभकामना आदानप्रदानका साथै विविध कार्यक्रम गर्ने गरिन्छ ।
लामो समयदेखि चलेका आन्दोलनमा आदिवासी जनजातिका अधिकारलाई मौलिक अधिकारका रूपमा संवैधानिक व्यवस्थापन गर्नुपर्ने र एकात्मक राज्यसत्ताले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले समाप्त गर्ने प्रयत्न गर्दा समेत आदिवासी जनजातिले बचाएका मौलिक ज्ञान, सीप र प्रविधिलाई आधुनिक राजनीतिक विज्ञानसम्मत ढंगले प्रयोग गर्न पाउनुपर्छ भन्ने माग रहिआएको छ । उक्त ज्ञान, सीप र प्रविधि सबै नेपालीको उपलब्धिका रूपमा स्थापित हुन गई नेपालीको समृद्धिका लागि साधन बन्न सक्नेछ ।
सोहीअनुसार नेपालको तराई भूभागमा पूर्व मेचिदेखि महाकालीसम्म फैलिएर रहेको थारू समुदायले अवलम्बन गरेको माघी पर्व (संस्कृति) भित्र रहेको मौलिक गुण बिस्तारै व्यवस्थापन हुन गइरहे संघीय लोकतन्त्रको व्यवस्थापनमा टेवा पुग्छ । संघीय लोकन्तत्रको खोज नेपाली माटामै थारू आदिवासीहरूको परम्परागत मौलिक ज्ञान, सीप र प्रविधिका रूपमा रहेको बढघर प्रथाका रूपमा प्रयोग भएको प्रत्यक्ष लोकतान्त्रिक पद्धतिलाई आधुनिक राजनीतिक विज्ञानले विकास गरेका मान्यताको कसीमा प्रयोग गर्न सकिन्छ ।
गौतम बुद्धले व्याख्या गरेको संघम् शरणम् गच्छामिको अंशका रूपमा रहेको बढघर प्रथालाई आधुनिक रूपमा विकसित संघीयतामा प्रयोग गर्न सकिन्छ । दुनियाँमा २ सय वर्षको साम्यवाद र उदारवादबीचको द्वन्द्वका बीचमा विज्ञान प्रविधिको अकल्पनीय विकास त भयो तर मानव समाजमा शान्ति र अमनचयन हुन सकेन ।
राजनीतिले संघीय लोकतन्त्रको व्यवस्थापन गर्न कसरत गरिरहेको अवस्थामा नेपाली समाजमै विकसित भएका सम्यतामध्येको शान्त, सरल र इमानदार समुदायका रूपमा स्थापित थारू समुदायले अविच्छिन्न रूपमा मान्दै आएको पर्व र त्यससँगै प्रयोगमा ल्याएको प्रत्यक्ष लोकतान्त्रिक पद्धतिलाई परिष्कार गर्दै विकास गर्न सके थारू समुदायका साथै लामो समयदेखि कायम रहेको अस्थिर नेपाली राजनीतिले स्थिरता प्राप्त गर्न सक्छ । राष्ट्र समृद्ध बन्न सक्छ ।
आधुनिक खगोलशास्त्रीय हिसाबले पुष्टि गर्न सफल ऋतु परिवर्तनलाई नयाँ वर्षको रूपमा मान्दै आएको वैज्ञानिक आधारलाई समेत नेपाली संवत्का विषयमा बहस र छलफल गर्नु सान्दर्भिक हुन्छ । माघी पर्व वा संस्कृतिलाई बचाउनु संघीय लोकतन्त्रको संरक्षण गर्नु हो । प्रकाशित : माघ १, २०७५ ०७:५४