आलोचनात्मक चेतको अवसान
फाल्गुन ५, २०७५टीकाराम भट्टराई
काठमाडौँ — कुनै रचनामा पढेको थिएँ– भारतमा सन् १९५७ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका बेला पण्डित जवाहरलाल नेहरू लोकप्रिय थिए । उनलाई भेट गर्न आउने सबै प्रशंसा मात्रै गर्थे । नेहरूले आफ्नो दोस्रो कार्यकालको कार्ययोजना निश्चित गर्न नजिकका सहयोगी र पार्टी नेताहरूलाई गृहकार्य गर्न जिम्मा दिएछन् ।
गृहकार्यपछि सहयोगी, सल्लाहकार, योजनाकारको सूची उनलाई बुझाइएछ । नेहरूले भनेछन्, ‘यो सूचीमा मेरा प्रशंसकको मात्र नाम छ, मेरा आलोचक वा मलाई पनि करेक्सन गर्न सक्ने कसैको नाम छैन, मेरा आलोचक र मैले कुनै गल्ती गर्न लाग्दा मिल्दैन, हँुदैन भन्ने क्षमता र साहस भएका मानिस थपेर अर्को सूची बनाउनु ।’ त्यसपछि उनका जनसम्पर्क र राजनीतिक सल्लाहकारमा त्यस्तो हैसियत र क्षमताका मानिस समावेश गरेर सचिवालय गठन गरिएछ ।
झलनाथ खनाल प्रधानमन्त्री भएको बखत मैले यो प्रसंगसहित उहाँलाई बधाई दिएको थिएँ । उहाँले ध्यानपूर्वक सुनेर ‘मलाई घत लाग्यो’ भन्नुभयो । खनालले त्यसबखत प्रखर राजनीतिक चिन्तक तथा हर विषयमा आलोचनात्मक दृष्टिकोण राख्न सक्ने घनश्याम भुसाललाई बिनाविभागीयमन्त्री नियुक्त गर्नुभयो । प्रधानमन्त्रीको त्रुटिसमेत सच्याउन सक्ने हैसियत र क्षमताका भुसाललाई प्रमुख सल्लाहकारको भूमिका पनि दिनुभयो । भुसालको सल्लाह र सुझावमा त्यस बखत के कति काम भए वा भएनन्, त्यो अलग्गै समीक्षाको विषय हो । जवाहरलाल नेहरूको त्यो प्रसंग भने आज पनि त्यति नै सान्दर्भिक र झन् बलशाली छ ।
नेपाली समाज र राजनीतिमा आलोचनात्मक चेत क्रमश: अवसान हुँदै गएको छ । आलोचना र विरोधलाई एकै अर्थमा बुझ्ने र बुझाउने अनर्थको अभ्यास भइरहेको छ । आलोचनाभित्र सच्याउने अभीष्ट प्रधान हुन्छ । विरोधभित्र निषेध र प्रतिशोध अनि आग्रह र पूर्वाग्रहको मात्रा प्रधान हुन्छ ।
आलोचनालाई विरोधका रूपमा बुझ्ने गलत अभ्यासले नेपाली समाज देवत्वकरण वा दानवीकरणजस्ता दुई परस्पर विरोधी कित्ताबाट गुज्रँदै गएको छ । कुनै वस्तु, घटना, विचार र व्यक्तिप्रति हेराइ विरोध वा समर्थनको कोणबाट अघि बढिरहेको छ वा बढाइएको छ । यसैको स्वाभाविक परिणाम हो, देवत्वकरण वा दानवीकरण । आलोचनालाई विरोधका रूपमा ग्रहण गरेपछि आलोचनात्मक चेतको स्थान रहँदैन ।
परिणामत: विषयवस्तु वा विचार समर्थन र विरोधको कित्तामा विभक्त हुँदै जान्छ । त्यसले देवत्वकरण वा दानवीकरणका दुई कित्ताबाहेक अरू मतलाई निषेध गर्छ । नेपाली समाज यो डरलाग्दो ध्रुवीकरणतर्फ उन्मुख हुँदै गएको छ । यो ध्रुवीकरणले विशेषत: बुद्धिजीवी वर्गमा निष्क्रियता र पलायनको उकुस–मुकुसपूर्ण वातावरण सिर्जना हुँदै छ ।
आलोचनात्मक चेत राख्दा विरोधको अर्थमा बुझिन थालियो भने त्यसले तीनवटा अवस्था सिर्जना गर्छ । एक, निसर्त समर्थन गर । दुई, नि:सर्त विरोध गर । तीन, विरोध वा समर्थन गर्न सक्दैनौं भने या त पलायन होऊ वा चुपचाप निष्क्रिय बसेर रमिते बन । समाज, राजनीति, व्यवसाय र सिर्जनालगायत समाजका सबै विधामा हुर्कंदै गरेको विरोध वा समर्थनको यो धु्रवीकरणलाई चिर्न हिम्मत राजनीतिज्ञ र बौद्धिक वर्गले नगर्ने हो भने निश्चित छ, नेपाली समाजले गणतन्त्र र लोकतन्त्रको भार बहन गर्न सक्दैन ।
गणतन्त्र र लोकतन्त्र त्यस्तो उन्नत राजनीतिक व्यवस्था हो, जो निरन्तर बहस, विवाद र विमर्शका माध्यमबाट मात्र समाजसँग जोडिँदै अघि बढ्न सक्छ । समाजका बदलिँदा चाहना र आकांक्षालाई उन्नत नीति, कानुन र कार्यक्रमका माध्यमबाट संसद् र सरकारमा पुर्याउने साधन निरन्तर समाजसँगको अन्तरक्रिया हो । त्यस्तो अन्तरक्रियामा समर्थन र विरोधको भन्दा आलोचनाको मात्राले प्राथमिकता पायो भने मात्र सिर्जनात्मक सोच र विचार पैदा गर्न सक्छ ।
समर्थन वा विरोधको तीव्र धु्रवीकरण रोकेर आलोचनात्मक चेतको विकास गर्नु आज ठूलो चुनौती भएको छ । आलोचनात्मक चेत विकास हुन हरेक चेतनशील र शिक्षित नागरिकमा प्रश्न सोध्न सक्ने क्षमता विकास गरिनु आवश्यक छ । प्रश्न गर्न सक्ने क्षमता र चेतना विकासले समाज निरन्तर गतिशील, चिन्तनशील र विकासवान् हुन्छ । यही प्रक्रियाबाट असल नेता, कार्यकर्ता र व्यवसायीको जन्म हुन्छ । समाजको बदलिँदो आकांक्षालाई राजनीतिक माध्यमबाट पूरा गर्न सकिन्छ ।
युवा पुस्ता र राजनीति
नेपाली राजनीतिको प्रमुख चुनौती नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा हो । आज नेतृत्वदायी भूमिकामा रहेका कुनै पनि राजनीतिज्ञका छोरा वा छोरी अपवादबाहेक राजनीतिमा लागेको देखिँदैन । राणा, पञ्चायत र संवैधानिक राजतन्त्रात्मक कालमा
आफ्ना बाबुआमासँगै राजनीतिमा होमिएका छोराछोरीको ठूलो पंक्ति थियो । तिनीहरू आज स्थानीयदेखि केन्द्रीय तहको राजनीतिमा क्रियाशील देखिन्छन् ।
राजनीतिमा युवा पुस्ताको आकर्षण बढाउन सकिएन भने अबको बीस वर्षपछि हुने निर्वाचनका उम्मेदवार ठेकेदार, बिचौलिया, सिने कलाकार, व्यापारी र दलाल पुँजीपति मात्र हुनेछन् । तिनले संघीय लोकतान्त्रिक गणतन्त्रको भार थेग्न सक्छन् या सक्दैनन्, सहजै अनुमान गर्न सकिन्छ । युवा पुस्तामा राजनीतिप्रति विकर्षण हुनुको एउटा प्रमुख कारण आजको राजनीतिले उनीहरूसँग संवाद गर्न नसक्नु हो ।
आज १२ कक्षा पढिरहेका वा स्नातक गरिरहेका कुनै युवक–युवतीको सहज र स्वाभाविक चाहना आफ्नो सुरक्षित भविष्य हो । त्यो सुरक्षित भविष्यको नीति, योजना र कार्यक्रम राजनीतिबाट निर्देशित हुन्छ भन्ने ज्ञान उनीहरूमा छैन । आफू नजिकको औसत राजनीतिज्ञमा त्यस्तो भविष्य बनाउने नीति, योजना र कार्यक्रम निर्माण गर्ने क्षमता, नैतिकता र इमानदारी छ भन्ने विश्वास पनि उनीहरूमा छैन । उनीहरूमा प्रश्न गर्ने क्षमता आजको शिक्षा प्रणालीले विकास गर्न सकेको छैन । यसर्थ हाम्रो भावी पुस्ता राजनीतिबाट निरपेक्ष वा समर्थन र विरोधको कित्तामा उभिन बाध्य छ ।
दलभित्र प्रश्न गर्ने क्षमता
नेपाली राजनीतिलाई हाँकिरहेका प्रमुख राजनीतिक दलभित्रै प्रश्न गर्न सक्ने क्षमतामा ह्रास आइरहेको छ । दलहरू सङ्लोजस्तो देखिए पनि स्याउका दानाजस्ता होइनन्, सुन्तलाका दानाजस्ता छन् अर्थात एउटै दलको घुम्टोभित्र केस्रा–केस्रामा विभक्त छन् । एक केस्राले अर्कोको अस्तित्व त्यो सर्तमा स्वीकार गरेको छ, जुन बखतसम्मआफ्नो हितका लागि भविष्यमा त्यसको आवश्यकता पर्न सक्छ भन्ने महसुस गर्न ऊ बाध्य छ ।
पद, अवसर र प्राप्तिको सर्तमा मात्र अर्काको अस्तित्व स्वीकार गर्ने परिवेशबाट गुज्रिएका दलहरूमाआफ्नो हितरक्षा हुन नसक्ने महसुस गर्नेबित्तिकै राजनीतिक नेता वा कार्यकर्तामा देवत्वकरण वा दानवीकरण प्रवृत्ति विकास हुनु स्वाभाविक हो । यस्तो गलत प्रवृत्तिको तीव्र विकासका कारण राजनीतिक दलका नेता, समर्थक वा कार्यकर्ता विचारशून्य भीडमा रूपान्तरण हुँदै गएका महसुस हुन थालेको छ ।
नेपालको राजनीतिमा अरू केही दशक कम्युनिस्ट वा कांग्रेसकै हालिमुहाली चल्ने देखिन्छ । वैकल्पिक भनिएकाहरूले नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने लक्षण देखिएको छैन । यो अवस्थामा निर्णायक भूमिकामा रहेका राजनीतिक दलहरूकै रूपान्तरण जरुरी छ । त्यसका लागि विरोध वा समर्थनको धु्रवीकरण होइन, आलोचनात्मक चेतको विकास हुनुपर्छ ।
हरेक नागरिकमा प्रश्न सोध्न सक्ने क्षमता र हरेक राजनीतिक कार्यकर्तामा आलोचनात्मक चेतको विकास गर्न सकियो भने मात्र राजनीति र समाजलाई सँगसँगै लैजान सकिन्छ । लोकतन्त्र र गणतन्त्र उन्नत राजनीतिक संस्कार र अभ्यासमा मात्र हुर्कन सक्छन् ।
प्रकाशित : kantipur, फाल्गुन ५, २०७५ ०७:५०