Tuesday, June 11, 2019

३२ भाषाका ३६ कविता वाचन

३२ भाषाका ३६ कविता वाचन 
फाल्गुन ९, २०७५सुनीता साखकर्मी
काठमाडौँ — अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले मङ्गलवार 'राष्ट्रिय मातृभाषा कविता महोत्सव' आयोजना गरेको छ । महोत्सवमा ३२ भाषाका ३६ वटा कविता वाचन गरिएको छ ।
महोत्सवमा सपना श्रीवास्तवले अवधि, राकेश बी एम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दिपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगरले ढुटमगर भाषामा कविता सुनाएका थिए।
यस्तै, पूर्णीमा ताजपुरियाले ताजपुरिया, ङ्हेमा थाङ्पालले तामाङ, शिखर थामीले थामी, राकेशकुमार सिंह र अर्णव चौधरीले थारु, रमेश कुमार दनुवारले दनुवार, प्रयास दुमी राईले दुमी, मुक्तिनाथ घिमिरेले दुरा, उर्मिला धिमालले धिमाल, प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबिले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बु, आङ्दावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाए।
दुईदिने महोत्सवको दोस्रो दिन धिमाल, लिम्बु, बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार खस जातिले सांस्कृतिक झाकीसहित र्‍याली प्रदर्शन गरे। कमलादीबाट सुरु भएको र्‍याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर टुंगिएको थियो।
 कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले बाह्य भाषाले जबरजस्त रूपमा नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै उनले गोपनीयता कायम राख्न नेपालले आफ्नै भाषाको प्रयोग गर्न सक्ने बताए। 'बौद्धिकता र गुणस्तरीयको नाममा जानी नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ। यसलाई सुधार्नुपर्छ,' उपराष्ट्रपति पुनले भने, 'हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न जान्दैन भने कसरी राष्ट्रियता रहन्छ होला। त्यसैले प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ।'
तस्बिरहरुः सञ्जोग मानन्धर/कान्तिपुर प्रकाशित : kantipur, फाल्गुन ९, २०७५ १८:३६

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...