कुलुङ भाषाको एल्बम
असार २६, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — गायक तथा संगीतकार अजय अलङ्कार कुलुङको मातृभाषामा ‘सानीवा एल्बम’ (हृदय) सार्वजनिक भएको छ । किराती कुलुङ भाषाको उक्त एल्बम तथा म्युजिक भिडियो गायक स्रष्टा अजयकी ७७ वर्षीया आमा फैलिमाया कुलुङको हातबाट राजधानीमा सार्वजनिक गरिएको हो ।
स्रष्टा अजय अलङ्काको यो पाँचौ एल्बम हो । ‘सानीवा’ एल्बममा पाँचवटा गीत छन् । ‘सानीवा’, ‘लाम्तुम्मा’, ‘तोकबुरमी’, ‘लेतिचाइनु व’ र ‘सानीवा’ लाई म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । एल्बममा गायिका आभा मुकारुङ, रुपकुमार राई, कला राई, अजय अलंकार, राजेन्द्र केरुङ, माया कुलुङ, उषा थुलुङ, क्षितिज कुलुङले गायका छन् । संगीत सन्तोष सुब्बा, अजय अलंकार र उत्तर आलेमगरको रहेको छ । भिडियामो रिना लिम्बू, सृजन कुलुङ, फैलीमाया कुलुङ र अजय अलङकारले अभिनय गरेका छन् ।
प्रकाशित : असार २६, २०७५ १९:१७